/  Wed, January 23, 2019

झापामा दुई दर्जन भन्दा बढी अस्पताल

काँकडभिट्टा । झापामा हाल साना ठूला गरी २७ वटा अस्पताल सञ्चालनमा छन् । जिल्ला जनस्वास्थ्य कार्यालयको तथ्याङ्कअनुसार यहाँ पाँचदेखि ३०० सम्म शय्या क्षमता भएका अस्पताल सञ्चालन भइरहेका छन् ।

सबैभन्दा बढी शय्या क्षमता भएको बिर्तामोडस्थित बिएन्डसी अस्पताल हो, जसमा ३०० शय्या छ भने सबैभन्दा कम दमकस्थित दुई वटा छालासम्बन्धी उपचार गर्ने अस्पताल डेल्फी स्किन र मेडिपल स्किन अस्पतालमा पाँच–पाँच शय्या रहेको उक्त कार्यालयका सूचना अधिकृत देवराज कार्कीले जानकारी दिए ।

उक्त कार्यालयले २५ शय्या क्षमतासम्मका अस्पतालका लागि अनुमति दिने र त्यसभन्दा माथिको अनुमति स्वास्थ्य विभागबाट नै लिनुपर्ने कानूनी व्यवस्था रहेको उनले बताए ।

विषयगत रुपमा सात वटा अस्पतालमध्ये पाँच वटा आँखा उपचार र दुई वटा छालासम्बन्धी मात्र उपचार गर्ने अस्पताल सञ्चालनमा आएको कार्यालयले जनाएको छ ।

सरकारी तथा निजी गरी ७० वटा स्वास्थ्य संस्था जिल्लामा सञ्चालनमा रहे पनि शय्या क्षमताको समेत अनुमति लिएर अस्पतालका रुपमा सञ्चालन भएको स्वास्थ्य संस्था भने २७ वटा मात्र रहेको उक्त कार्यालयका तथ्याङ्क अधिकृत तोयानाथ दाहालले जानकारी दिए । जिल्लामा अस्पतालबाहेक दर्ता भएका डे केयर सेन्टर र क्लिनिकले पनि सेवा प्रदान गरिरहेका छन् । रासस

जेठ १ गते, २०७५ - १२:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पूर्वराजा ज्ञानेन्द्र शाहसँग ‘ब्रेकफास्ट’ गरेपछि कमल थापाले दिए यस्तो प्रतिक्रिया

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापा र पूर्वराजा ज्ञानेन्द्र शाहबीच...   

कांग्रेस सभापति देउवाविरुद्धको मुद्धा सर्वोच्चद्धारा खारेज

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस पार्टी र सभापति शेरबहादुर देउवाविरूद्ध परेको अदालतको...   
पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

पुल निर्माणको शुरुबाटै अनुगमन गरीन्छ: मन्त्री महासेठ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी दिनमा निर्माण हुने नयाँ पुल...   

नेकपा बैठकः ४१ नेताले बोले, आइतबार ओली-प्रचण्डले जवाफ दिने

काठमाडाैं । शनिबारदेखि जारी सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा नेताहरुले...   

अभद्र व्यवहार गर्ने तीन पक्राउ

सप्तरी । सप्तरीमा ५१ वर्षीया महिलालाई अमानवीय व्यवहार गरेको आरोपमा एक महिलासहित तीन जना पक्राउ परेका...   

संसद् कानून निर्माणमा लागिरहेको छः अध्यक्ष तिमिल्सिना

काठमाडौं । राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिनासँग नेपाल भ्रमणमा रहेको जापानको माथिल्लो सदनका...   

बिना इजाजत भुक्तानी कारोबार गर्नेलाई अर्थमन्त्रीको कडा चेतावनी

काठमाडाैं । अर्थमन्त्री डा.युवराज खतिवडाले इजाजतबिना नै भुक्तानीसम्बन्धी कारोबार गर्ने माथि कडा...   

अन्तर्राष्ट्रियस्तरको प्रदर्शनी केन्द्र बन्छ: मुख्यमन्त्री राई

विराटनगर । प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईले विराटनगरमा अन्तर्राष्ट्रियस्तरको औद्योगिक प्रदर्शनी...   
जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोटमा रक्तस्राव नरोकिएपछि हेलिकप्टर चार्टर गरेर नेपालगञ्ज

जाजरकोट । रक्तस्राव नरोकिएपछि जाजरकोट भेरी नगरपालिका– ३ की प्रतिभा थापाको जहाज चार्टर गरेर उपचारका...   
जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापानको रक्षा बजेट ४७ अर्ब डलर

जापान । सरकारले अर्को आर्थिक वर्षका लागि ४७ अर्ब डलरको प्रतिरक्षा बजेट सार्वजनिक गरेको छ । जापानको...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top