Ntc summer Offer
Khabar Dabali १२ बैशाख २०८१ बुधबार | 24th April, 2024 Wed
NIMB

गर्मीले प्रदेशसभा बैठकमा सांसदहरू असिन पसिन भएपछि...

धनगढी । प्रदेशसभाको आइतबारको बैठकमा प्रतिपक्ष नेपाली काँग्रेस संसदीय दलका नेता डा रणबहादुर रावलले चर्को गर्मी बढेका बेला प्रदेशसभा बैठकमा पङ्खा चल्ने व्यवस्था नभएको भन्दै असन्तुष्टि जनाए । प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७५/७६ को बजेटका नीति, उद्देश्य, सिद्धान्त र प्राथमिकतासम्बन्धी प्रस्तावको छलफलमा बोल्ने क्रममा गर्मीले असिन पसिन हुँदै डा रावलले प्रदेश सरकारसँग चालू पूँजी हुँदाहुँदै पनि बैठकमा पङ्खा चल्ने व्यवस्थापन गर्न नसक्नु कमजोरी रहेको बताए । प्रदेशसभा की ज्येष्ठ सदस्य दिव्यश्वरी शाहले आफ्नो घरमा आठ दिनदेखि बन्द भएको बिजुली सञ्चालन हुन नसकेको भन्दै गर्मीकै कारण पङ्खा भएको अर्को घरमा डेरा सर्नु परेको बाध्यता सुनाए । विद्युत् प्राधिकरणका प्रमुखलाई आठ दिनदेखि अवरुद्ध बिजुली सञ्चालन गरिदिन आग्रह गरे पनि सुनुवाइ नभएको भन्दै शाहले बैठकमा प्रश्न गरे “प्रदेशका माननीयहरुको सुनुवाइ त हुँदैन, सर्वसाधारणले व्यहोरिरहेको समस्याको सुनुवाइ कसरी हुन्छ ।” केही दिनयतादेखि बढेको चर्र्को गर्मीका बीच आइतबारको प्रदेशसभा बैठक कक्षमा रहेका अधिकांश पङ्खा बन्द हुँदा पसिनाले असिन पसिन हुँदै सहभागीहरु सास्ती व्यहोरिरहेका देखिन्थे । प्रतिपक्षी बेन्च र पत्रकार बस्न बनाइएको दीर्घाका पङ्खा नचलेको देखिएपछि एक मर्यादापालक ‘पावर’ नभएको जवाफ दिइरहेका थिए । सत्ता पक्षीय बेन्चतर्फ चलेका केही पङ्खाले तातो हावा फ्याँकिरहेको थियो । सत्ता पक्षका प्रदेशसभा सदस्य दुर्गाकुमारी कामीले भने “बैठक चलिरहँदा गर्मीले खलखली पसिना आउँछ, कतिखेर सदन सकिएला र बाहिर निस्कौँला भन्ने लाग्छ ।” गर्मीका कारण प्रदेशसभा भवनको दर्शक र पत्रकार बस्न बनाइएको दीर्घामा उपस्थिति घट्दै गएको छ । प्रदेशसभा सचिवालयका सचिव बलराम शर्माले बजेटको निकासा गर्न भएको ढिलाइका कारण प्रदेशसभा बैठकमा ‘एसी’ जडानको व्यवस्थापन गर्नमा ढिलाइ भएको बताए । “गर्मी बढेको छ, बत्तीको पावर नै छैन,” सचिव शर्माले भने १५ दिने सूचना निकालेर बैठक कक्षमा एसी जडानको व्यवस्थापन गर्न लागेका छौँ ।” केही दिनदेखि बढेको गर्मीका कारण यस क्षेत्रको जनजीवन नराम्रोसँग प्रभावित भएको छ । गर्मीका कारण खास गरी वृद्धवृद्धा, विद्यालयका बालबालिका र दैनिक मजदूरी गरेर खाने मजदूर वर्ग बढी प्रभावित भएका छन् । नेपालगञ्ज, सिमरा र धनगढी बढी गर्मी हुने क्षेत्रका रुपमा चिनिन्छन् । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies