/  Wed, October 17, 2018

७ गते अघि नै माओवादी–एमाले पार्टी एकता : विवादित विषयमा सहमति प्रतिबेदन फाइनल गर्दै प्रचण्ड

काठमाडौं । बहुचचिर्तत नेकपा माओवादी र नेकपा एमालेबिचको पार्टी एकता ७ गते अघि नै सम्पन्न हुने भएको छ ।

जेठ ७ गते सरकारले ल्याउने ‘नीति तथा कार्यक्रम’ अघि नै पार्टी एकता सम्पन्न गर्ने र एउटै पार्टी भएर कार्यक्रम ल्याउने समझदारी जुटेको उच्च राजनीतिक स्रोतले बतायो ।

स्रोतका अनुसार जेठ ६ गते पार्टी एकताको तयारीमा दुवै दल लागेका छन् । यसको संकेत बुधबार तय भएको माओवादी–एमाले संयोजन समितिको बैठकप्रति लक्षित गर्दै प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलबार एक कार्यक्रममा ‘एकता विरोधिहरुलाई भोली बालुवाटार आउन’ भनेर गरेका थिए । स्रोत भन्छ आज बस्ने बैठकले ६ गतेको एकताको मिति तय गर्नेछ ।

मिल्यो विवादित विषय
भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीको दूई दिने नेपाल भ्रमण लगत्तै माओवादी अध्यक्ष पूष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष समेत रहेका प्रधानमन्त्री ओलीबिच भएको बैठकले विवादित विषयमा समझदारी जुटाएको हो ।

संगठनात्मकरुपमा बराबरी अर्थात प्रतिशत नतोक्ने र २,४ जना तलमाथि हुनसक्ने, जनताको जनतवाद कार्यनीतिक कार्यदिशा हुने, र विधान तथा प्रतिबेदनमा माओवादी जनयुद्ध तथा शान्तिपूर्ण सघर्षको उपलब्धी भनेर किटान गरिने भएको छ ।

प्रतिबेदन फाइनल गर्दै प्रचण्ड
यसरी विषयहरुमाथि सहमति जुटिसकेपश्चात प्रचण्ड कार्यदलले तयार गरेको राजनीतिक प्रतिवेदन तथा विधान सच्याउन तथा पाmइनल गर्न लागिपरेका छन् ।

प्रतिवेदनकै लागी प्रचण्ड निवासमा केहीदिनदेखि भेटघाट करिब करिब बन्द जस्तै छ । उनी विधान तथा प्रतिवेदनमाथि काम गरिरहेका छन् ।

एमाले नेता माधव नेपाल र माओवादी नेता नारायणकाजी श्र्रेष्ठ समेत रहेको कार्यदलले विधान तथा राजनीतिक प्रतिवेदन लेख्ने काम गरेको थियो ।

जेठ २ गते, २०७५ - ०८:२७ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट चार लाखको क्षति

रुकुम , पश्चिम । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय...   

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै...   

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन...   

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई...   
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको...   

बेनि नाकाबाट मात्रै १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल...   

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने...   

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना बढ्यो

काठमाडौं । निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया...   
एम्बाप्पेको नयाँ रेकर्ड- १३ मिनेटमा ४ गोल

एम्बाप्पेको नयाँ रेकर्ड- १३ मिनेटमा ४ गोल

काठमाडौं । बहुचर्चित युवा खेलाडी किलियन उम्बाप्पेले एकै खेलको १३ मिनेटमा ४ गोल गरेर नयाँ रेकर्ड बनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top