/  Mon, September 24, 2018

निपा भाइरस संक्रमणः नेृपालमा जोखिम उच्च, तयारी छैन

काठमाडौं । छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ। नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन ।

आजको नागरिकको दैनिकमा खबर छ – निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ।

शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुप(यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा। रावलले नागरिकसँग भनिन्।

महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा। केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे। ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने।

इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं। कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन।’

जेठ ११ गते, २०७५ - ०७:५६ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

यस्तो आयो छक्का पन्जा–३ को ट्रेलर

काठमाडौं । सुपरहिट फिल्म छक्का पन्जा सिरिजको तेस्रो संस्करण छक्का पन्जा–३ को टे«लर सार्वजनिक गरिएको...   

दर्दनाक कथा ! बलात्कारी बाबुले भने– ‘छोरी मलाई फाँसी देउ’

ललितपुर । सुन्दा फेरि पनि अचम्म लाग्न सक्छ । बाबुले छोरीलाई बलात्कार गरे भन्दा । तर ललितपुरको गोदावरी...   
प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

प्रहरी अधिकृतबाटै गम्भीर लापरबाही भएको निष्कर्ष

काठमाडौं । प्रहरी प्रधान कार्यालयले निर्मला पन्त हत्या प्रकरणमा संलग्न प्रहरी अधिकृतहरुबाट गम्भीर...   
ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

ओली–प्रचण्डको विशेष सर्कुलर : एकता कार्यदल भंग

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक...   

नेकपामा किन हुन सकेन भावनात्मक एकता ? यसरी हुन सक्छ प्रेम !

काठमाडाैं ।  कुनै बेला वैचारिकरुपमा दुई ध्रुवमा बाँडिएका नेकपा(एमाले) र नेकपा (माओवादी केन्द्र)बीचको...   

किन भईरहेको छैन नेकपाको बाँकी एकता ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को तल्ला कमिटिहरु र जनवर्गिय संगठनहरुको एकता दशैंअघि नहुने...   
युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

युवा–विद्यार्थी एकताको अपडेट ! शक्तिशाली संगठनमा दुवैका दावी

काठमाडौं । एकता भएर बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले पार्टीका तल्ला निकाय तथा जनवर्गिय संगठनहरुको...   

विश्वकप छनोट खेल्न नेपाली टिमको घोषणा : को को परे ?

काठमाडौं  । यही असोज १७ देखि २६ गतेसम्म मलेसियामा हुने आइसिसी टी-२० विश्वकप क्रिकेट छनोट प्रतियोगिताका...   

पूर्वराजा शाह श्रीलंका जाँदै, समुन्द्रपारी महत्वपूर्ण भेटवार्ता

काठमाडौं । सपरिवार बैंकततर्फ प्रस्थान गरेका पूर्व राजा ज्ञानेन्द्र आगामी शुक्रबार श्रीलङ्का जाने...   
उपराष्ट्रपति पुन छेन्दुमा

उपराष्ट्रपति पुन छेन्दुमा

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन पासाङ’ ६ दिने औपचारिक भ्रमणका लागि सिचुवान प्रान्तका राजधानी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top