Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

फिल्म यात्राको छायाँकन सुरुः को-को छन् टीममा, कहाँ-कहाँ हुँदैछ सुटिङ ?

काठमाडौं । फिल्म ‘यात्रा अ म्युजिकल भ्लग’ को छायाँकन सुरु भएको छ । केहि दिन अगाडी मात्र राजधानी स्थित गणेश मन्दिरमा पुजा गर्दै शुभ मुहुर्त गरिएको फिल्मको नियमित छायाँकन आज अर्थात् जेठ १० गतेबाट सुरु भएको छ । मुहुर्तसँगै फिल्मको केहि छायाँकन गरिएको भएता पनि नियमित छायाँकन भने जेठ १० बाट सुरु भएको हो । पहिलो दिन फिल्मको टाइटल गीतको छायाँकन गर्दै टोलि सोलु निस्किएको छ । \"\" राजधानीबाटै सुरु गीतको छायाँकनमा यात्रालाई देखाइनेछ भने यो सोलुमा पुगेर सकिनेछ । यस गीतमा प्रतिक पौडेलको शब्द र संगीत रहेको छ भने गयानमा भने प्रतिकलाई धर्मेन्द्र सेवान र प्रेक्षा बज्राचार्यले साथ् दिएकी छिन । फिल्म युनिट गीत छायाँकन गर्दै सोलु पुग्नेछ भने त्यहाँ झन्डै ३ साता फिल्मको छायाँकन हुनेछ । सोलुको जुनबेसी , फाप्लो , सल्लेरी र पताले लगायतका रमणीय दृश्यमा फिल्को छायाँकन गरिनेछ । फिल्ममा सलिनमान बनिया , सलोन बस्नेत , जान्वी बस्नेत , जय नन्द लामा , रेअर राई , प्रेक्षा बज्राचार्य , धिरेन शाक्य , राजाराम पौडेल , विशाल कटवाल , समृद्धि राई , योगेश जंग कुँवर , इश्वर पौडेल , नानीकाजी डंगोल , राजेश बिसुराल , इश्वर पौडेल , बिशाल पहाडी , प्रजोल भट्टराई , देशभक्तखनाल , कमल मैनाली , सौगात शर्मा लगायतको अभिनय रहनेछ । यसैफिल्म मार्फत मल्लिका महतले डेब्यु गर्दै्िछन भने यसमा विदेशी कलाकारहरु चाइनाका जुन झाङ र केन्याका बबीको पनि अभिनय रहनेछ । फिल्ममा बालकलाकारको रुपमा पछिल्लो समय युट्युबमा चर्चा रहेका अंकित संग्रौला र एन्जल राई रहेका छन् । फिल्मलाई जर्नी लभ स्टोरी भनिएको छ भने यसमा यात्राले ल्याउने परिस्थितिलाई देखाइनेछ ।सम्राट शाक्यको कथा तथा निर्देशन रहने फिल्मलाई केशव भट्टराई र सुशील पोखरेलले संयुक्त रुपमा निर्माण गर्दैछन । दुई दशक अगाडी सहायक निर्देशक भइ यसक्षेत्रमा भित्रिएका सम्राटले मुख्य सहायक निर्देशक भइकाम गरेको फिल्महरु के यो मायाहो , मेरो लभ स्टोरी , कोहि मेरो , नोभेम्बर रेन , होमवर्क , छक्का पञ्जा , ऐश्वर्य , कृ लगायत चर्चामा थिए । कोटकी कालिका देवीफिल्म्स प्राइभेट लिमिटेड र हरि ओम सिने मेकर्सको ब्यानरमा निर्माण हुने फिल्ममा केशव र सुशीलसँगै मुक्ति तिम्सिना र धर्मराज अधिकारी निर्माता रहेका छन् । फिल्ममा कथापनि सम्राटकै रहेको छ भने यसलाई उनिसँगै सुरेश न्यौपाने , प्रतिकपौडेल र शिशिर खातीले मिलेर लेखेका हुन् । फिल्मको मुख्य सहायक निर्देशक सुरेशनै रहेका छन् भने यसलाई संजय लामाले खिच्नेछन् । फिल्ममा कविराज गहतराज र प्रविन सिंहको कोरियोग्राफी , हिमाल केसीको द्वन्द , बनिश शाहको सम्पादन , आशिष पौडेलको कस्ट्युम डिजाइन , जटा शंकर गोसाईको आर्ट डिजाइन , निमा लामाको मेकअप र अरुण रेग्मीको प्रोडक्सन डिजाइन रहनेछ । फिल्ममा वरिष्ठ संगीतकार शम्भुजित बास्कोटाकोसँगै प्रतिक पौडेल र कोविद बज्रको संगीत रहनेछ । केशव भट्टराई ( मलमास अगाडी नै फिल्मको मुहुर्त गरेर केहि दृश्यको छायाँकन गरेका थियौ भने आज देखि नियमित रुपमा छायाँकनमा निस्केका छौ । हामी फिल्मको टाइटल गीत खिच्दै सोलु पुग्नेछौ । झन्डै तिन साता त्यहाँको रमणीय दृश्यमा फिल्मको छायाँकन हुनेछ भने त्यसपछी विभिन्न ठाउमा खिच्दै काठमाण्डौ आउनेछौ । यसपटक फिल्मलाई युवापुस्ताको जिम्मा लगाएको छु , युवापुस्ताकै कथा छ । टिम पनि त्यस्तै तयार गरेको छु । सुशील पोखरेल ( मौसमले त्यति साथ् नदिएपछी आजबाट हामी फ्लोरमा निस्केका छौ । फिल्मको कथा वस्तु र स्टारकास्टकै कारण म यसमा जोडिएको हु । हामीले फिल्म निर्माणमा कुनै सम्झौता गर्नेछैनौ , एउटा राम्रो फिल्म दर्शकलाइ दिने हाम्रो प्रयास रहनेछ । सम्राट शाक्य ( फिल्मको सुरुवात टाइटल गीतको छायाँकन मार्फत गरेका छौ । काठमाण्डौबाट सुरु हुने यात्रा , सोलुसम्म पुग्दैछ । फिल्ममा युवा पुस्ताको प्रेम , मित्रतालाई नै देखाउदै छौ । मैले झन्डै दुई दशक यता फिल्मनगरीमा संगालेको अनुभव मार्फत एउटा राम्रो र रमाइलो फिल्म बनाउने कोशिस गर्दैछु । सलिनमान बनिया ( डेब्यु फिल्मपछी दोस्रो फिल्म हो , मेरो । पहिलो फिल्म मार्फत मैले प्राक्टिकल्ली पनि बुझ्ने मौका पाए त्यसैले छायाँकनमा सहज नै हुन्छ । आज देखि फिल्म सुरु हुदैछ र मेरो छायाँकन पनि । पहिलो फिल्म मार्फत नै मलाइ जुन माया दिनु भएको छ त्यसलाई बढाउने गरि म यसमा प्रस्तुत हुदैछु । मलाइ केहि फरक नै पाउनु हुनेछ फिल्ममा ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies