Khabar Dabali Logo
  July 16, Thu

हस्तकला उद्योगलाई भ्याइनभ्याइ

म्याग्दी । म्याग्दी बेनी नगरपालिका–५ पुलाचौरका महिलाले सञ्चालन गरेको हस्तकला उद्योगमा सामग्री उत्पादनका लागि भ्याइनभ्याइ भएको छ ।

पुलाचौर स्वीटर उत्पादक संघमा आवद्ध महिला उद्यमीले तीन कोठे भवन निर्माण गरी हस्तकला उद्योग सञ्चालन गरेका हुन् ।

उद्योगमा ऊनीका स्वीटर, गलबन्दी, टोपी, ट्राउजर, कुर्ता सुरुवाल, स्कुल पोशाकलगायत विभिन्न हस्तकलाका सामग्री उत्पादन हुँदै आएका छन् ।

गरिबी निवारण कोषको सहयोगमा धौलागिरि सामुदायिक स्रोत विकास केन्द्रद्वारा सञ्चालित द्वन्द्व प्रभावितका लागि बजार निर्माण परियोजनाले पुलाचौरका उद्यमीलाई ऊनीका कपडा बुन्ने मेटिङ मेसिन लगायत रु १२ लाख ३० हजार बराबरको सामग्री र कच्चा पदार्थ सहयोग गरेको छ ।

उद्यमीले सामूहिक रुपमा कपडा र हस्तकलाका सामग्री निर्माण गरेर बिक्री गरी आयआर्जन गर्दै आएका छन् । समूहमा आठजना महिला संलग्न छन् । गत माघ २८ गतेदेखि व्यवसायिक रुपमा सञ्चालनमा आएको सो उद्योगले तीन महिनाको अवधिमा रु पाँच लाख भन्दा बढीका सामग्री बिक्री गरिसकेको छ ।

उद्योगबाट उत्पादित सामग्रीको माग बढ्दै गएपछि आफूहरुलाई भ्याइनभ्याइ भएको पुलाचौर स्वीटर उत्पादन समूहका अध्यक्ष दुर्गा पौडेलले बताए ।

उत्पादित सामग्री सदरमुकाम बेनीबजार, पोखरा र गाउँमा नै बिक्री हुँदैआएका छन् ।

जेठ १२ गते, २०७५ - १५:०३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सलहको झुण्ड बाँके प्रवेश

बाँके । बाँकेमा सलहको प्रकोप देखिएको छ । पाकिस्तानवाट भारत हुँदै नरैनापुर गाउँपालिका प्रवेश गरेको...   

कोरोना संक्रमण दर घट्यो, उपत्यकामा ३ हजारमा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

सानफ्रान्सिस्को । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका...   

राष्ट्रिय गौरवको आयोजनाको लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र...   

सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्यो

रुपन्देही । प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको बिलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को...   

फेरि प्रचण्ड र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...   

श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग

काठमाडौ । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिक, केन्द्रीय...   

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

कावासोती । मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक...   
राहतमा कुहिएको चामल दिएपछि दुई दिनदेखि आन्दोलन

राहतमा कुहिएको चामल दिएपछि दुई दिनदेखि आन्दोलन

दैलेख । नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top