/  Fri, August 17, 2018

वाइसीएलको एक महिने खबरदारी अभियानः जनतासँगै बसेर जनप्रतिनिधिलाई झकझकाउने

काठमाडौं । नेकपा माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाइसीएल)ले एक महिने खबरदारी अभियान सञ्चालन भोलिबाट शुरु हुँदैछ । देशब्यापि रुपमा हुने यो अभियान काठमाडौं महानगरपालिका र काठमाडौंकै तार्केश्वर नगरपालिकाबाट शुरु हुनेछ ।

स्थानीय तहको निर्वाचन भएको एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिले स्थानीय माझ प्रतिबद्धताहरु अहिलेसम्म पनि पूरा नगरेकाले खबरदारी अभियान सञ्चालन गर्नुपरेको वाइसीएलका अध्यक्ष रामप्रसाद सापकोटा दीपशिखाले बताए । उनका अनुसार भोलि जेठ ३ देखि एक महिनासम्म अभियान सञ्चालन हुनेछ । ‘गत बैशाख ३१ गते ऐतिहासिक स्थानीय निर्वाचन भयो तर एक बर्ष बितिसक्दा पनि जनप्रतिनिधिको बाचाहरु अपुरै छ’ उनले भने एक बर्षसम्म जनताले परिर्वतनका महसुस गर्न नपाएकाले खबरदारी अभियान सञ्चालन गरेका हौं ।’

‘चुनावी प्रतिबद्धता अभियानमा सहभागी बनौं, अमुल्य मतदान गरेर जिताएकालाई निगरानी गरौं’ भन्ने मूल नाराका साथ वाइसीएल जनताको बीचमा जान लागेको महासचिव सुबोधराज शेर्पालीले बताए । ‘हामी सधैं जनताकै साथमा थियौं र छौं पनि’ शेर्पालीले भने ‘जनताको हरेक दुःख, सुखमा वाइसीएल साथ दिन्छ ।’

‘जनप्रतिनिधिले के प्रतिबद्धता गरेका छन्, अहिलेसम्म के–के पूरा भयो, के–के बाँकि छन् हामी झकझकाउँछौं’ वाइसीएलका प्रचार विभाग प्रमुख पुष्प ओलीले भने । उनकानुसार यो अभियान देशभर नै सञ्चालन गरिनेछ । हरेक स्थानीय तहमा जिल्ला वाइसीएलले ज्ञापनपत्र दिने, अनियमितता पर्दाफास गर्ने र जनप्रतिनिधिको ध्यानाकर्षण गराउनेजस्ता कार्यक्रम हुने बताए ।

खबरदारी अभियानसँगै वासीएलले ‘तीन दिन, तीन रात, तीन छाक–वाइसीएलको अभियान जनताको साथ’ भन्ने मूल नाराका साथ अभियान सञ्चालन गरेको छ । जसअन्तर्गत प्रत्येक वाइसीएल कार्यकर्ता जनताको घरमै खाने र बस्ने गर्नेछन् । यो अभियानले जनतासँगको सम्बन्धमा प्रगाढ ल्याउने वाइसीएलको विश्वास छ ।

जेठ २ गते, २०७५ - १७:२९ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुराना कम्युनिष्ट नेता पौडेललार्इ भेटेपछि जब प्रचण्डले पूराना ति दिन सम्झिए…

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका पुराना कम्युनिष्ट...   

टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, हाेलान पूरा ?

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित केही महत्वकांक्षी योजना सावृजनिक...   

प्रधानमन्त्री अोलीले गरे यस्तो ट्वीट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका...   
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

मोरङ । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका...   

प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...   
स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय...   

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी...   

चार दिन बन्धक बनाएर १५ बर्षिया बालिकालार्इ बलात्कार

कालिकोट । एक १५ वर्षीया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी...   

अमेरिकी करबृद्धिको प्रतिशोधमा उत्रियाे चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी...   

जनप्रतिनिधि श्रमदानमा

बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top