/  Sat, March 23, 2019

बसको ठक्करबाट तीन जनाको मृत्यु

तनहुँ । बसको ठक्करबाट तनहुँमा तीन जना युवकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले दिएको जानकारीअनुसार मोटरसाइकलमा चार जना सवार गरिरहेकामध्ये दुई जनाको शनिबार राति नै घटनास्थलमा र एक जनाको उपचारका क्रममा आज बिहान मृत्यु भएको हो । दुर्घटनामा परी घाइते भएका एकको भने उपचार भइरहेको छ ।

दुर्घटनामा परी मृत्यु हुनेमा पर्सा जिल्ला सेरवा गाउँपालिका–३ बस्ने २० वर्षीय राज राय, सोही स्थान निवासी २१ वर्षीय धिरज चौधरीको शनिबार राति घटनास्थलमा नै मृत्यु भएको हो । अर्का घाइते भएका २२ वर्षीय सञ्जय चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा आज विहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक सुनिल मल्लले जानकारी दिए ।

पोखराबाट काँकरभिट्टातर्फ जाँदै गरेको ना५ख ३०८२ नंको बसले विपरीत दिशामा गुडिरहेको ना५५प १५९४ नंको मोटरसाइकललाई पृथ्वीराजमार्गअन्तर्गत व्यासनगरपालिका–१२ स्थित कमलबारीमा ठक्कर दिँदा उक्त दुर्घटना भएको हो । मोटरसाइकलमा सवार २१ वर्षीय भोला चौधरीको गण्डकी मेडिकल कलेज पोखरामा उपचार भइरहेको छ । मृतक दुई जनाको शव दमौली अस्पतालमा र एक जनाको गण्डकी मेडिकल कलेज पोखरामा परीक्षणका लागि राखिएको प्रहरीले जनाएको छ ।

उक्त बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक मल्लले बताए । रासस

जेठ १३ गते, २०७५ - ०९:५० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

कांग्रेस नेता सिटौला अस्पताल भर्ना

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला अस्पताल भर्ना भएका छन् । पूर्व गृहमन्त्री समेत...   

नेकपाका तल्ला तहमा धमाधम एकता, १५ जिल्लामा वडा तहसम्म एकीकरण

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा शीर्ष तहको विवादले जिल्ला र जनसंगठन एकीकरण १० महिनादेखि...   
कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

कोरियाका लागी इपिएस फर्म खुल्ला : लाइन लाग्नु पर्दैन, घरमै बसेर अनलाइनमार्फत भर्नुहोस्

काठमाडौं । शुक्रबारदेखि रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत प्रथम चरणको कोरियाली भाषा परीक्षाका...   
कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

कर्णाली प्रदेशबाट ३६ हजार विद्यार्थी एसइई दिँदै

सुर्खेत । यही चैत १० गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) मा कर्णाली प्रदेशबाट ३६ हजार...   

शिक्षामन्त्री पोखरेल पाटन अस्पताल भर्ना

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल...   
उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

उत्तर फर्केर सुते हृदयघात ! कति सुत्ने ? कसरी सुत्ने ?

काठमाडौं। स्वास्थ्यका लागि आराम एकदमै महत्वपूर्ण हुन्छ। आरामका लागि मानिसले आनन्दसँग सुत्नुपर्ने...   

रेल किन्दै सरकार : हेर्नुहोस मन्त्रिपरिषदको २१ निर्णय

काठमाडौं । मन्त्रिपरिषद्को यही चैत ४ गतेको बैठकले रेल खरिददेखि निकुञ्ज व्यवस्थापनसम्मका २१ वटा निर्णय...   
अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

अमेरिकी पूर्वराजदूत डेलिसीद्वारा प्रचण्डको प्रशंसा– के लेखे फेशबुकमा ?

काठमाडौं। नेपालका लागि पूर्व अमेरिकी राजदूत स्कट डेलिसीले आफ्नो सहकार्यमा नेपाल कम्युनिष्ट पार्टी...   

अमेरिकाले प्रचण्ड समात्ने होईन उजुरी पनि लिन मान्दैन `नो ईन्भेष्टीकेसन सर्कुलर’ जारी

काठमाडौं । अमेरिकी दुतावास स्रोतका अनुसार, प्रचण्डका लागि अमेरिकाले विशेष रुपमा जारी गर्ने ‘नो इन्भेष्टिगेशन’...   
महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाको वक्षस्थल : केही रोचक र रमाईला तथ्य

महिलाहरूप्रति पुरूषहरू सहजै आकर्षित हुन्छन् । त्यसमा पनि महिलाको वक्षस्थल अर्थात् वक्षस्थलबाट पुरूषहरु...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top