/  Fri, August 17, 2018

प्रदेश ५-विनियोजन विधेयक २०७५ मा सैद्धान्तिक छलफल

रुपन्देही । प्रदेश नं ५ को विनियोजन विधेयक, २०७५ का सिद्धान्त, उद्देश्य, प्राथमिकता र प्रमुख नीतिहरु (कर प्रस्तावबाहेक) का सम्बन्धमा आज छलफल भएको छ ।

छलफलमा भाग लिँदै प्रदेशसभा सदस्यहरुले विनियोजन विधेयकले असमानताका दूरी कम गर्दै कृषि उत्पादकत्व बढाउने सरकारको योजना प्रसंशनीय भएको बताए ।

प्रदेशसभा सदस्य हरिप्रसाद रिजालले कृषि उत्पादकत्व बढाउने विषयलाई बजेटले प्राथमिकता दिएको उल्लेख गर्दै उत्पादनशील जमीनमा भएको अतिक्रमण हटाउन आवश्यक भएको बताए ।

अर्का सदस्य कमलराज श्रेष्ठले बजेटका कार्यक्रम जति राम्रो भए पनि कार्यान्वयन फितलो भए त्यसले परिणाम राम्रो नल्याउने धारणा व्यक्त गर्दै देशमा सरकारभन्दा ठेकेदार ठूला देखिएका छन्, त्यसैले ठेकेदारी प्रथाको अन्त्य जरुरी छ भने ।

प्रदेशसभा सदस्य विष्णु पन्थीले प्राचीन कपिलवस्तुलाई जोडेर पर्यटकीय शहर बनाउन जोड दिँदै लगानीमैत्री प्रदेशका रुपमा ५ नं प्रदेशलाई स्थापित गराउनुपर्ने बताए ।

यसैगरी अर्का सदस्य कृष्णप्रसाद न्यौपानेले पर्यटन, उद्योग र कृषिलाई जोड दिए त्यसले दिगो लक्ष्य हासिल गर्न सहज हुने बताए ।

सदस्य फकरुद्दिन खाँले राजनीतिक पहुँचका आधारमा बजेट जाने र कहीँ बजेटको चाङ लाग्ने विषयले समृद्धि हासिल हुन नसक्ने बताए ।

अर्का सदस्य उत्तरकुमार ओलीले दाङको पश्चिम क्षेत्र चौधरीको बाहुल्यता रहेको क्षेत्र भएकाले चौधरीको साक्षरता बढाउन थारू भाषालाई ऐच्छिक भाषाका रुपमा पाठ्यक्रममा सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

अर्का सदस्य सन्तोषकुमार पाण्डेले विदेशिने युवालाई रोक्न नयाँ योजना ल्याउनुपर्नेमा जोड दिए ।

छलफलमा प्रदेश सभा सदस्य दीपेन्द्रकुमार अधिकारी, वैजनाथ कलवार, कमलादेवी विक, सरस्वती गौतमलगायतले भाग लिँदै विनियोजन विधेयकले जनताका आधारभूत समस्यालाई सम्बोधन गर्नुपर्ने बताउनुभयो । छलफल जारी रहेको छ । रासस

जेठ १ गते, २०७५ - १७:५४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुराना कम्युनिष्ट नेता पौडेललार्इ भेटेपछि जब प्रचण्डले पूराना ति दिन सम्झिए…

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनका पुराना कम्युनिष्ट...   

टेलिकमद्वारा महत्वकांक्षी योजना सार्वजनिक, हाेलान पूरा ?

काठमाडौं । नेपाल टेलिकमले चालू आर्थिक वर्षमा पूरा गर्ने लक्ष्यसहित केही महत्वकांक्षी योजना सावृजनिक...   

प्रधानमन्त्री अोलीले गरे यस्तो ट्वीट

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले निश्चित समयपछि समृद्धिको प्रतिफल प्राप्त हुने बताएका...   
विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

विराटनगर महानगरपालिकाको कार्यालयमा बम विस्फोट

मोरङ । विराटनगर महानगरपालिका मेयरको कार्यकक्ष नजिकै कुकर बम विस्फोट भएको छ । आइतबार दिउँसो २ बजे महानगरका...   

प्रकाण्डलाई थप ३ दिन हिरासतमा राख्न आदेश

काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा...   
स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

स्वास्थ्यमन्त्री भन्छन्ः भरतपुरलाई टर्सरी अस्पताल बनाउँछु

चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय...   

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज । बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी...   

चार दिन बन्धक बनाएर १५ बर्षिया बालिकालार्इ बलात्कार

कालिकोट । एक १५ वर्षीया बालिकालाई २ दिनसम्म बन्धक बनाएर बलात्कार गरेको आरोपमा प्रहरीले सान्नी त्रिवेणी...   

अमेरिकी करबृद्धिको प्रतिशोधमा उत्रियाे चीन

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको व्यापारिक युद्धको एउटा प्रमुख उद्देश्य नै बेइजिङमाथि ‘अमेरिकी...   

जनप्रतिनिधि श्रमदानमा

बागलुङ । झरीको पर्वाह नगरी ताराखोला गाउँपालिकाका जनप्रतिनिधि शनिबार कोदालो, बेल्चा र डोको बोकेर सडक...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top