Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

लियोनल मेसीः युरोपियन गोल्डेन बुटको उपाधि नजिक

बार्सिलोना । यो सिजनको युरोपियन गोल्डेन बुटको उपाधि बार्सिलोनाका स्टार फरवार्ड लियोनल मेसीले जित्ने लगभग पक्का भएको छ । यही साता सकिने ला लिगामा ३८ मध्ये ३७ खेल खेलिसकेको बार्सिलोनाका लागि मेसीले १ खेल खेल्न बाँकी रहँदा ३४ गोल गरिसका छन् । मेसीलाई कडा टक्कर दिइरहेका इंग्लिस प्रिमियर लिग अन्तर्गत लिभरपुलका मोहम्मद सालाहले ३२ गोल गर्दै सिजन अन्त्य गरेसँगै मेसीको सम्भावना बढेको हो । यस्तै सर्वाधिक गोल गर्ने तेस्रो स्थानमा रहेका टोटनह्यामका ह्यारी केनले पनि यो सिजन ३० गोल गर्दै लिग सकाएका छन् । चौथो स्थानमा रहेका रोबर्ट लेवान्डोस्कीले जर्मन प्रिमियर लिगमा (बुन्डेसलिगा) का लागि ब्रायन म्यूनिकका तर्फबाट २९ गोल गर्दै लिग अन्त्य गरेका छन् । यस्तै इटालिइन सिरिएमा २९ गोल नै गरेका सिरो इमोबिलको एक खेल बाँकी छ। तर घाइते भएकाले उनले अन्तिम खेल गुमाउने पक्का छ । अब २८ गोलमा रहेका इन्टर मिलानका मौरो इकार्डी र पिएसजीका काभानीले अन्तिम खेलमा जादुयी प्रदर्शन गर्दै ७ गोल गरे भने मात्र मेसीलाई भेट्नेछन् । तर अन्तिम खेलमा मेसीले १ गोल गरेमा त्यो पनि समाप्त हुनेछ । यो सँगै ला लिगाको सर्वाधिक गोलकर्ताले जित्ने पिचिची उपाधिसमेत मेसीले जित्नेछन् । यता रियल मड्रिडका क्रिस्टियानो रोनाल्डोले २५ तथा लुइस स्वारेजले २४ गोल गरेका छन् । यस सिजन मेसीले सबै प्रतियोगितामा गरी ५३ खेलबाट ४५ गोल र १८ असिस्ट गरेका छन् । यसअघि ४ पटक युरोपियन गोल्डेन बुटको अवार्ड जितेका मेसीले सन् २०११-१२ को सिजन ५० गोल गरेका थिए । सन् २००९-१० को सिजनमा ३४ गोल गर्दै अवार्ड जितेका थिए । २०१२-१३ मा ४६ गोल गरेका मेसीले २०१६-१७ मा ३७ गोल गरिसकेका छन् । अब सन् २०१७-१८मा उपाधि जित्दै पाँचौ पटक युरोपियन गोल्डेन बुट पाउने एक्ला खेलाडी बन्नेछन् । यस्तै क्रिस्टियानोझ रोनाल्डोले एक पटक संयुक्तसहित ४ पटक यो उपाधि जितिसकेका छन्। उनले सन् २०१३-१४ मा लिभरपुलबाट इङ्लिस प्रिमियर लिग खेलेका लुइस स्वारेजसँग समान ३१ गोल गरेपछि उपाधि बाँडेका थिए । यदि यो उपाधि मेसीले जितेभने सबैभन्दा धेरै युरोपियन गोल्डेन बुट जित्ने क्लब बार्सिलोना नै हुनेछ । क्लबले सात पटक उपाधि जित्नेछ । यसअघि सन् १९९६-९७ मा रोनाल्डोले बार्साका लागि ३४ गोल गर्दै अवार्ड जितेका थिए । त्यसपछि सन् २०१५-१६ मा लुईस स्वारेजले ४० गोल गर्दै अवार्ड हात पारेका थिए । एजेन्सी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies