Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

अविरल वर्षाका कारण भुरुङ तातोपानीमा बाढीबाट करोडौंको क्षति

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीमा आइतबार आएको बाढीले पुर्याएको क्षतिको विवरण संकलन र पीडितलाई राहत दिन शुरु गरिएको छ । किम्लाखर्कको ठाडो खोल्सामा आएको बाढी बस्तीतर्फ पसेपछि चार घरमा पूर्णरुपमा र ११ घरमा आंशिक क्षति हुँदा करीब रु एक करोड बढी क्षति भएको हो । बाढीले घर पुरिँदा स्थानीय रामकृष्ण मिजारको करीब रु १३ लाख २० हजार बराबरको क्षति भएको छ । उनको घरसहित नगद, सुन र जुत्ता पसलका सामग्री सबै पुरिँदा उक्त क्षति पीडित मिजारले बताए । त्यसैगरी बाढीले होटल सञ्चालन गरेको घर पुरिँदा नगेन्द्र गिरीको रु १२ लाख बराबरको क्षति भएको छ । बाढीले घरभित्र पसेर पसल र होटलको लाखौँ मूल्यको सामान र पूर्वाधारमा क्षति पु¥याएको छ । बाढीबाट दशरथ कर्माचार्यको रु सात लाख ५० हजार, उनकुमारी पुर्जाको रु आठ लाख, धावा तामाङको रु तीन लाख, गंगामान सुनारको रु चार लाख, रजिया खातुनको रु दुई लाख, टेकनारायण पौडेलको रु सात लाख बराबरको क्षति भएको छ । त्यसैगरी गोविन्द पुर्जाको रु पाँच लाख, टकु पुनको रु तीन लाख, प्रेम रन्तिजाको रु चार लाख, देवेन्द्र भट्टचनको रु १० लाख, रिना शेरचनको रु एक लाख, पाल्टेन गुरुङको रु नौ लाख, सीताराम गुरुङको रु ५० हजार बराबरको क्षति भएको सीमा प्रहरी चौकी भुरुङ तातोपानीले जनाएको छ । बाढीबाट घरबारविहीन भएका अहिले आफन्त र स्थानीयसँग आश्रय लिएर बसेका छन् । बाढीले बस्तीसँगै खेतीयोग्य जमिनमा समेत पसेर सुन्तला र तरकारी लगाएको जमिन पुरिदिएको छ । यसैबीच, बाढीबाट पीडित भएकालाई राहत र थप क्षति हुन नदिन पूर्वसतर्कताको काम शुरु गरिएको छ । बेमौसमी बाढीबाट पीडित भएका परिवारलाई राहतसँगै बाढी नियन्त्रणको लागि काम शुरु गरिएको वडाध्यक्ष ओम फगामीले जानकारी दिए । बाढी र पहिरो बस्तीमा आएर थुप्रिएकाले गाउँपालिका र वडा कार्यालयको समन्वयमा डोजर परिचालन गरी थुप्रिएको हिलो हटाउने, बाढी आएको खोल्सालाई पानी बग्न मिल्ने बनाउने र हिलो र ढुंगा थुप्रिएर अवरुद्ध बनेको गोरेटो बाटोलाई खुलाउने काम शुरु गरिएको उनले बताए । बस्तीतर्फ सोझिएको बाढीलाई खोल्साबाटै बग्ने गरी निकास बनाउन र बाढीमा फसेका सामानको खोजी कार्यमा नेपाली सेना, जनपथ प्रहरी र नेपाल प्रहरीको टोलीले श्रमदान गरी सहयोग गरेका छन् । बाढीले पूर्ण क्षति पुगेका चार घरपरिवारको लागि तत्कालको खाना बस्नको लागि वडा कार्यालय र स्थानीयसँग समन्वय गरी व्यवस्था मिलाइएको गाउँपालिकाले जनाएको छ । वर्षात्को समय शुरु नहुँदै बाढीको समस्या आएको कारण आगामी दिनमा बस्तीमा बाढी पस्ने समस्या रोक्नको लागि सम्भावित जोखिम न्यूनीकरणको लागिसमेत काम शुरु गरिएको गाउँपालिका अध्यक्ष क्याप्टेन डमबहादुर पुनले बताए । बाढी र पहिरोले अस्तव्यस्त बनाएको खोल्सामा बस्तीतर्फ ग्याबिनजाली लगाएर पूर्वाधार बनाउनको लागि जिल्ला दैवी प्रकोप उद्धार समितिलाई २०० देखि ३०० वटा ग्याबिन माग गरिएको उनले बताए । यसैबीच, बाढी र पहिरोबाट प्रभावित भएको तातोपानीमा जिल्ला दैवी प्रकोप उद्धार समितिको नेतृत्वमा उच्च स्तरीय स्थलगत निरीक्षण एवं