Khabar Dabali Logo
  May 30, Sat

आलुको मूल्य नपाएपछि किसान चिन्तित

बनेपा । काभ्रेपलाञ्चोकका किसान यसवर्षको आलु उत्पादनबाट त्यति सन्तुष्ट छैनन् । विगतको तुलनामा आलु कम फल्नुका साथै उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका हुन् ।

यसवर्ष खन्ने मौसममा असिनापानी परेपछि किसान आलु बिग्रन्छ कि भन्ने चिन्तामा छन् । पनौती नगरपालिका–९ फिरफिरेका नवराज श्रेष्ठ उत्पादन कम भएको बताउँछन् । गतवर्ष उत्पादन बढी हुनुका साथै उचित मूल्य पाएको उनको भनाइ छ । उनले भने “आलुखेतीबाट खासै फाइदा भएन, गरेको लगानी धानखेतीबाट उठाउने गरेको छु ।”

खोपासीका किसान सविना श्रेष्ठ उचित मूल्य नपाउँदा मारमा परेको बताउनुहुन्छ । “खेती नै यही हो, मूल्य नपाउँदा मारमा परेका छाैं,” उनले भने ।

किसानले आलु प्रतिधार्नी रु ५० देखि रु ६० सम्ममा बिक्री हुने गरेको छ । बजारमा त्यही आलु प्रतिधार्नी रु ८० देखि रु ९० सम्ममा बिक्री भइरहेको छ । जिल्लामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) कार्यक्रम सञ्चालनमा छ । सरकारले अनुदान दिने र प्रविधिका बारेमा सिकाउनेबारे जानकारी नभएको किसान बताउँछन् ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना सुपरजोन कार्यान्वयन इकाइ (आलु) बनेपा कार्यालयका प्रमुख किशोरप्रसाद पन्त जिल्लामा आलुको उत्पादन पर्याप्त रुपमा भइरहेको बताउँछन् । उन्नत जातको आलुको बीउ प्रयोग गर्न नपाएका कारण किसानले फाइदा लिन नसकेको उनको भनाइ छ ।

“उन्नत बीउ वितरण र बजारीकरणको व्यवस्थापन गर्नु पर्छ,” उनले भने । किसानलाई समूहमा संगठित गरी बजारीकरणको व्यवस्थापन गर्नुपर्नेमा उहाँले जोड दिए ।

सुपरजोन (आलु) कार्यालयका सूचना अधिकृत कृष्ण धितालका अनुसार जिल्लामा नौ हजार हेक्टरमा वार्षिक एक लाख ८२ हजार मेट्रिक टन आलु उत्पादन हुने गरेको छ । सुपरजोन (आलु) परियोजनाले हालसम्ममा दुई हजार हेक्टरमा मात्रै सेवा विस्तार गरेको छ । भविष्यमा तीन हजार ६०० हेक्टरसम्म सेवा विस्तार गर्ने योजना रहेको कार्यालयले जनाएको छ । रासस

जेठ ३ गते, २०७५ - १३:३० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सेना परिचालन गरिने, लकडाउन जेठ ३२ गतेसम्म लम्ब्याउने सरकारको निर्णय

काठमाडौं । सरकारले आवश्यक ठाउँमा सेना परिचालन सहित लकडाउन लम्ब्याउने निर्णय गरेको छ । आज साँझ प्रधानमन्त्री...   

क्वारेन्टिनमा खटिएका प्रहरी कुटिए

काठमाडौं । क्वारेन्टिनको सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण...   

मन्त्रिपरिषद् बैठक बस्दै, लकडाउनको नयाँ मोडालिटिबारेमा पनि छलफल हुने

काठमाडौं । विभिन्न विषयमा छलफलका लागि मन्त्रिपरिषद्को बैठक बोलाइएको छ । शनिबार साँझ ५ बजे प्रधानमन्त्रको...   

शनिबार एकैदिन थपिए १ सय ८९ संक्रमित , १४०१ पुग्याे संख्या

काठमाडौं । शनिबार एकैदिन १ सय ८९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस...   

कपिलबस्तुमा शनिबार मात्रै ७७ थपिए संक्रमित

बुटवल । कपिलबस्तुमा आज शनिबार एकैदिन ७७ नयाँ संक्रमित थपिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय कपिलवस्तुका...   
मजदुरलाई घर फर्काउँदै भारतिय कलाकार सोनु : रिलमा भिलेन, रियलमा हिरो

मजदुरलाई घर फर्काउँदै भारतिय कलाकार सोनु : रिलमा भिलेन, रियलमा हिरो

काठमाडौं । भारतीय कलाकार सोनु सुदको अनुहार देख्नेबित्तिकै तपाई हामीलाई उनको खलनायकीको याद आउँछ ।...   

नेकपाको सरकारलाई निर्देशन –एमसीसीका काम रोक्नु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवालय बैठकले संसदबाट एमसीसीको विषयमा टुंगो नलागुञ्जेल...   

थप १३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं । आज थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पर्साका २ जना तथा सिरहाका ११ जनामा कोरोना संक्रमण...   

ट्रम्पद्वारा विश्व स्वास्थ्य संगठनसँग सबै सम्बन्ध अन्त्य गर्ने घोषणा

वाशिङ्गटन । अमेरिकाले विश्व स्वास्थ्य संगठनसँग सबै सम्बन्ध अन्त्य गर्ने घोषणा गरेको छ । यसअघि संगठनलाई...   
भयवाट सिर्जित चुनौती

भयवाट सिर्जित चुनौती

कोभिड १९ का कारण सिर्जित भय र त्रासले नेपाली समाजको एउटा तप्का अमानविय र वर्वर वन्ने अवस्था देखियो...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top