Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

ट्रम्प-किम बैठक रद्द हुनुमा को जिम्मेवार ?

अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले मे २४ मा उत्तर कोरियाली नेता किम जङ-अनलाई पत्र पठाउँदै सिंगापुरमा जुन १२ का लागि प्रस्तावित शिखर बैठक रद्द गरेको जानकारी गराए । शिखर बैठक रद्द गरिएको खबर त्यतिबेला आयो जतिबेला उत्तर कोरियाले पुङ्गेरीस्थित आफ्नो पारमाणविक परीक्षणस्थललाई नष्ट पारिसकेको थियो । उत्तर कोरियाको त्यो कदमले धेरैलाई आश्चर्यमा पारेको थियो र पछिल्ला हप्ताहरूमा त्यसप्रति प्रतिक्रियाहरू आउने क्रम जारी थियो । मे १६ पछि उत्तर कोरियाले अमेरिकी धारणालाई लिएर धेरै पटक असन्तोष व्यक्त गरेको थियो । यसबीचमा उत्तर कोरियाले दक्षिण कोरियासँगको अन्तर-कोरियाली सैनिक वार्ता रद्द गर्‍यो । अमेरिका र दक्षिण कोरियाबीच भइरहेको संयुक्त सैन्य अभ्यासलाई लिएर उत्तर कोरियाले असन्तुष्टि जनायो । त्यसबाहेक उत्तर कोरियाले अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनको भनाइप्रति पनि विमति जनायो । जसले उत्तर कोरियाको हकमा पनि लिबियालाई जस्तै परमाणु मुक्त बनाउने उपाय अवलम्बन गर्नुपर्ने आफ्नो सुझाव रहेको बताएका थिए । त्यसअघि राष्ट्रपति ट्रम्पले भनेका थिए- उत्तर कोरियाले आफ्ना पारमाणविक अस्त्र नष्ट नगरे किमको नियति लिबियाका तत्कालीन कर्णेल गद्दाफीको जस्तै हुनेछ । यसबीचमा अमेरिकी अधिकारीहरूले कडा अभिव्यक्ति दिए पनि उत्तर कोरियाले पूर्व निर्धारित योजना अनुसार नै पारमाणविक परीक्षणस्थल नष्ट गर्‍यो । त्यसबाहेक दक्षिण कोरियाली राष्ट्रपति मून जे-इनले मे २३ मा अमेरिकाको भ्रमण गरे । त्यसक्रममा ट्रम्पले भनेका थिए- उत्तर कोरियाले केही शर्तहरू पूरा नगरे शिखर बैठक स्थगित गरिने छ । अमेरिकी उपराष्ट्रपति माइक पेन्सले दिएको एउटा अन्तर्वार्तापछि उत्तर कोरियाले उनलाई \'अज्ञानी\' र \'बेवकुफ\' भन्यो । अन्तर्वार्तामा पेन्सले राष्ट्रपति ट्रम्पसँग किमले खेलाँची गरे त्यो उनको ठूलो भुल हुने बताएका थिए । उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले भने- उत्तर कोरियाले वार्ताका लागि अमेरिकासमक्ष न त अनुनय गर्नेछ न त अमेरिकालाई मनाउन चिन्ता नै लिनेछ । अचानक पारमाणविक अस्त्र मुक्त हुने उत्तर कोरियाको चाहनाले आशंका उब्जाए पनि अहिलेको समयमा आक्रामक अभिव्यक्तिले स्थिति प्रतिकूल हुन सक्छ । खासमा अमेरिकी नेताहरूबाट त्यस्तो अभिव्यक्ति आउन थालेको थियो। उनीहरूको विश्वास थियो अमेरिकी दबाबमा आएर उत्तर कोरिया पारमाणविक अस्त्र मुक्त हुन राजी हुनेछ । ट्रम्प प्रशासनको ठम्याइ छः ताजा प्रतिबन्धहरूका कारण उत्तर कोरियाले अभूतपूर्व रुपमा एक्लो भएको महसुस गरिरहेको छ । उत्तर कोरियाको कच्चा तेल, कपडा उद्योग र विदेश सम्पति लगायतमाथि प्रतिबन्ध जारी छ । त्यसबाहेकका कैयौँ प्रतिबन्धका कारण पनि उत्तर कोरियासामु अमेरिकासँग वार्तामा बस्नुको विकल्प नभएको बुझाइ थियो । त्यस्तै बुझाइका माझ ट्रम्प शिखर बैठकबारेको आफ्नो अडानमा टसमस नहुने स्थितिमा पुगेका थिए । आफ्नो विदेश नीति समूहबाट रेक्स टिलर्सन र एच आर म्याकमास्टरलाई हटाएर ट्रम्पले माइक पोम्पेओ र जन बोल्टनलाई ल्याए । ट्रम्प प्रशासनले एकतर्फी ढङ्गले इरानसँगको पारमाणविक सम्झौताबाट अलग भएको घोषणा पनि गर्‍यो । उत्तर कोरियामाथिको दबाबले काम गरिरहेको अमेरिकाको ठम्याइ छ । तर पहिल्यैदेखि एक्लिएको उत्तर कोरियालाई थप एक्ल्याइ पनि खासै असर पर्छ जस्तो लाग्दैन । उत्तर कोरियामाथि चीनले पनि प्रतिबन्धहरू लगाएको देखिए पनि बेइजिङ र प्योङयाङबीच आदानप्रदान जारी रहेको बताइन्छ । चीनले उत्तर कोरियालाई समर्थन गर्नुको आफ्नै कारणहरू छन् । अमेरिकी दृष्टिकोणमा देखिएको आधारभूत त्रुटिका कारण किमसँगको शिखर बैठक रद्द भएको छ । अमेरिकी अधिकारीहरूको विवादास्पद अभिव्यक्ति र गतिविधिका बावजुद उत्तर कोरियाले शिखर बैठकका लागि उसलाई सहमत गराउन प्रयत्न गरिरह्यो । तर अमेरिकाले त्यसलाई गम्भीरताका साथ लिएको जस्तो देखिएन । उत्तर कोरियाको विदेश मामिलासम्बन्धी उपमन्त्रीले मे २४ मा शिखर बैठक रद्द गरिएकोमा अमेरिकालाई चेतावनी पनि दिए । उनले भनेका थिए- कुनै बैठक कुन पक्षले रद्द गर्छ, यो समय समयको कुरा हो । बदलिँदो परिस्थितिमा उत्तर कोरियालाई झटका लागेको जस्तो देखिन्छ। अमेरिकासँग अहिले ऊ वार्ता गर्न समर्थ देखिँदैन । खासमा उत्तर कोरिया र अमेरिकाबीचको शिखर बैठकको योजना दक्षिण कोरियाको थियो । कारण उत्तर कोरियाली र अमेरिकी नेतृत्वलाई एकअर्काप्रति विश्वास हुन सकेको अवस्था छैन । शिखर बैठक रद्द गर्ने ट्रम्पको घोषणाले दक्षिण कोरियाली विदेश नीतिलाई पनि द्विविधामा पुर्‍याइदिएको छ । उसले नजिकको साथी अमेरिका र छिमेकी उत्तर कोरियामध्ये एउटालाई रोज्नुपर्ने हुन सक्छ । यद्यपि सोलले दुवै मुलुकसँग सामञ्जस्य कायम गर्ने प्रयत्न गर्नेछ । शिखर बैठक रद्द भएसँगै दक्षिण कोरियाले उत्तर कोरियाप्रति कडा रवैया पनि अपनाउन सक्छ। तर अमेरिकासँग सहमतिमा रहिरहन पनि उसलाई गाह्रो हुनेछ । पूरै घटनाक्रम हेरेर प्रारम्भिक निष्कर्ष निकाल्नुपर्दा यो समग्र प्रक्रियामा उत्तर कोरियाले बढी अङ्क हासिल गरेको देखिन्छ । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies