Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

मदिरा उत्पादन गर्ने चिनी मिलविरुद्ध स्थानीय

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० शिवनगरमा रहेको महाकाली सुगर इन्डस्ट्रिज प्रालिले मदिरा उत्पादन गर्न थालेपछि बन्द गर्न माग गर्दै स्थानीय बासिन्दा विरोधमा उत्रिएका छन् ।

जनप्रतिनिधिसहितका स्थानीय बासिन्दाले मदिरा उत्पादनको विरोध गर्दै बेलौरी नगरपालिकालाई नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्द गर्न माग गरेका छन् । विसं २०६७ देखि चिनी उत्पादन गर्दै आएको महाकाली सुगर मिलले यस वर्षदेखि मदिरासमेत उत्पादन गर्न थालेको वडाध्यक्ष हरिलाल चौधरीले भने “नागरिकको स्वास्थ्यमा प्रत्यक्ष असर पर्ने भएकाले बन्दको माग गरेका हौँ ।” मदिरा उत्पादन बन्दको माग गर्दै ३७१ जनाको हस्ताक्षर गराई सोमबार नगरपालिकामा विरोधपत्र पेश गरिएको उनले जानकारी दिए । चिनी मिलबाट उत्पादनका रुपमा निस्कने सिराबाट सुगर इन्डस्ट्रिजले मदिरा उत्पादन गर्न थालेको स्थानीय बासिन्दाको भनाइ रहेको छ । कालिका मन्दिर र शिव मन्दिरको बीचमा रहेको मिलभित्र मदिरा उत्पादन गर्दा धार्मिक, सांस्कृतिक, सामाजिक, आर्थिक, वातावरणीय एवं मानव स्वास्थ्यमा समेत नराम्रो असर पर्ने भएकाले सरकारले मदिरा उत्पादनमा नियमन गर्ने नीति ल्याइरहेका बेला उक्त कार्यनीति विपरीत हुनेहँुदा उत्पादन कार्य बन्द गर्न माग गरिएको स्थानीय मनराज उपाध्यायले बताए । गैरकानूनी रुपमा मदिरा उत्पादन गरी वातावरणीय, धार्मिक र सामाजिक क्षेत्रमा असर परेको जानकारी स्थानीय बासिन्दाले दिएपछि स्थानीय सरकारका हैसियतले तत्काल मदिरा उत्पादन स्थगित गरी यथाशीघ्र नगरपालिकालाई लिखित स्पष्टीकरण दिन सुगर इन्डस्ट्रिजलाई पत्राचार गरी सकिएको नगरपालिकाका उपप्रमुख चित्रकुमारी चौधरीले बताए । महाकाली सुगर इन्डस्ट्रिजका सञ्चालकले मदिरा नभई उपउत्पादनका रुपमा स्प्राइट बनाइने गरिएको जानकारी दिएका छन् । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies