/  Wed, January 23, 2019

सुपर साञ्जेनमा चौध अर्ब लगानी भित्र्याउन स्वीकृति

 

काठमाडौं । पछिल्लो समय नेपालको ऊर्जा क्षेत्रमा एक पछि अर्को गर्दै चिनियाँ लगानी भित्रन थालेको छ । पछिल्लो पटक उद्योग विभागको उद्योग तथा लगानी प्रवद्र्धन बोर्डको बैठकले रसुवाको पार्वतीकुण्ड गाउँपालिकामा निर्माण हुने जलविद्युत् आयोजनामा चिनियाँ कम्पनीले रु १४ अर्ब लगानी भित्र्याउन स्वीकृति दिएको छ ।

नेपाली प्रवद्र्धकसमेत सहकार्यमा चिनियाँ कम्पनीले लगानी भित्र्याउन लागेको हो । कूल ७८ मेगावाट क्षमताको सो आयोजना सालासुङ्गी पावरले निर्माण गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी साञ्जेन जलविद्युत् कम्पनी लिमिटेडले हाल निर्माण गरिरहेको माथिल्लो साञ्जेन जलविद्युत् आयोजनाभन्दा करीब ५०० मिटरमाथि विद्युत्गृह निर्माण गर्ने गरी सालासुङ्गी पावरले विगत तीन वर्ष पहिले अनुमति लिएको थियो ।

सो आयोजनामा नेपाली लगानीकर्ताको आठ प्रतिशत र चिनियाँ लगानीकर्ता चाइना हार्वर इन्जिनियरिङको ९२ प्रतिशत लगानी रहने छ । कूल रु १५ अर्ब २२ करोड ७० लाख लगानी रहने सो आयोजनाको प्रवद्र्धक सालासुङ्गी पावरले अध्ययनको सबै काम सम्पन्न गरेको छ ।

यसअघि चिनियाँ कम्पनी चोङ्जिङ वाटर टर्बाइन वक्र्स समूहले पिपल्स इनर्जी लिमिटेडमा रु नौ अर्ब लगानी भित्र्याएको छ । आयोजनाले दिएको जानकारीअनुसार दोलखा र रामेछापको सिमानामा निर्माणाधीन ४८.८ मेगावाट क्षमताको सो परियोजनाको निर्माण शुरु भएको जनाएको छ ।

हाल आयोजनामा पूर्वाधार निर्माणको काम धमाधम भइरहेको छ । पुल निर्माण, सडक निर्माण तथा विस्तार, आवास क्याम्पलगायतका काम भइरहेको आयोजनाका इन्जिनियर रामहरि शर्माले बताए । आयोजनास्थलसम्म पुग्ने र आसपासका क्षेत्रका लागि नौ किलोमिटरमध्ये तीन किलोमिटर सडक निर्माण भइसकेको छ ।

चीनको चोङ्जिङ वाटर टर्बाइन वक्र्स कम्पनीले भौतिक पूर्वाधार निर्माणको काम शुरु गरेको छ । सो आयोजनाका लागि चीनबाट रु नौ अर्ब रकम भित्र्याइएको छ । इन्जिनियरिङ, खरिद र निर्माण (इपिसी) मोडेलमा बन्ने सो आयोजना निर्माणका लागि गत २०७४ फागुन ३० गते सम्झौता भएको थियो ।

सुपर मादीको लगानी स्वीकृत 

यस्तै कास्कीको मादी गाउँपालिकामा आयोजनास्थल रहेको सुपर मादी जलविद्युत् आयोजनामा रु आठ अर्ब नौ करोड ८१ लाख ५० हजार वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिएको छ । हिमाल हाइड्रोले निर्माण गर्न लागेको सो परियोजना ४४ मेगावाट क्षमताको हो ।

उद्योग विभागका सूचना अधिकारी दुर्गाप्रसाद भुसालका अनुसार पछिल्लो दिनमा जलविद्युत् क्षेत्रमा लगानी भित्र्याउने क्रम बढेको छ । उनले भने “प्रक्रिया पु¥याएर आएका सबै वैदेशिक लगानीलाई विभागले स्वीकृति दिने गरेको छ ।” यस्तै दूरसञ्चार सेवा प्रदायक युटिएल नेपाल र अर्घाखाँची सिमेन्टमा समेत वैदेशिक लगानी भित्र्याउन स्वीकृति दिने प्रक्रियामा बोर्ड रहेको छ ।

आर्थिक समृद्धिको अर्को आधारका रुपमा रहेको ऊर्जा क्षेत्रमा समेत लगानीको मात्रा बढेको विभागले जनाएको छ । चालू आर्थिक वर्षको हालसम्म रु एक खर्ब ५० अर्ब ७९ करोडबराबरको लगानी ऊर्जा क्षेत्रमा भित्रिएको छ । सो प्रतिबद्धताअनुसार लगानी भित्रिए एक हजार ६०८ जनाले रोजगारीको अवसर पाउने विभागले जनाएको छ । रासस

जेठ १ गते, २०७५ - १३:५५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच...   

कांग्रेस सभापति देउवाविरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाविरूद्ध परेको अदालतको...   
पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल...   

नेकपा बैठकः ४१ नेताले बोले, आइतबार ओली-प्रचण्डले जवाफ दिने

काठमाडाैं । शनिबारदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले...   

अभद्र व्यवहार गर्ने तीन पक्राउ

सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका...   

संसद् कानून निर्माणमा लागिरहेको छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका...   

बिना इजाजत भुक्तानी कारोबार गर्नेलाई अर्थमन्त्रीको कडा चेतावनी

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा...   

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी...   
जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका...   
जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापान । सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top