Khabar Dabali Logo
  November 15, Fri

जुवाखालबाट महिलासहित १४ जना पक्राउ

म्याग्दी । म्याग्दीको सदरमुकाम बेनीमा बिहीबार प्रहरीले विभिन्न तीन स्थानमा छापा मार्दा जुवातास खेलिरहेको अवस्थामा १४ जना पक्राउ परेका छन् ।

सादा पोशाकमा प्रहरी परिचालन गरी शंकास्पद ठाउँमा छापा मार्दा जुवा खालबाटै एक महिलासहित १४ जनालाई नगद रु ५० हजारसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय, म्याग्दीले जनाएको छ ।

पक्राउ पर्नेमा बेनी नगरपालिका–८ स्थित होटल नमस्तेबाट शेरबहादुर पाईजा, गमन छन्त्याल, भीम छन्त्याल, जीवन छन्त्याल र सोमबहादुर छन्त्याल रहेको प्रहरी निरीक्षक दीपक महत क्षेत्रीले जानकारी दिए ।

यसैगरी, बेनपा–८, को पिपलचोकस्थित ओमबहादुर छन्त्यालको घरबाट ओमबहादुर छन्त्याल, यामबहादुर छन्त्याल, मनोज पुन र टीका पुन (महिला) रहेको प्रहरीले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीका प्रवक्तासमेत रहेका प्रहरी निरीक्षक क्षेत्रीले बेनपा–९, गलेश्वर बस्ने केन कार्कीको घरबाट खड्कबहादुर गर्बुजा, वीरबहादुर शेरपुञ्जा, सिकिन्दरबहादुर बानियाँ, विजय शेरपुञ्जा र केन कार्की पक्राउ परेका बताए ।

प्रहरी निरीक्षक क्षेत्रीका अनुसार जुवा खेलिरहेको स्थानबाट नगद रु ५० हजार १४५ बरामद गरिएको छ ।

हालै मात्र कैलाली जिल्लाबाट सरुवा भई म्याग्दीको प्रहरी प्रमुखका रुपमा आएका प्रहरी नायब उपरीक्षक वीरबहादुर बुढा मगरले गैरकानूनी क्रियाकलापलाई पूर्णरुपमा नियन्त्रण गर्ने बताए ।

प्रहरीले जुवातास, लागूऔषध बेचबिखन, घरेलु मदिरा नियन्त्रण एवं न्यूनीकरण कार्यक्रमलाई अगाडि बढाएको छ ।

जेठ ११ गते, २०७५ - १७:०८ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कास्कीबासीले भने – ‘विद्या भट्टराईलाई राजनीतिको उचाइमा देख्न चाहन्छौँ’

कास्की । मङसिर १४ गतेको उपनिर्वाचन नजिकिँदै गर्दा नेकपाले आफ्नो चुनावी अभियानलाई तीव्र पार्दै लगेको...   

सरकारले सिमा सुरक्षा गर्न नसकेकाेप्रति सर्वोच्चको कारण देखाउ आदेश

काठमाडौं । सर्वोच्च अदालतले सीमा सुरक्षाका विषयमा भइरहेको प्रयासका बारेमा सरकारसँग कारण देखाउ आदेश...   

शेयरधनीलाई बाँकी रहेको लाभांश बुझिलिन एन आई सी एशिया बैंकको आग्रह

काठमाडौं । एन आई सी एशिया बैंक लि. ले विगत विभिन्न आर्थिक वर्षहरुमा वितरण गरेको लाभांश रकम हालसम्म बुझिलिन...   

एक सातादेखि नेपाल टेलिकमको सेवा अवरुद्ध

बाजुरा । जिल्लाको बडिमालिका–५ मनामा रहेको नेपाल टेलिफोन टावरको सेवा एक सातादेखि अवरुद्ध बनेको छ ।...   

राजनीतिक आडमा तरुणदलको ‘अपराधकर्म’: हतियार साथमा भएकै कारण पाँच करोड बढीको ठेक्का

बाँके । सुरक्षा खतरा भएका व्यक्तिलाई व्यक्तिगत हतियार राख्न दिने सरकारी नीति छ । जिल्लामा कतिपयले...   

चेक कीर्ते गरि बैंकबाट बढी रकम निकाल्ने प्रहरी जवान पक्राउ

महोत्तरी । जिल्ला प्रहरी कार्यालय महोत्तरीमा कार्यरत एक प्रहरी जवान चेक कीर्ते गरी बैंकबाट बढी रकम...   

आवासीय भवनमा आगलागीः पाँचको मृत्यु, तीन घाइते

हेफेइ । पूर्वी चीनको आन्हुइ प्रान्तमा अवस्थित एक भवनमा शुक्रबार बिहान भएको आगलागीमा परी पाँच व्यक्तिको...   

कर फिर्तासम्बन्धी फैसला उल्टाउन सर्वोच्च अदालतसँग ट्रम्पको माग

वासिङ्टन । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले कर फिर्ता सम्वन्धी कागजपत्र माग गरिएको फैसला उल्टाउन...   

चोरीका गाडीसहित कलङ्कीबाट दुईजना पक्राउ

काठमाडौं । चोरीको गाडीसहित प्रहरीले कलङ्कीबाट दुई जनालाई पक्राउ गरेको छ । भारतबाट चोरी गरेर ल्याइएको...   
बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

बङ्लादेशका राष्ट्रपतिको भ्रमण दलका सदस्य चन्द्रागिरिमा

काठमाडौं । बङ्लादेशका राष्ट्रपति मोहम्मद अब्दुल हामिदको नेपाल भ्रमण दलमा रहेका सदस्यले आज काठमाडाैंको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top