Ntc summer Offer
Khabar Dabali ८ बैशाख २०८१ शनिबार | 20th April, 2024 Sat
NIMB

तस्विरमा हेर्नुहोस् सन्दीप लामिछानेको अाइपिएलमा उत्कृष्ट प्रदर्शन

काठमाडौं । इन्डियामा जारी इन्डियन प्रीमियर लीग (आइपीएल) को ११ औं संस्करणमा दिल्ली डेयरडेभिल्स्मा आबद्ध १७ वर्ष नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरेका छन् । जारी सिजनको लीग चरणको अन्तिम र व्यक्तिगत रुपमा लगातार तेस्रो खेलमा उनले उत्कृष्ट प्रदर्शन गरेर चर्चाको शिखरमा छन् । आइतबार भएको मुम्बई इन्डियन्सविरुद्धको खेलमा एकै ओभरमा दुईसहित ३ विकेट लिई । जसको मद्दतले दिल्लीले सनसनीपूण जित हात पार्यो । दिल्लीले दिएको १७५ रनको लक्ष्य पछ्याएको मुम्बईले १९.३ ओभरमा अलआउट हुँदै १६३ रन मात्रै बनायो । दिल्लीले ११ रनले मुम्बई इन्डियन्सलाई पराजित गरेको हो । नेपाली युवा स्पिनर सन्दीप लामिछानेले मुम्बई विरुद्धको लीग चरणको अन्तिम खेलमा उत्कृष्ट बलिङ गरेका छन् । ४ ओभर बलिङ गरेका सन्दीपले ३६ रन दिदै ३ विकेट लिए । दिल्लीका लागि पहिलो ओभर बलिङ गर्दै पहिलो विकेट लिएर १३ रन दिए । त्यस्तै १० औं ओभरमा बलिङ गर्न आएको उनले २ विकेट लिए । किरोन पोलार्ड र क्रुनल पाण्डेय सन्दीपको बलको शिकार भए । त्यसैगरी १६ ओभर (व्यक्त्गित चौथो ओभर) २ रन दिए तर विकेट भने लिन सकेनन् । आइपिएलमा खेल्ने अबसर पाएका पहिलो नेपाली खेलाडी सन्दीपले मात्र ३ वटा म्याचमा खेल्न पाएका थिए। समग्रमा उनको प्रदर्शन उत्कृष्ट रह्यो। १२ ओभर बलिङ गरेका सन्दीपको इकोनोमी रेट ६ दशमलव ८३ रह्यो। उनले ७२ बलमा ८२ रन दिए भने तीन खेलमा पाँच विकेट हात पारे। \"\" \"\" \"\" \"\" \"\"
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies