Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

डेटिङको लागि खुल्यो 'कोचीङ क्लास', लभ लेटर लेख्न सिकाइने

एजेन्सी। एउटा यस्तो स्कुल खुलेको छ जहाँ मानिसहरुलाई डेटिङको तालिम दिइन्छ । चीनमा जनसंख्याको हिसाबले महिलाको तुलनामा पुरुषहरुको संख्या धेरै छ । यसको मुख्य कारण हो, चिनियाँ दम्पत्तिहरुलाई केवल एकमात्र बच्चा जन्माउने अनुमति छ । यसले गर्दा चीनमा लैंगिक अनुपात असन्तुलित हुनपुग्यो । अहिले चिनियाँ युवकहरुलाई बिहेका लागि केटी पाउनै गाह्रो छ । अनि डेटिङका लागि केटीहरुलाई रिझाउनै पनि मुस्किल छ । त्यही कारण प्रभावकारी डेटिङका लागि स्कुल नै खुलेको छ र कोचिंग क्लास पनि हुने गरेको छ । बेइजिंगमा डेटिङको तालिम दिने स्कुलको नाम हो, लभ इनर्जी । स्कुलका सञ्चालक यी कुई हुन् । संचालकका अनुसार, डेटिंग एउटा पूर्ण डान्स जस्तै हो। कहिले डेटिंग पार्टनरलाई आफूतर्फ आकर्षित गर्नुपर्ने हुन्छ त कहिले टाढा धकेल्नु । साथै पार्टनरप्रति लगातार संवेदनशील पनि हुनै पर्दछ । लभ कोचिङ्गको क्रेज चीनमा निकै बढिरहेको छ । यसको अनलाइन कोर्स पनि हुन्छ र त्यसका लागि ३० डलर प्रति महिना शुल्क तिर्नुपर्दछ । यदि आफैं कक्षामा गएर लभ तथा डेटिंगको बारेमा सिक्ने चाहना भएमा चाहिँ महिनाको ४५ सय डलर सम्म तिर्नुपर्नेछ । यी कुईका अनुसार, स्कुलका धेरैजसो विद्यार्थीहरु २३ देखि ३३ वर्ष उमेरका छन् ।एकजना १९ वर्षका युवक पनि डेटिङ कक्षामा भर्ना भएका छन् जो सबैभन्दा कम उमेरका हुन् लभ कोचिंग सेन्टरहरुमा केटाहरुको सिँगारपटार समेत गरिन्छ । अन्तमूर्खी स्वभावका केटाहरु केटीसँग बोल्न गाह्रो मान्ने र डराउने भएको हुँदा त्यस्तो समस्याबाट छुटकारा दिन पनि स्कुलमा तालीम दिइन्छ । स्कुल सञ्चालकका अनुसार लभ तथा डेटिंग स्कुल वा कोचिंग सेन्टर खोल्नु सजिलो छैन । यसका लागि धेरै दक्ष कर्मचारीहरु, धेरै रकम, कार्यालय तथा अन्य सुविधाहरु पनि दिनुपर्दछ । तर अनलाइन डेटिंग कोर्स भने तुलनात्मक रुपमा कम खर्चिलो छ । भर्चुअल डेटिंग कोर्स तयार पार्न खर्च पनि कम लाग्दछ । बीबीसी
kabar dabali-P

aplly description here...

बादलसहितका मन्त्रीलाई ओली सरकारबाट फिर्ता हुन माओवादीको निर्देशन

काठमाडौँ । नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित ओली सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । शनिबार बसेको स्था...

५० प्रतिशतको रेसियोमा भागबन्डा गरि पार्टी संगठनलाई पूर्णता दिँदै प्रचण्ड-नेपाल

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले संगठनात्मक संरचनालाई पूर्णता दिने गरी मापदण्ड बनाएको छ। प्रचण्ड–माधव पक्षका शीर्ष नेत...

नयाँ जनादेशमा जान प्रतिनिधिसभा विघटन भयो : उद्योगमन्त्री

कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले नयाँ जनादेशमा जानका लागि प्रतिनिधिसभा विघटन गरिएको बताएका छन् । प्रेस सङ्गठन नेपालले आज यहा...

भक्तपुरबाट लागूऔषधसहित एक भारतीय पक्राउ

भक्तपुर । लागूऔषध बिक्रीका लागि लैजाँदै गरेका अवस्थामा प्रहरीले भक्तपुर नगरपालिका–१ सल्लाघारीस्थित इवामुरा अस्पताल अगाडिको सडकबाट आज एक भारतीयलाई पक्...

मुख्यमन्त्री राईविरुद्ध अविश्वास प्रस्ताव पेश, फागुन २० सम्मका लागि बैठक स्थगित

विराटनगर । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईविरूद्ध सदनमा अविश्वासको प्रस्ताव पेश भएको छ। आइतबार अबेर गरी बसेको प्रदेश संसद वैठकमा इन्द्रबहादु...

इमानबाट च्यूत मान्छे अपराधी हुन्छः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वजको वीरगाथाको स्मरण र सम्मान मात्र नगरी तिनको भावनाको अनुसरण गर्न पनि आह्वान गरेका छन्। सैनिक मुख्यालय...

नेपालले खरिद गरेको १० लाख डोज खोप काठमाडौं आइपुग्यो

काठमाडौँ । नेपाल सरकारले भारतबाट खरिद गरेको कोभिड–१९ विरुद्धको १० लाख डोज ‘कोभिशिल्ड’ खोप आइपुगेको छ । आइतबार एयर इन्डिया दिल्लीको विमानबाट सेरम इन्स...

निर्वाचनबाट नै अहिलेको राजनीतिक तरलता हट्छ : अध्यक्ष थापा

झापा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले अहिलेको सङ्कट समाधानको माध्यम निर्वाचन नै भएको र यसलाई राजनीतिक दलले अवसरका रुपमा लिनुपर्ने ...

संसद बिघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थामा लिएका छौ : सिके राउत

भैरहवा । जनमत राष्ट्रिय पार्टीका राष्ट्रिय अध्यक्ष सीके राउतले प्रतिनिधिसभा विघटनलाई सोच्नै पर्ने बाध्यात्मक अवस्थाका रूपमा लिएको बताएका छन् । रूपन्द...

इजरायली स्वास्थ्य मन्त्रालयले भन्यो : फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारी

जेरुसेलम । इजरायलको स्वास्थ्य मन्त्रालयले कोरोनाभाइरस विरुद्धको फाइजरको खोपको प्रभावकारिता करिब ९६ प्रतिशत रहेको जनाएको छ । इजरायलमा सरकारले व्यापक ख...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies