Khabar Dabali Logo
  July 16, Thu

सूचना चुहाउनेलाई कारबाही र प्रवक्ताले मात्र पत्रकारलाई सूचना दिन निर्देशन

भक्तपुर । महानगरीय प्रहरी परिषर भक्तपुरमा नयाँ आएका प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले पत्रकारलाई कुनै पनि घटनाको सूचना दिँदा प्रवक्ताबाहेक अरूले नदिन कडा निर्देशन दिएका छन् ।

उक्त परिषरले आयोजना गरेको मोफसलका पत्रकारसँगको छलफलमा परिषरका प्रवक्ताले बाहेक प्रहरी वृत्त थिमि र जगातेका प्रमुख तथा प्रहरी परिषर मातहतका अन्यले सूचना नदिन निर्देशन दिएका हुन् । दुवै वृत्तका प्रमुखलाई निर्देशन दिँदै उनले भने “कुनै पनि घटना भए प्रवक्तालाई तत्कालै जानकारी गराउनुहोस्, प्रवक्ताबाहेक अरू कसैले पनि सञ्चारकर्मीलाई सूचना नदिनुहोस्, एकद्वार प्रणालीबाट सूचना प्रवाह होस् ।”

पत्रकारलाई विभिन्न व्यक्तिले जथाभावी सूचना दिँदा अनुसन्धानमा बाधा पर्ने बताउँदै उनले जथाभावी सूचना दिने र सूचना चुहाउने प्रहरीलाई तत्काल कारबाही गर्नसमेत निर्देशन दिए ।

सञ्चारकर्मीलाई पनि प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक कृष्ण प्रसाईंसँग मात्रै आधिकारिक रुपमा सूचना लिन आग्रह गर्दै प्रहरी उपरीक्षक श्रेष्ठले सञ्चारकर्मीलाई भने “कुनै पनि घटनाको सूचना चाहिएमा प्रवक्तासँग लिनुस्, मलाई फोन गर्नु पर्दैन, अनुसन्धान गर्नुपर्ने घटनाको सूचना नमाग्नुहोस्, अनावश्यक सूचना मागेर दबाब नदिनुहोस् ।”

सञ्चारकर्मीले भने प्रहरीसँग सूचना लिन निकै गाह्रो भएको र प्रहरीले नै सूचना लुकाउने गरेको गुनासो गर्दै सहज र छिटो रुपमा सूचना पाउने व्यवस्था गर्न वृत्तका प्रमुखबाट पनि सूचना पाउनुपर्ने व्यवस्था गरिदिन माग गरेका थिए । रासस

जेठ ३ गते, २०७५ - १३:३५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

चितवन र पुर्वी नवलपरासिमा गरी थप १७ जनामा कोरोना संक्रमण

चितवन र पुर्वी नवलपरासिमा गरी थप १७ जनामा कोरोना संक्रमण

भरतपुर । चितवनमा थप ८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । माडी नगरपालिकाले स्थापना गरेको क्वारेन्टिनमा...   
पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

पहिरोले नौ घर बगायो, ११ सम्पर्कविहीनको खोजी जारी

File photo संखुवासभा । सङ्खुवासभाको उत्तरी क्षेत्रमा रहेको सिलिचोङ गाउँपालिका–१ को बेसिन्दागाउँमा लगातार...   

सिन्धुपाल्चोक बाढीपहिरोमा बेपत्ताको खोजीकार्य जारी, बेपत्ता २० जनालाई नदीले बगाएको आशङ्का

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–५ जम्बु र भोटेकोशी गाउँपालिका–५ बुलकोटेमा...   
ओली –प्रचण्ड भेट भयो, ठोस कुरा भएन

ओली –प्रचण्ड भेट भयो, ठोस कुरा भएन

काठमाडौं । बुधबार बालुवाटारबाट निस्किएका प्रचण्ड आज मंगलबार पुन बालुवाटार पुगे । बुधबारको छलफलमा...   

मंगलबार ११६ जनामा कोरोना संक्रमण, कुल संक्रमित १७ हजार नाघे

काठमाडौं । मंगलबार १ सय १६ जना कोरोना संक्रमित थपिएका छन् । यो संख्या गत पछिल्लो २४ घण्टामा थपिनेको...   

पछिल्लो चौविस घण्टामा १४४ कोरोना संक्रमण

काठमाडौं । पछिल्लो २४ घण्टामा १ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । स्वास्थ्य तथा जनसंख्या...   

पार्टीमा बहस छ, म सघर्षमा छु तर पार्टी दुर्घटनाबाट तत्काललाई जोगाइएको छ–प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी दुर्घटना हुनबाट...   
अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

अमिताभ र अभिषेक दुवैलाई कोरोना भाईरस संक्रमण

काठमाडौं । बलिउड अभिनेता अमिताभ बचनलाई कोरोना भाईरस संक्रमण पुष्टी भएको छ । उनले आफैले एक ट्विट गर्दै...   
मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

मास्क लाउँदिन भनेका ट्रम्पले मास्क लाउन थाले

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प पहिलोपटक मास्क लगाएर सार्वजनिक रुपमा देखिएका छन् । ट्रम्पले...   

काठमाडौंमा कोरोनाबाट थप ३ जनाको मृत्यु, मृतकको संख्या ३८ पुग्यो

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ३ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top