Khabar Dabali Logo
  July 16, Thu

मानव मूत्रीय फोहोर व्यवस्थापन चुनौती

पोखरा । सोसाइटी अफ पब्लिक हेल्थ इन्जिनयिरिङ र खानेपानी तथा ढल निकास विभाग तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाद्वारा संयुक्त रुपमा आयोजित एक अन्तक्र्रियामा मानव मलमूत्रीय फोहोर व्यवस्थापन अबको चुनौती रहेकामा जोड दिइएको छ ।

मानव मलमूत्रीय फोहोर व्यवस्थापनका लागि नीतिगत, संस्थागत तथा नियामक खाका विषयक अन्तक्र्रियामा वक्ताहरूले स्वच्छ वातावरण अपरिहार्य आवश्यकता भएको बताउँदै मानव मलमूत्रको सही व्यवस्थापन हुन नसक्ने हो भने वातावरणीय स्वच्छतामा ठूलो असर पार्ने बताए ।

स्वच्छ वातावरणको विषय मानवीय स्वास्थ्यका साथै अन्य विभिन्न क्षेत्रसँग प्रत्यक्ष जोडिएको प्रदेश नं ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री विकास लम्सालले बताए ।

मानव मलमूत्र व्यवस्थापन वातावरणीय स्वच्छताका लागि अपरिहार्य भएको बताउँदै उहाँले यसको सही व्यवस्थापन हुनुपर्नेमा जोड दिए ।

पर्यटकीय विकासका लागि पनि वातावरण स्वच्छ हुनु आवश्यक भएको बताउँदै मन्त्री लम्सालले वातावरणसँग जोडिएका जुनसुकै विषयमा सरोकारवाला निकायसँग मन्त्रालय सहकार्य गर्न तयार भएको उल्लेख गरे ।

पूर्वमन्त्री गणेश शाहले मानव मलमूत्रको व्यवस्थापनका लागि जनस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिनुपर्ने बताए ।

स्वच्छ खानेपानी तथा वातावरण मानवको जीवनसँग प्रत्यक्ष जोडिएका विषय भएको बताउँदै उहाँले यस क्षेत्रको अध्ययन अनुसन्धानका साथै जनशक्ति विकास राज्यको प्राथमिकतामा पर्नुपर्ने बताए ।

सोसाइटी अफ पब्लिक हेल्थ इञ्जिनियरिङका अध्यक्ष रामदेव शाहले मानव मलमूत्र व्यवस्थापन वातावरणको संरक्षणका लागि अपरिहार्य आवश्यकता भएको बताउँदै यसका लागि सबैको सहकार्य आवश्यक हुनेमा जोड दिए ।
साना शहरी खानेपानी आयोजनाका सहसचिव रामचन्द्र शाहले मानव मलमूत्रको व्यवस्थापन एवं वातावरणको संरक्षणका लागि स्थानीय तहको सक्रियता आवश्यक हुनेमा जोड दिए ।

कार्यक्रममा ढल निकास विभागका क्षेत्रीय निर्देशक रमाकान्त दवाडी, पोखरा विश्वविद्यालयका डिन डा. खेमराज जोशी, रामचन्द्र उपाध्यायलगायतले फोहोरलाई मोहोरमा बदल्ने दीर्घकालीन सोचका साथ मानव मलमूत्र व्यवस्थापन गर्ने विषयलाई सरोकारवाला निकायले गम्भीरताका साथ लिनुपर्ने धारणा राखेका थिए ।

जेठ ११ गते, २०७५ - १५:३६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कोरोना संक्रमण दर घट्यो, उपत्यकामा ३ हजारमा परीक्षण गर्दा ३ जनामा मात्रै कोरोना

काठमाडौं । नेपालमा कोरोनाभाइरसको संक्रमण दर कम हुँदै गएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले...   

थप १६७ जनामा कोरोना पुष्टि, २१३ जना डिस्चार्ज

काठमाडौं ।पछिल्लो २४ घण्टामा थप १६७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   

ट्वीटर ह्याकिङः विशिष्ट प्रयोगकर्ताका खाता पनि असुरक्षित

सानफ्रान्सिस्को । विश्व प्रसिद्ध सामाजिक सञ्जाल ट्वीटरले आफ्ना प्रयोगकर्ताहरुका खाता (अकाउन्ट) ह्याकिङका...   

राष्ट्रिय गौरवको आयोजनाको लोकमार्ग कतै भासियो, कतै कालोपत्र उप्कियो

गलकोट । राष्ट्रिय गौरवको आयोजनाको मध्यपहाडी पुष्पलाल लोकमार्गको बागलुङ–बुर्तिवाङ खण्डको कालोपत्र...   

सरकारले यातायात क्षेत्रको विलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्यो

रुपन्देही । प्रदेश नं ५ सरकारले यातायात क्षेत्रको बिलम्ब शुल्क तथा जरिवाना मिनाहा गर्ने भएको छ । मन्त्रिपरिषद्को...   

फेरि प्रचण्ड र नेपालले मागे प्रधानमन्त्री ओलीको राजीनामा

काठमाडौँ । पार्टीभित्रको आन्तरिक विवादमा सहमति खोज्न आज सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)...   

श्रमजीवी पत्रकार विरोधी कदम रोक्न माग

काठमाडौ । नेपाल न्यूज नेटवर्क इन्टरनेशनल प्रालिअन्तर्गत प्रकाशित ‘अन्नपूर्ण पोष्ट’ दैनिक, केन्द्रीय...   

नारायणीको कटानले एक दर्जन गाउँ जोखिममा

कावासोती । मध्यविन्दु नगरपालिका –३, रतपुरमा नारायणी नदीको कटान तीव्र बनेसँगै यस क्षेत्रका करिब एक...   
राहतमा कुहिएको चामल दिएपछि दुई दिनदेखि आन्दोलन

राहतमा कुहिएको चामल दिएपछि दुई दिनदेखि आन्दोलन

दैलेख । नारायण नगरपालिका वडा नंं. ४ का बासिन्दालाई वडाले वितरण गरेको राहत चामल कुहिएको भन्दै दुई दिनदेखि...   

‘बाबा, हामीलाई कोरोना नसार्नू है !’

धनगढी । चीनको वुहानबाट शुरु विश्वव्यापी महामारीको रूप लिएको कोरोना भाइरसको त्रासले विश्व आतङ्कित...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top