Khabar Dabali Logo
  November 15, Fri

पहिरो खस्दै गाडी पनि दौडिदै

चितवन । चितवनको नारायणगढ­मुग्लिन सडकखण्डको निर्माण अन्तिम चरणमा पुगे पनि पहिरो खस्ने क्रम नरोकिँदा जोखिम बढ्दो छ । सडकको भरपर्दाे विकल्प नहुँदा पहिरो खस्ने क्रम जारी भइरहेकाले जोखिम मोलेरै पनि सवारी साधनको आवागमन भइरहेको छ ।

आज बिहान ९.३० बजे चितवनको जलबिरे नजिकै माथिबाट रुख र ढुंगासहितको पहिरो खस्दै थियो । पहिरो खस्दै गर्दा पनि छलेर सवारी आवतजावत गरिरहेका देखिन्थे ।

ठूला ठूला ढुंगा बाटोमा आइपुग्दा गाडीका सवारी चालक र सहचाल मिलेर पहिरो पन्छाएर नारायणगढ मुग्लिन सडकमा यातायात सञ्चालन भइरहेको छ ।

आज बिहान सो सडक यात्रा गर्दा दर्जनाैं स्थानमा पहिरो खस्न लागेको देखिन्थ्यो भने कतिपय स्थानमा सडकभरी पहिरोसँग आएको ढुंगा यत्रतत्र थियो । मुख्यगरी जलबिरेदेखि कालीखोला हुँदै मुग्लिनसम्मको सडक उच्च जोखिममा छ । कतिबेला पहिरो खसेर मानिस र सवारी साधनलाई थिच्ने हो भन्ने चिन्तामा सवारी चालक र यात्रु छन् ।

बिहीबार पहिरो खसेर केही घण्टा अवरुद्ध भएको उक्त सडकखण्डमा गएराति ठूलो पानी परेकाले बिहानै ठाउँठाउँमा पहिरो खसिरहेका दृष्य यात्रुहरुले देखे ।

इच्छकामना– ३ लेवाटारका शिवप्रसाद शर्माले यो ठाउँमा राति ठूलो पानी परेकाले पहिरो खसेको बताए । लेवाटारमा पर्यटन व्यवसाय सञ्चालन गर्दै आएका शर्माले सडकयात्राका क्रममा आफैं असुरक्षित महसुस हुनुका साथै सडकका कारण व्यवसाय नै धरापमा परेको उल्लेख गरे ।

नारायणगढबाट मुग्लिन जाँदै गर्नुभएका पर्यटन विज्ञ विश्वराज सुवेदी पनि यसैगरी पहिरो खस्दै गर्दा जलबिरे पुगे । ‘पहिरो खस्दै छ, गाडी गुड्दै छ, आज यस्तो जोखिममा यात्रा गर्नुप¥यो, सुवेदीले भने ढुंगा र रुख एकैचोरी खस्दा हामी अगाडि भएका दुईवटा कारलाई झण्डै थिचेन ।’

उक्त कार पहिरो खस्न थालेकाले ब्याक गरेर जोगिएको थियो । मुग्लिनबाट आएका गाडि पनि जोखिममा परेकाले हतारहतार गरेर पहिरो खस्दै गर्दा पनि बाटो पार भएका थिए । नारायणगढ मुग्लिन सडकको धेरै स्थानमा कालोपत्रे भए पनि भित्तो काटिएको स्थान आलै छ । त्यसैले पानी पर्दा यहाँ माथिबाट पहिरो खस्ने गर्छ ।

नारायणगढ मुग्लिन सडक आयोजनाले पहिरो रोकथामका उपाय अपनाएर विभिन्न क्षेत्रमा रुख बिरुवा रोपेको भए पनि प्रभावकारी हुनसकेको छैन । जोखिम क्षेत्रमा जाली लगाइए पनि पहिरो खसिरहेको छ ।

बर्खा नलाग्दै पहिरोको उच्च जोखिम बढेकाले मध्य बर्खामा यहाँ अझै जोखिम बढ्ने देखिएको आज सोही सडकको यात्रा गर्नुभएका चितवन पर्यटन विकास समितिका अध्यक्ष दिलीप मैनालीले बताए । उनीसँगै चितवन उद्योग वाणिज्य संघका उपाध्यक्ष भोजराज कौडेल, पर्यटन संयोजक अशोक अधिकारी, होटल व्यवसायी संघका जिल्ला अध्यक्ष कमल शर्मा, चितवन पर्यटन विकास समितिका सचिव सुदिप भट्टले पनि जोखिम मोलेरै यात्रा गरे ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी निरीक्षक सन्तोष पन्तले वर्षासँगै जोखिम हुने भएकाले वैकल्पिक मार्ग प्रयोग गर्न सवारी चालकलाई आग्रह गरे । रासस

जेठ ४ गते, २०७५ - १९:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top