Khabar Dabali Logo
  February 29, Sat

काठमाडाैं महानगरको खरिद र शिक्षा नियमावली राजपत्रमा सार्वजनिक

 

काठमाडौं । काठमाडौँ महानगरका प्रमुख विद्यासुन्दर शाक्यले सार्वजनिक खरिद नियमावली, २०७४ र विद्यालय शिक्षा नियमावली, २०७४ राजपत्रमार्फत सार्वजनिक गरेका छन् ।

कामपाले बुधबार आयोजना गरेको कार्यक्रममा सार्वजनिक खरिद ऐन, २०६३ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का प्रावधान र व्यवस्थामा प्रतिकूल नहुने गरी स्थानीय सरकारले प्राप्त गरेको अधिकारको प्रयोग गरेर यी नियमावलीहरु प्रमुख शाक्यले सार्वजनिक गरेका हुन् ।

प्रमुख शाक्यले काठमाडौँका नागरिकले अपेक्षा गरेको विकास पद्धति र सहभागितामूलक विकासबाट समृद्धि प्राप्त गर्न नियमावलीहरु आधार हुने विश्वास व्यक्त गरे ।

स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ११ (२) ज ले दिएको आधारभूत तथा माध्यमिक शिक्षासम्बन्धी काम, कर्तव्य र अधिकारलाई व्यवस्थापन गर्न नियमावली जारी गरिएको हो ।

यस नियमावलीमा विद्यालय खोल्न अनुमति लिनेदेखि विद्यालय गाभ्नेसम्म तथा विद्यालयको सम्पत्ति व्यवस्थापन, तह वा कक्ष घटाउने बढाउने र विद्यालयले पालना गर्नुपर्ने शर्त बन्देजहरु समेटिएका छन् ।

त्यस्तै शिक्षा समितिको गठन, काम, कर्तव्य र अधिकार, पाठ्यक्रम तथा परीक्षा सञ्चालन समन्वय, छात्रवृत्ति र निःशुल्क शिक्षासम्बन्धी व्यवस्था, शैक्षिक परामर्श सेवा, ब्रिज कोर्ष, भाषा शिक्षण कक्षा, पूर्व तयारी कक्षा तथा कोचिङ कक्षा सञ्चालन गर्न महानगरबाट अनुमति लिनुपर्ने व्यवस्था गरेको छ ।

आफू मातहतमा सञ्चालन भएका शैक्षिक कार्यक्रमको शैक्षिक प्रमाणपत्रको प्रमाणीकरण गर्ने काम, अतिरिक्त क्रियाकलापहरु, विद्यालयको चिह्न, नामकरण, विद्यार्थीको पोशाक, एक स्थानीय तहबाट अर्को स्थानीय तहमा शिक्षक सरुवा सहमतिजस्ता व्यवस्था नियमावलीमा गरिएको छ । रासस

जेठ ३ गते, २०७५ - १२:२३ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

इश्वर पोखरेललाई जनार्दनको प्रश्न –मन्त्रि नै नभएको मैंले कसरी निर्णय गरेँ ?

काठमाडौं । पूर्वगृहमन्त्री एंव नेकपाका सांसद जर्नादन शर्मा ‘प्रभाकर’ ले सरकारले जारी गरेको नेपाल...   
UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

UPDATE परिवार नै सबै घाईते –मैनाली र बुहारीको अवस्था गम्भिर

काठमाडौं । नेकपा (माले) का महासचिव सीपी मैनाली दुर्घटनामा परी गम्भिर घाइते भएका छन् । दुर्घटनामा परी...   
सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

सिपी मैनाली चढेको कार दुर्घटना –हेलिकप्टरबाट काठमाडौं ल्याईदै

काठमाडौं । नेकपा (माले)का महासचिव सीपी मैनाली दुर्घटनामा परेका छन् । झापाबाट काठमाडौं आउने क्रममा...   

राष्ट्रियसभा : ‘अरु हरुवा हुने वामदेव किन नहुने ?’ यसअघि नेकपाले ककसलाई बनायो ?

काठमाडौं । चुनावमा पराजित भएका वामदेव गौतमलाई राष्ट्रियसभामा उम्मेदवार बनाइएकोमा व्यापक आपत्ति...   

यि हुन् बामदेवका ६ जवर्जस्ति ! सबै फेल !

आजको नयाँ पत्रिका दैनिकमा खबर छ– १. डोल्पाबाट उम्मेदवार बन्ने पहिलो कोसिस मंसिर ०७४ मा बर्दियाबाट...   

वामदेवलाई फेरि ‘ब्याक फायर’

उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा मनोनीत गर्ने तथा उनी प्रधानमन्त्री बन्ने बाटो खोल्न संविधान...   

नेकपामा संविधान संशोधनको पहल : खासमा के भएको थियो बैठकमा ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र प्रस्तावित भनिएको संविधान संशोधनको विषय यतिबेला...   

विषय नपाएपछि कोट र टोपी मिलेन भन्दै विषय बनाएर हिँडेका छन् : ओली

पोखरा। प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास...   

कसले लग्यो बाँस्कोटाको सातवटा डायरी ?

काठमाडौं । निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजीनामा दिएको दिन...   
हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

हेलिकप्टरमा देशको नक्शा अंकित केक बोकेर ओलीको जन्मथलो पुग्ने को हुन् ?

काठमाडौं । प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली आफ्नो ६९ औं...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top