/  Fri, August 17, 2018

मन्त्रीपरिषद्ले गर्यो धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश

पोखरा । प्रदेश नं ४ को आज बसेको मन्त्रिपरिषद् बैठकले गोरखा जिल्लाको धार्चे गाउँपालिकाको केन्द्र सार्न सिफारिश गरेको छ ।

मन्त्रिपरिषद्का निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रामशरण बस्नेतले गाउँपालिकाको केन्द्र परिवर्तन सम्बन्धमा गठित कार्यदलको प्रतिवेदनलाई आधार मानेर वडा नं ५ को गुण्डाबाट माछेखोलामा सार्न दुई तिहाइ गाउँपालिकाका सदस्यले गरेको निर्णयअनुसार सम्बन्धित मन्त्रालयमा केन्द्र परिवर्तनका लागि सिफारिश गर्ने निर्णय गरिएको जानकारी दिए ।

बैठकले कास्कीको माछापुच्छे« गाउँपालिकाका वडाको सिमाना हेरफेर गर्ने निर्णय पनि गरेको छ । माछापुच्छ«े गाउँपालिकाले विधिवत् रुपमा गरेको निर्णयअनुसार साबिकको ल्वाङघलेल गाविसको १ देखि ४ नं वडालाई वडा नं ८ र ५ देखि ९ नं वडालाई ९ नं वडामा रहने गरी सिफारिश गर्ने निर्णय गरिएको छ ।

उनका अनुसार प्रदेशको आर्थिक कार्यविधि नियमावली नबन्दासम्म नेपाल सरकारको आर्थिक कार्यविधि नियमावली २०६४ बमोजिम कार्यसम्पादन गर्ने बैठकले निर्णय गरेको छ ।

सरकारले आव २०७५÷७६ को बजेट ल्याउने तयारी गरेको जानकारी दिँदै उहाँले तत्काल सशर्त र विशेष अनुदानबाहेक २० अर्बको सिलिङअनुसार बजेट ल्याउन लागिएको बताए ।

बैठकले सामाजिक विकास मन्त्रालयले पेश गरेको प्रदेश खोप ऐन, २०७५ लाई सैद्धान्तिक स्वीकृति प्रदान गरेको छ ।

मन्त्रिपरिषद्को २०७४ चैत १४ को बैठकबाट प्राकृतिक स्रोत साधन दोहन भएको सम्बन्धमा गठित कार्यदलबाट आजको बैठकमा प्रतिवेदन पेश भएकामा त्यसको कार्यान्वयनका लागि मापदण्ड बनाएर आगामी मन्त्रिपरिषद् बैठकमा ल्याउन उद्योग, पर्यटन बन तथा वातावरण मन्त्रालयलाई जिम्मेवारी दिइएको छ ।

यही आव २०७५÷७६ को बजेट अधिवेशन आगामी जेठ १६ गते ४ बजे बोलाउन प्रदेश प्रमुखलाई सिफारिश गर्ने निर्णय पनि भएको छ । रासस

जेठ २ गते, २०७५ - १७:५७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुराना कम्युनिष्ट नेता पौडेललार्इ भेटेपछि जब प्रचण्डले पूराना ति दिन सम्झिए…

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका पुराना कम्युनिष्ट...   

टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, हाेलान पूरा ?

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित केही महत्वकांक्षी योजना सावृजनिक...   

प्रधानमन्त्री अोलीले गरे यस्तो ट्वीट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका...   
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

मोरङ । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका...   

प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...   
स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय...   

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी...   

चार दिन बन्धक बनाएर १५ बर्षिया बालिकालार्इ बलात्कार

कालिकोट । एक १५ वर्षीया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी...   

अमेरिकी करबृद्धिको प्रतिशोधमा उत्रियाे चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी...   

जनप्रतिनिधि श्रमदानमा

बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top