अनुगमन गरी क्षतिको विवरण संकलन गरिएको छ । म्याग्दीका प्रदेशसभा सांसद विनोद केसी, जिल्ला दैवी प्रकोप उद्धार समितिको प्रमुख एवं प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारी, अन्नपूर्ण गाउँपालिका अध्यक्ष पुन, जिल्लास्थित राजनीतिक दलका प्रमुख एवं प्रतिनिधि, रेडक्रसकर्मी, गाउँपालिका जनप्रतिनिधि, सुरक्षा अधिकारीलगायतले बाढीग्रस्त क्षेत्रको अनुगमन गरेका हुन् । अनुगमनपश्चात् बसेको सरोकारवालाको बैठकले बाढीबाट भएको क्षतिको यथार्थ विवरण संकलन गर्ने र राहतको लागि सम्बन्धित निकायमा अनुरोध गर्ने तथा विभिन्न क्षेत्रबाट प्राप्त हुने राहतलाई क्षति पुगेको आधारमा एकद्वार प्रणालीमार्फत न्यायोचित तवरले वितरण गर्ने निर्णयसमेत गरेको छ । सरोकारवालाद्वारा स्थलगत निरीक्षण गरी तत्कालको राहत र सम्भावित विपद् व्यवस्थापनको कामसमेत थालिएको प्रजिअ अधिकारीले बताउनुभयो । उहाँले वडा र गाउँपालिकाको मागबमोजिम बस्तीतर्फ बाढी पसेको क्षेत्रमा जोखिम न्यूनीकरणको लागि २०० थान ग्याबिन उपलब्ध गराउन जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयलाई पत्राचार गरिएको समेत जानकारी दिए । प्रजिअ अधिकारीका अनुसार सोमबारनै बसेको जिल्ला दैवीप्रकोप उद्धार समितिको बैठकले तातोपानीमा बाढीले पूर्ण क्षतिग्रस्त भएका चार घरलाई रु १० हजार र आंशिक क्षतिग्रस्त भएका ११ घरपरिवारलाई प्रतिपरिवार रु पाँच हजारका दरले राहत दिने निर्णय समेत गरेको छ । त्यस्तै, जिल्लाको दैवी प्रकोप नियन्त्रणको लागि पूर्वसर्तकता अपनाउने समेत निर्णय भएको छ । बाढीले प्रभावित तातोपानी क्षेत्रमा क्षति र जोखिमको अवस्था निरीक्षणको लागि पुग्नुभएका सांसद विनोद केसीले बाढीले पूर्णरुपमा घरमा क्षति पुगेकालाई वैकल्पिक बसोबासको व्यवस्था र थप जोखिमलाई नियन्त्रण गर्ने गरी वडा, गाउँपालिका र जिल्ला दैवी प्रकोप उद्धार समितिमार्फत एकीकृत रुपमा काम गर्न आवश्यक रहेको बताउँदै पीडितलाई राहत र सहयोगको लागि सबैलाई आह्वान गरे । यसैबीच, बाढीले घरबारविहीन भएकालाई अत्यावश्यक राहत दिन शुरु गरिएको छ । नेपाल रेडक्रस सोसाइटी भुरुङ तातोपानी उपशाखाले त्रिपाल, कम्बललगायतका सामग्री सहयोग गरेको छ । रेडक्रस जिल्ला शाखाले समेत पीडितको राहत र सहयोगको लागि पहल गरिरहेको स्थलगत निरीक्षणमा पुग्नुभएका रेडक्रस म्याग्दीका सभापति लेखबहादुर हमालले बताए । बाढीले घर पुरिएर घरबारविहीन बनेका नगेन्द्र (लटे) गिरी र बालकृष्ण मिजारको परिवारलाई मोना जापानका सल्लाहकार यामबहादुर खड्काको पहलमा स्यामसुङ मोबाइल कम्पनीका निर्देशक डिकेश मलहोत्राले उपलब्ध गराएको टेण्ट त्रिपालसमेत रेडक्रस सोसाइटीकी आजीवन सदस्य सुनिता गिरीमार्फत हस्तान्तरण गरिएको छ । सो अवसरमा प्रदेश सांसद विनोद केसीले समेत बाढीपीडितलाई व्यक्तिगत रुपमा रु १० हजार सहयोग प्रदान गर्नुभएको थियो । बाढी बस्तीसँगै फलफूल लगाएको फूलबारीमा पसेपछि खेतीयोग्य जमिनसमेत पुरिएको छ । तातोपानीमा आएको बाढीबाट पीडित भएकाको थप राहतसँगै थप जोखिम हुन नदिन खोल्सामा आउने बाढीलाई सहजरुपमा निकास दिने र बस्तीतर्फ उच्च सतर्कता अपनाउनका लागि रोकथामका काम हुनु जरुरी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies