Khabar Dabali Logo
  June 5, Fri

लाखौँ ठगी गरेको अभियोगमा सहकारी अध्यक्ष पक्राउ

नुवाकोट । बचतकर्ताबाट सङ्कलित लाखाैं रुपैयाँ ठगी गरेको अभियोगमा विदुर नगरपालिका–१ त्रिशूली बजारस्थित परोपकार बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष बलराम प्याकुरेललाई प्रहरीले पक्राउ गरी ठगी मुद्दा चलाएको छ ।

नगरपालिका–१० गेर्खुटारका ४५ वर्षीय प्याकुरेललाई सहकारी संस्थाका बचतकर्ताको रकम ठगी गरेको तथा सहकारीमा जम्मा भएको रकम अपचलन गरेको उजुरीका आधारमा जिल्ला अदालतमा मंगलबार ठगी मुद्दा दर्ता गरी कारवाहीका लागि अनुसन्धान शुरु गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए ।

प्रहरीका अनुसार सहकारीका बचतकर्ता सुजित खड्गे, दुर्गादेवी खड्गे, राममाया थापा र होमबहादुर खड्काले आफूहरुले जम्मा गरेको रु पाँच लाखभन्दा बढी फिर्ता नगरेको र राजन बोगटीले सहकारी संस्थाले आफ्नो करीब दश रोपनी जग्गा सहकारी बैंकमार्फत रु १४ लाख ऋण लिएर लिलामीको अवस्थामा पु¥याएको भन्दै दिएको छुट्टाछुट्टै उजुरीका आधारमा प्याकुरेललाई ठगी मुद्दामा कारवाही थालिएको हो ।

“प्रारम्भिक अनुसन्धानमा सहकारीमा आबद्ध तीन सयभन्दा बढी बचतकर्ताको करीब रु ६० लाख लामो समयसम्म फिर्ता नगरेको र शेयर सदस्यको शेयरपूँजी अपचलन गरेको अभियोग देखिएको छ,” प्रहरी निरीक्षक शाहले भने “सहकारीका अध्यक्ष कारवाहीको दायरामा तानिएपछि थप अरूको पनि मिलेमतो पाइएकाले संलग्नलाई नियन्त्रणमा लिन लागिएको छ ।”

सहकारीका अध्यक्ष पक्राउ परेपछि बचतकर्ता र शेयर लगानीकर्ताले प्रहरीसमक्ष मौखिक र लिखित उजुरी दिने क्रम बढेको छ । रासस

जेठ ९ गते, २०७५ - १६:५९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

युएइबाट १६८ नेपाली काठमाडौं आइपुगे, फर्किएका मानिसबारे दुतावास अनभिज्ञ

युएइबाट १६८ नेपाली काठमाडौं आइपुगे, फर्किएका मानिसबारे दुतावास अनभिज्ञ

काठमाडौं । संयुक्त अरव इमिरेट्स (युएई) बाट आज अपरान्ह १६८ यात्रु काठमाडौं ओर्लिएका छन् । एयर अरेबियाको...   

काठमाडौंमा फेरी भेटियो कोरोना, को हुन् उनीहरु

काठमाडौं । दुईदिनअघि मात्रै काठमाडौं मेडिकल कलेजका ३ स्वास्थ्यकर्मीसहित २ विरामीमा भेटिएको कोरोना...   

कोरोनाविरुद्द बनेको नेपालको खोपमा डब्लुएचओले छलफल थाल्यो

काठमाडाैं । विश्व स्वास्थ्य संगठन(डब्ल्युएचओ)ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको...   

आरडिटी रिपोर्ट नेगेटिभ आएर घर फर्केका युवाको कोरोनाका कारण मृत्यु

काठमाडौं । सुर्खेतमा एक युवाको कोरोनाका कारण मृत्यु भएको छ । जेठ ७ गते भारतबाट नेपाल फर्केका पन्चपुरी...   

लकडाउनको मोडालिटी परिवर्तन हुने, मन्त्रिपरिषदको बैठक बोलाइयो

काठमाडौं । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न क्षेत्रका विज्ञहरुसँग ५ घण्टा लामो छलफल...   
भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

भारतका रक्षा सचिवलाई कोरोना, साउथ ब्लकमा खैलाबैला

नयाँ दिल्ली । कोरोना संक्रमणबाट भारतीय रक्षा सचिव संक्रमित भएका छन् । कर्मचारीतन्त्रमा सबैभन्दा...   

शनिबारसम्मको मौसम कस्तो छ ? कतै जाँदै हुनुहुन्छ ?

काठमाडौं । आज देशैभर मौसमी प्रभावित हुनेछ र वर्षा हुने पुर्वानुमान रहेको छ । मौसम पूर्वानुमान महाशाखाका...   

भारतमा खतरा : लकडाउनपछि झन बढ्यो कोरोना, अहिलेसम्मकै बढी मृत्यु र संक्रमित

नयाँ दिल्ली । भारतमा कोरोना संक्रमणले ठूलो त्रासदी फैलिएको छ । सरकारका कैयन प्रयासका वावजूद पनि कोरोना...   
गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

गण्डकी प्रदेशमा फेरी थपिए १६ जना कोरोना संक्रमित

काठमाडौं । बागलुङ, पर्वत, स्याङ्जा र म्याग्दीमा गरेर १६ जना कोरो संक्रमित थपिएका छन् । गण्डकी प्रदेशका...   

सरकारलाई चुनौति, काठमाडौंमा ११ बजेसम्म व्यावसाय खुल्ला गर्ने

काठमाडौं । काठमाडौका व्यवसायिहरुले सरकारले तोकेको विहान ९ बजेसम्म पसल व्यावसाय खोल्नुपर्ने नियमलाई...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top