/  Wed, October 17, 2018

बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’

 

रुपन्देही । नगरभरि छरिएर रहेका ढुवानी तथा यातायात व्यवसायलाई एउटै जग्गामा व्यवस्थापन गर्ने गरी बुटवलमा छुट्टै ‘ट्रान्सपोर्ट भिलेज’ बनाउन शुरु गरिएको छ ।

बुटवल उपमहानगरपालिका– १२ भैरहवा टोलमा रहेको सार्वजनिक जग्गालाई संरक्षण गर्दै ट्रान्सपोर्ट भिलेज बनाउने काम अघि बढाइएको छ । भैरहवा टोलमा पवित्र युवा क्लबले डेढ दशकदेखि संरक्षण गर्दै आएको ५४ बिगाह जग्गा सुकुम्बासीका नाममा अतिक्रमण हुँदै आएपछि अहिले उपमहानगरपालिकाले संरक्षण शुरु गरेको छ ।

संरक्षितमध्येको साढे तीन बिगाह क्षेत्रफलमा ट्रान्सपोर्ट भिलेज बनाइने उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिनुभयो । खेल मैदानसहित तारबार गरेर संरक्षण गरेको जग्गासहित सार्वजनिक स्वामित्वको खाली जग्गामा व्यवस्थित संरचना बनाउन लागिएको हो । सार्वजनिक जग्गामा अहिले २५ परिवारले घर बनाएर अतिक्रमण गरेका छन् भने केहीले आफन्तका नाममा घर घडेरीको कारोबार गरिरहेका छन् ।

स्थानीय अगुवा गुरुप्रसाद शर्माले भने “अतिक्रमण गर्ने प्रवृत्ति रोक्न जरुरी छ, जनप्रतिनिधिले राम्रो कामको थालनी गर्दा खुशी लागेको छ ।”

अतिक्रमित जग्गा नापजाँचपछि सार्वजनिक जग्गा प्रमाणित भएमा अतिक्रमणकारीलाई कानूनअनुसार हटाइने र त्यहाँ ट्रान्सपोर्ट भिलेज बनाउने योजना रहेको उपमहानगरपालिकाका उपप्रमुख गुमादेवी आचार्यले बताए । पहिलो चरणमा आठ बिगाह १० कट्ठा जग्गा नापजाँच गरिएको छ । कुनै पनि व्यक्तिको सम्पत्तिमाथि नगरपालिकाले दाबी नगर्ने र स्थानीयवासीको सहमति र सहकार्यमै सार्वजनिक जग्गाको संरक्षण गरिने उनको भनाइ छ ।

अर्का अगुवा खगुलाल गिरी सार्वजनिक जग्गाको संरक्षणमा समुदायले पनि चासो दिन जरुरी रहेको बताए । यसका लागि संरक्षण अभियान सञ्चालन गर्नु जरुरी छ । उपमहानगरपालिकाले तीन बिगाह १० कट्ठा क्षेत्रफलमा ट्रकलगायतका ढुवानीका सवारी साधन पार्किङ गर्ने गरी ट्रान्सपोर्ट भिलेज बनाउन थालेको हो । ट्रान्सपोर्ट भिलेज नहुँदा बुटवल बजारमा सामान ढुवानी गर्न आवतजावत गर्ने ट्रकलगायतका साधनले ट्राफिक जाम र बजारलाई नै अस्तव्यस्त बनाउने गरेका छन् । रासस

जेठ १ गते, २०७५ - १६:१४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

किन खोजिँदैछ १ सय कर्मचारी परिचालन गरेर एउटा बघिनी ?

मध्य भारतमा ठूलो स्तरमा एउटा खोजी अभियान जारी छ। वन विभागका एक सयभन्दा बढी अधिकारी, सुरक्षाकर्मी, बेहोस...   

ओली सरकारप्रति बाबुराम भट्टरार्इको टीप्पणीः न हाँसको चालमा न कौवाको

गोरखा । नयाँ शक्ति पार्टीका संयोजक तथा पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले अहिलेको सरकारको...   

टेलिकमको यी २२ अफर लिएर मज्जा लुट्नुस्, विद्यार्थीलार्इ पनि यस्तो अफर

काठमाडौं । नेपाल टेलिकमले ग्राहकहरुका लागि अटम अफर (Autumn Offer) उपलब्ध गराउने भएको छ । उक्त अफरहरु सोमबार...   
फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

फ्रान्स । दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।...   
विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानको ढोका लगाउन खोज्दा कर्मचारी खसिन्

विमानस्थलमा उड्ने तयारीमा रहेको एउटा विमानको ढोकाबाट एक कर्मचारी खसेर घाइते भएकी छिन्। सोमबार बिहान...   

दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

सोल । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली...   

टीकाको दिन प्रहरीको निःशुल्क बस

कास्की । दशैँको टीकाको दिन पोखरामा सशस्त्र प्रहरी बलले निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । कात्तिक...   

माथिल्लो तामाकोशीको १ अर्ब ५८ करोडको आइपिओ आउँदै

काठमाडौं । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई...   

किन जाँदैछन् रामचन्द्र पाैडेल १२ दिन लामो भारत भ्रमणमा ?

काठमाडाैं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भारत भ्रमणमा जाने भएका छन् । १२ दिन लामो...   

मेलम्ची सुरुङको अन्तिम काम ७.३ किमी बाँकी

चौतारा । मेलम्ची खानेपानी आयोजनाको सुरुङको अन्तिम काम अझै ७ दशमलव ३ किमी बाँकी छ । सुरुङभित्रको ढलान...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top