Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

ट्रम्पको एकतर्फी वार्ता स्थगनले विश्व तरंगितः उत्तर कोरिया दुःखी, अमेरिका-कोरिया फोनवार्ता

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच आगामी महिना हुने भनिएको शिखर वार्ता स्थगित भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एकतर्फी रुपमा उक्त वार्ता स्थगित गरिएको सूचना बिहीबार एकाएक सार्वजनिक गरेका थिए । उत्तर कोरियाली राष्ट्रपति किमको आक्रोसका कारण उक्त वार्ता स्थगन गर्नुपरेको अमेरिकी राष्ट्रपति ट्रम्पले बताएको समाचारमा जनाइएको छ । आागमी जुन १२ तारिखमा सिंगापुरमा गर्ने तय भएको भनिएको सो वार्ता अमेरिकी राष्ट्रपति ट्रम्पले एकतर्फी रुपमा स्थगित गरेको सूचना दिएपछि उत्तर कोरिया भने दुःखी भएको बताएको छ । जुन महिनामा उक्त वार्ता समयमै हुने भनी उत्तर कोरियाली नेताले केही समययता आफ्ना टिप्पणीहरूमा राख्दै आनुभएको थियो । तर पनि दक्षिण कोरियामा जारी रहेको कोरिया अमेरिका सैन्य अभ्यासका कारण भने उनी क्रुद्ध भएका थिए । बिहीबार नै अमेरिकाले एकतर्फी रुपमा उक्त वार्ता स्थगनको सूचना सार्वजनिक गरेका थिए । उनले उत्तर कोरियाली नेता किमलाई सम्बोधन गरिएको एउटा पत्रमा यो स्थगनबाट विश्वमा नै दीर्घकालीन रुपमा स्थापना हुने भनिएको शान्तिको ठूलो मौका गुमेको बताइएको छ । उक्त वार्ताको आयोजना सिंगापुरले गर्ने भनेको थियो । जुन १२ मा सिंगापुरमा हुने भनिएको सो वार्ताको विश्वव्यापी रुपमा नै ठूलो चासो रहेको थियो । उता उत्तर कोरियाले पारमाणविक अस्त्र परीक्षणगर्ने स्थलहरु नै नष्ट गरेको जनाएको छ । उसले ती अस्त्रहरु निर्माण र परीक्षण गर्ने गरिएका सुरुङहरू नष्ट गरेको केही घण्टामै यता अमेरिकी राष्ट्रपति ट्रम्पले भने वार्ता स्थगित भएको घोषणा गरेका छन् । राष्ट्रपति ट्रम्प र नेता किमको सम्भावित भेटपछि उत्तर कोरियाले पारमाणविक अस्त्रहरू त्याग्ने अपेक्षा गरिएको बताइएको थियो । हालका लागि प्रस्तावित उक्त मितिमै उक्त वार्ता स्थगित गरिएको भएपनि पछि पनि आफू उत्तर कोरियासँग वार्ता गर्न आगामी दिनमा पनि इच्छुक रहेको ट्रम्पले बताएका छन् । उनले सो पत्रमा लेख्नुभएको छ “तपाईँसँग सिंगापुरमा भेटवार्ता गर्न म निकै नै उत्सुक थिएँ तर दुःखको कुरा यहाँकोे पछिल्लो वक्तव्यका कारण हामीले धेरै पहिलादेखि योजना गरिएको भेट अहिलेका लागि हुन सकेन । त्यस पत्रमा राष्ट्रपति ट्रम्पले पनि आफूहरुसँग पनि पारमाणविक अस्त्र ठूलो शक्ति र मात्रामा रहेको पनि खुलासा गरेका छन् । उनले भनेका छन् ‘कोरिया आफ्नो पारमाणविक क्षमताको कुरा गर्छ तर हामी पनि यसमा यति शक्तिशाली छौँ कि तर म के भन्छु भने इश्वरसँग मेरो प्रार्थना छ, ती शक्तिहरुको प्रयोग यस पृथ्वीमा कहिल्यै पनि गर्नु नपरोस ।’ पत्रको अन्त्यमा ट्रम्पले किमलाई आफूलाई फोन गर्न पनि आग्रह गरेका छन् । यदि यस पत्रले नराम्रो नलागेमा मलाई फोन गर्नुहोला, उनले लेखेका छन् । यस वार्ताको स्थगनले वास्तवमा भन्ने हो भने “विश्वले र अझ उत्तर कोरियाले दीर्घकालीन शान्ति र समृद्धिको एउटा ठूलो मौका गुमाएको अनुभव पनि राष्ट्रपति ट्रम्पले व्यक्त गर्नुभएको छ । उता हालैमात्र अमेरिकी उपराष्ट्रपति माइक पेन्सले उत्तर कोरियाको अन्त्य लिबियाकोजस्तो हुन पनि सक्ने भनी गरेको टिप्पणीप्रति उत्तर कोरियाले कडा आपत्ति जनाएको छ । उत्तर कोरियाली उपविदेशमन्त्री चो सुन हुइले उक्त भनाइप्रति आपत्ति जनाउनुभएको समाचार बिहीबार मात्र आएको थियो । अमेरिकी उपराष्ट्रपतिको भनाई अत्यन्तै गैरजिम्मेवारपूर्ण रहेको उनको भनाई छ । हाम्रो प्रतिबद्धता हेरिएन तर कुनैपनि समय वार्तामा बस्न तयार छौँ– उत्तर कोरिया उता उत्तर कोरियाले शान्तिका लागि निकै प्रयास गरेको, अमेरिकासँग पनि वार्ताको तयारी गरेको भएपनि यसको मूल्यांकन नभएको जनाएको छ । उत्तर कोरियाले यसअघि पनि दक्षिण कोरियासँग गरेको बृहत शान्ति सम्झौता बमोजिम नै आणविक अस्त्र उत्पादन तथा परीक्षणस्थल नष्ट गरेको तर यसको मूल्यांकन अमेरिकाले नगरेको बताएको छ । उत्तर कोरियाले पछिल्लो समयमा गरेको प्रयासहरु र सदासयतालाई अमेरिकाले भने हाम्रो कमजोरीका रुपमा लिएको छ– उत्तर कोरियाले बताएको छ । तर पनि उत्तर कोरियाले अमेरिकासँग कुनै पनि समयमा वार्तामा बस्न तयार छौँ भनेको छ । उत्तर कोरियाले आफूहरु कोरियाली प्रायद्वीपमा शान्ति स्थापनाका लागि तयार भइसकेकोले अब यसका लागि अमेरिका र दक्षिण कोरियासँग वार्तामा बस्न आफूहरु तयार नै रहेको बताएको हो । फकाउँदै दक्षिण कोरिया उता दक्षिण कोरियाले भने उत्तर कोरियासँग वार्ताका लागि अर्को मिति तोक्ने तयारीमा लागेको बताएको छ । यी दुई देशबीच यही मे १६ मा मन्त्रीस्तरको बैठकको आयोजना गरेकोमा त्यसको एक दिनमात्र अघि उत्तर कोरियाले सो वार्तामा बस्न नसक्ने भनी पत्र पठाएको थियो । बिहीाबर फेरि अमेरिकाले भने उत्तर कोरियासँग वार्तामा नबस्ने बताएको छ । यसबाट अहिलेसम्म यी दुई देशबीच विकसित सकारात्मक वातावरणलाई कायमै राखिराख्नका लागि दक्षिण कोरियालाई सम्पर्कमै राख्ने नीति दक्षिणले लिएको हो । दक्षिण कोरियाली राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले शुक्रबार दिएको जानकारीअनुसार छिट्टै नै अर्को वार्ताका लागि उसले उत्तर कोरियालाई सम्पर्कमै राखेको छ र अर्को मितिको वार्ताका लागि शुक्रबार सम्पर्क गर्नेछ । शान्ति सम्झौता एक महत्वपूर्ण उपलब्धि भएकोले वार्ताबाट पछि नहट्न दक्षिण कोरियाले जोड दिनेछ । दक्षिण कोरियाले अर्को वार्ताको मिति तोक्ने तयारी गरेको राष्ट्रपतिको कार्यालय ब्ल्यु हाउसले जनाएको छ । तर यस विषयमा उत्तरको भने कुनै प्रतिक्रिया आएको छैन । उत्तर कोरियाले उक्त सैन्य अभ्यासको अन्त्य नगरिँदासम्म वार्तामा नबस्ने बताएको छ । उता अमेरिकाले बिहीबार शिखर वार्ता स्थगित गरेपछिको अवस्थामा दक्षिण कोरियासँग उत्तरले तुरुन्तै अर्को वार्तामा बस्न सहमति जनाउने छ या के गर्नेछ भन्ने बारेमा भने केही बताइएको छैन । अमेरिका दक्षिण कोरिया फोनवार्ता यसैबीच शुक्रबार सोलबाट प्राप्त समाचारमा दक्षिण कोरिया र अमेरिकाका विदेशमन्त्रीबीच फोन वार्ता भएको जनाइएको छ । दक्षिण कोरियाली विदेशमन्त्री काङ कियुङ र अमेरिकी विदेशमन्त्री माइक पम्पेओबीच शुक्रबार बिहान फोनवार्ता भएको प्राप्त समाचारमा जनाइएको छ । उनीहरुबीच बिहीबार अकस्मात अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर कोरियासँग आगामी जुनमा सिंगापुरमा हुन लागेको शिखर वार्ता स्थगित गरेको जनाएको समाचार आएपछि त्यसका विषयमा विकसित परिस्थितका बारे उक्त फोनवार्ता भएको अनुमान गरिएको छ । एपी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies