Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

नेपाली भाषा बुझ्ने हात्तीे !

चितवन । हात्तीसारका माहुत विनोद चौधरीले त्रित... सिटी बजाए । लक्ष्मण थुचुक्क बस्यो । अर्को सिटीमा सुत्यो, अर्को सिटीमा कोल्टे पर्‍यो । चौथो सिटीमा पेट उचालेर घुँडा टेकेर बस्यो । यसरी बस्दा हौदा कस्न सजिलो हुन्छ । ओई ! लक्ष्मण यता आइज । पर भएको लक्ष्मण खुरुखुरु आयो । अडी ! टक्क अडियो । पछाडि जा ! पछाडी फर्कियो । जा.. माला लगाई दे भन्दा माला टपक्क टिपेर मान्छेको गलामा पहिर्‍याइदिन पुग्छ । टाउकोमा सुँड राखेर आशीर्वाद दिन्छ । हात्तीले माला पहिर्‍याइदिएको नौलो मानेका भरतपुरका दिदीभाइ आरती र विजय सापकोटा त्यो देखेर औधी रमाए । उनीहरुले पनि हात्तीबाट माला पहिरिएर आशिर्वाद लिए । “नौलो अनि रमाइलो लाग्यो,” आरतीले भने । चितवनको सौराहास्थित राष्ट्रिय निकुञ्जको हात्तीसारमा रहेको १० वर्षको लक्ष्मणगज हात्ती अहिले आफैं माला लगाइदिन्छ । मानिसलाई आशीर्वाद दिन्छ । टाउको निहुर्‍याएर ढोग्छ । अनि, पछाडि र अगाडिको खुट्टा उठाएर दुई खुट्टामा उभिन्छ । बडेमानको ज्यान अड्याएर सानो काठको बेन्चमा उभिन्छ । कुनै एउटा वस्तुको गन्ध सुँधाएर त्यसलाई थाहा नपाउने गरी अन्तै राखिदियो भने गन्ध सुँघ्दै खोजेर ल्याउँछ पनि । यसरी नमूना कला प्रदर्शन गर्दै आएको छ लक्ष्मण । “चारवटा खुट्टा भएको जनावर दुई खुट्टामा बस्न सक्छ कि सक्तैन भनेर हेरियो त्यो पनि सक्यो,” माहुत चौधरीले भने । दायाँबायाँ जा भन्दा जाने, बस भन्दा बस्ने । उभी भन्दा उभिने गर्छ । “यसले नेपाली भाषा चाहीँ प्रष्ट बुझ्छ,” चौधरीले थपे– “यहाँको थारु भाषा पनि बुझ्छ ।” उनका अनुसार यसरी नेपाली भाषा बुझ्ने हात्ती नेपाल मै पहिलो हो । सामान्यतः नेपालमा पालिएका अन्य हात्ती यस्तो गर्दैन । यसरी अतिरिक्त कला देखाउने हात्ती पनि नेपालमा पहिलो हो । “फरक कला देखाएको छ लक्ष्मणले,” निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठक भन्छन् । अघिल्लो वर्ष थाइल्याण्डको सर्कसमा पुग्दा हात्तीले विविध कला देखाएको देखिएको थियो । डोरीमा टेकेर हात्ती हिँडेको दृश्य रोमाञ्चक थियो । क्याटवाक पनि राम्रै गरेको थियो । तर त्यति धेरै कला नजाने पनि सौराहाका लक्ष्मणले देखाएको कला आफैंमा नेपालका लागि नौलो छ । सिकाए हात्तीले गर्न सक्छ भन्ने उदाहरण लक्ष्मण हो भन्नुहुन्छ हात्तीका एकजना माहुत कमल परियार । अरु हात्तीले गर्ने सबै क्रियाकलाप लक्ष्मणले गर्छ । त्यसबाहेक थप प्रतिभा पनि छ लक्ष्मणसँग । सिमिमिती हात्ती सिमेन्टको सानो डिलमा हिँड्दैन । जान डराउँछ । तर यो हात्ती त्यस्ता डिलमा सजिलै हिँड्छ । निकुञ्जको काठे पुलको छेउमा हिँड्न सबै डराउँछ । त्यसैले यसलाई डिल हिँड्न सिकाइएको हो । अगाडि पछाडि पनि हिँड्न सक्छ । सजिलै पछाडि पनि जान्छ । देवीकलीले २०६५ साल कात्तिक १ गते राम र लक्ष्मण जुम्ल्याहा पाएकी थिइन् । आमासँगै राम चाहीँ निकुञ्जको मुख्य कार्यालय कसरामा छ । लक्ष्मण भने सौराहाको हात्तीसारमा छ । एकपटक सिकिस्त बिरामी परेको थियो लक्ष्मण । मर्‍यो भनेर बाँचेकाले आरामका लागि यसलाई सौराहा ल्याइएको थियो । अहिले सौराहामा कला देखाउन थाले पनि हेर्ने पर्यटकको भीड नै हुन्छ । पर्यटकहरु सेल्फी लिन्छन् । तस्वीर लिनेदेखि प्रदर्शन गरेको कलाको भिडियो खिचेर रमाउँछन् । “भाले हात्ती हो, पछिसम्म यस्तै गरिरहन्छ या गर्दैन भन्न सकिन्न, हेरौं टिनएज लागेपछि के गर्छ,” विनोदले शंका व्यक्त गर्नुभयो । प्रायः भाले हात्ती जतिसुकै ज्ञानी भएपनि मात चढ्दा पारा देखाइहाल्छ भन्ने उनको अनुभव छ । हात्तीलाई सिकाउन अगाडि पहिले माहुत आफैंले सिक्नुपर्छ । आज एउटा सिकाउने अनि भोलि अर्को गर्न लगाउँदा जान्दैन । आज सिकाएको शैलीमा भोलि गर्न लगाउँदा सजिलै गर्छ । ऊसँग कुर्सीमा चारवटै खुट्टा राखेर चढ्न र अडिन सक्ने क्षमता छ । पहिले पिटाइ दिएर हात्तीलाई सिकाइन्थ्यो । विदेशी वन्यजन्तु विज्ञ आएर पिटाइ भन्दा मिठाइले धेरै कुरा सिक्छ भनेर चितवन निकुञ्जमा जन्मिएका धेरै हात्तीलाई सिकाइयो । मिठाइबाट सिकाएको हात्तीले सजिलै सिक्यो पनि । त्यही देखेर विनोद चौधरीले हात्तीले के सम्म गर्न सक्छ भनेर आफ्नै सुरमा सिकाउन थालेका थिए । भनेको मान्दा केरालगायत विभिन्न खानेकुरा दिइन्छ । त्यसरी सिकाउँदै नभन्दै धेरै कुरा गर्न सक्ने भएको छ लक्ष्मण । हात्तीले विनोदको सिटीको स्वरसमेत चिन्छ । सिटीकै इसारामा समेत काम गर्छ । नेपाली भाषामा भनेका कुरा पनि मान्छ । अनि थारु भाषामा भनेका कुरा पनि गर्छ । नेपालमा यतिको कला भएको हात्ती छैन । निकुञ्जका सूचना अधिकारी नुरेन्द्र अर्याल भन्छन्, “कर्मचारीहरुले आन्तरिक रुपमा के सम्म गर्दोरहेछ भनेर सिकाएका रहेछन्, माला लगाउने, आर्शिवाद दिने गरिरहेको छ ।” रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies