/  Wed, October 17, 2018

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई फोन गरे । फोन गरेर ओलीले भने ‘छलफल गर्नु थियो तपाइँको समय मिलाउनु पर्यो ।’ यो संवाद ओली–प्रचण्डको बैशाख ३० गते अर्थात मोदी फर्किएको दिन शनिबारको हो । प्रचण्डले उताबाट भने ‘त्यसो भए भोलि आइतबार ३१ गते साँझ भेटौं ।’ हामी छलफल गर्ने कुरा बाहिर कसैलाई नभनौं, सबैतिर हल्ला हुन्छ फेरि ।’ उनीहरु बैशाख ३१ गते साँझ भेट्न तयार भए, र छलफल पनि गरे । मोदी फर्किएपछि आज बिहान भएको ओली–प्रचण्डको भेट दोस्रो हो ।

मोदी अभिन्दनलगायतका कार्यक्रममा माओवादीबाट सरकारको सहभागी कुनै पनि मन्त्री गएनन् । नजानुको कारण के थियो त्यो अझै खुल्न सकेको छैन् । त्यसो बहुचर्चित अरुण तेस्रो जलविदुत आयोजनाको शिलान्यासमासमेत माओवादीबाट उर्जामन्त्री बनेका बर्षमान पुन अन्नतलाई पत्तो नदिई ओलीले र मोदीले गरेका थिए । बजेटमा ओलीको एकलौटी सरुवालगायतमा पनि एकलौटी ओलीले गरेको गुनासोको चाङ प्रचण्डसँग थियो । प्रचण्डले ओलीसँग सबै गुनासो सुनाए । गुनासो सुनाएलगत्तै ओलीले प्रचण्डलाई भने ‘एकताको बारेमा बाहिर नराम्रो हल्ला फैलियो अब चाँडै एकता गर्नतिर लाग्नु पर्यो ।’ मोदी नआउँदा प्रचण्डले एकताको बिषयमा कुरा निकाल्दा अन्तै मोड्ने गरेका थिए । ‘यसअघि ३/४ घण्टा प्रचण्ड–ओलीको एक्ला एक्लै छलफल हुँदा पनि एकताको बिषयमा छोटो कुरा हुन्थ्यो ’स्रोतले खबरडबलीसँग भन्यो ‘३१ गतेको भेटमा करिब आधा समय एकता बिषयमा कुरा भएको थियो ।’ तर मोदी फर्किएलगत्तैको भेटमै ओलीले एकतामा हतारिँदा प्रचण्डलाई ‘सरप्राइज’ बनेको बालुवाटार स्रोतले खबरडबलीलाई जानकारी दियो ।

३१ गतेको भेटमा ओलीसँग एकताको बिषयमा भएको सबै कुरा प्रचण्डले माओवादी नेताहरु नारायणकाजी श्रेष्ठ, गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल, उर्जामन्त्री रहेका बर्षमान पुन अनन्तलगायतका नेताहरुसँग छलफल गरे । प्रचण्डले छलफल गरेपछि माओवादी नेताहरुले सुझाव दिए ‘एकताको बिषयमा बाहिर धेरै नकरात्मक समाचारहरु आइरहेका छन्, एकता नै गर्ने हो भने चाँडै गरौं भ्याएसम्म जेठको पहिलो सातासम्म गरौं ।’ माओवादी नेताहरुले उक्त सुझाव प्रचण्डलाई दिएपछि बुधबार बिहान सवा ९ बजेदेखि फेरि प्रचण्ड–ओलीबीचको ‘वान टु वान’ छलफल भयो ।

त्यसोत अहिले माओवादीभित्र भारतीय प्रधानमन्त्री मोदीले एकताको गाँठो फुकाएको चर्चा छ । माओवादीका कार्यालय टीमभित्रका एक सदस्यले खबरडबलीसँग भने ‘ओली जी को आलटाल देख्दा मोदी जी आएपछि एकता के हुने हो भन्ने शंका थियो तर अब त्यो शंका पनि हटेको छ ।’ हामी एकताको तिब्र तयारीमा छौं सकभर जेठ पहिलो सातासम्म एकता गर्छौं ।’ खबरडलीलाई आएको सूचनानुसार प्रचण्ड र ओलीबीच सैदान्तिक सहमति भइसकेको छ तर केहि प्राविधिक सहमति हुन बाँकि रहेको छ ।

त्यसो त एकताको नकरात्मक समाचार आइरहेको बेला मंगलबार मात्रै प्रचण्ड र एमाले नेता माधबकुमार नेपालबीच छलफल भएको थियो । छलफलमा एकता चाँडै टुंङग्याउनुपर्नेलगायत बिषयमा छलफल भएको बताइएको थियो ।

र, यो पनि

जेठ २ गते, २०७५ - १३:२६ मा प्रकाशित

कुँवर खबरडबलीका संवाददाता हुन्, राजनीति र साहित्यमा रिपोर्टिङ गर्छन् ।

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

के माधव नेपालले अोली सरकार ढाल्दैछन् ?

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र प्रधानमन्त्रीसमेत...   
पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

पूर्वमाओवादीलाई प्रदेशमा नेकपाको पद-नखाउँ भने बर्ष दिनको सिकार खाउँ भने…

काठमाडौं  । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)को आज बसेको सचिवालय बैठकले सात वटै प्रदेशमा नेतृत्व चयन...   
नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

नेकपासँग फोरम र नयाँ शक्ति एकताको छलफलमा

काठमाडाैं । डा. बाबुराम भट्टरार्इ नेतृत्वको नयाँ शक्ति नेपाल र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी...   
प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

प्रदेश-२ः नेकपा र फोरमबीच सरकार गठन तयारी, मुख्यमन्त्री राउतको पद धरापमा !

काठमाडौं । उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम केन्द्रीय सरकारमा जाने नेपाल कम्युनिष्ट पार्टीसँग...   
अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

अड्किएको एकता गाँठोः मोदी फर्किएलगत्तै ३१ गते साँझ बालुवाटारमा यसरी फुक्यो

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाल भ्रमणबाट फर्किएलगत्तै एमाले अध्यक्ष तथा प्रधानमन्त्री...   
पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

पनौतीमा ‘बालबाल’ले बाँचेका शरद बने सामाजिक मन्त्री

काठमाडौं । २०३९ साल फागुन ७ गते सिन्धुपाल्चोकको तत्कालिन सानोसिरुवारी गाविस पौवा (हाल चौतारा साँगाचोकगढी...   
चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

चार मन्त्रीका तीन थरि ड्रेसअपः कोहिको दौरा सुरुवाल, कोहिको ज्वारीकोटमाथि मफलर !

काठमाडौं । आजै चार जना मन्त्रीको सपथ हुने सूचना बिहान बाहिरिएको थियो । शुरुमा सरकारलाई आजै पूर्णता...   
‘फ्ल्यासब्याक’मा दुइ मन्त्रीः जनयुद्धका प्रमुख योजनाकारदेखि एलडिओलाई शौचालयमा थुन्नेसम्म

‘फ्ल्यासब्याक’मा दुइ मन्त्रीः जनयुद्धका प्रमुख योजनाकारदेखि एलडिओलाई शौचालयमा थुन्नेसम्म

काठमाडौं । केपी शर्मा ओली नेतृत्व सरकारमा आज चार जनाले सपथ लिएका छन् । प्रधानमन्त्री ओलीकै पार्टी नेकपा...   
एमालेले भन्यो–माओवाद मान्दैनौं जबज मान्नुपर्छ, माओवादीले भन्यो त्यसो भए सरकारमा जाँदैनौं

एमालेले भन्यो–माओवाद मान्दैनौं जबज मान्नुपर्छ, माओवादीले भन्यो त्यसो भए सरकारमा जाँदैनौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज ४ बजे प्रधानमन्त्रीको रुपमा सपथ लिदैंछन् । आजै...   
माओवादीले गर्यो यस्तो निर्णयः प्रचण्ड बन्ने भए सहअध्यक्ष, ओली प्रधानमन्त्री

माओवादीले गर्यो यस्तो निर्णयः प्रचण्ड बन्ने भए सहअध्यक्ष, ओली प्रधानमन्त्री

फाइल फोटो काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठक सकिएको छ । बैठकमा सहभागी माओवादीका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top