Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

अभिभावकको समर्थनमा प्रधानाध्यापकको पुनर्बहाली

 

काँकडभिट्टा । पाँचदिन अघि विद्यालय सञ्चालकद्वारा मनोमानीपूर्वक हटाइएका मेचीनगर–१३ चारआलीस्थित लिटल एन्जेल्स बोर्डिङ स्कूलका प्रधानाध्यापक राजेश सेढाई अभिभावकको समर्थनमा पुनर्बहाली भएका छन् । एक हजारभन्दा बढी विद्यार्थी रहेको लिटल एन्जेल्सका सञ्चालकले प्रधानाध्यापक सेढाईलाई गत शुक्रबार हटाएका थिए । तर उनलाई हटाइएकोमा विरोध जनाउँदै सयौँ अभिभावकले सोमबार विद्यालयमा तालाबन्दी गरेपछि अभिभावक, विद्यालय सञ्चालक र जनप्रतिनिधिको संयुक्त भेलाले प्रधानाध्यापकको तत्काल पुनर्बहाली गर्ने निर्णय गरेको हो । पुनर्बहाली भएका प्रधानाध्यापक सेढाईलाई अभिभावकले अबीरजात्रा समेत गरेका छन् । लिटल एन्जेल्समा सीके कार्की, सुभाष शेर्पा र मनबहादुर तामाङ सञ्चालक रहेका छन् । प्रधानाध्यापक सेढाईले आफ्ना नानीहरुको पढाइ लेखाइमा अत्यन्त सुधार ल्याएको हुँदा उनलाई नहटाउन माग गर्दै आन्दोलित हुनु परेको अभिभावकसमेत रहेकी मेचीनगर–१३ की रीता परियारले बताए । अभिभावक र विद्यार्थीले मन पराएको प्रधानाध्यापकलाई हटाएर सञ्चालकले गल्ती गरेको स्थानीय रेणुका नेपालले बताए । प्रधानाध्यापक सेढाँई आएपछि लिटल एन्जेल्समा विद्यार्थी संख्या ह्वात्तै बढेको र विद्यालयको भौतिक विकाससमेत भएको अभिभावक कमला भण्डारीको धारणा छ । प्रधानाध्यापक सेढाँईलाई के कारण हटाइएको हो भन्नेबारेमा विद्यालय सञ्चालकले चित्तबुझ्दो जवाफ दिन सकेका छैनन् । केही दिन अघि स्थानीय एक मिडियामा “प्रधानाध्यापक सेढाईले विद्यार्थी र शिक्षकलाई यातना दिने गरेको” भन्ने समाचार आएको थियो । तर त्यो समाचार गलत र सञ्चालकको स्वार्थका लागि आएको अभिभावक बताउँछन् । सञ्चालकबाट पीडित बनेका प्रधानाध्यापक सेढाँई न्याय खोज्दै मेचीनगर–१३ को वडापालिका समेत पुग्नुभएको थियो । उनले वडा कार्यालयमा आफूलाई न्याय दिलाइदिन माग गरेको वडाध्यक्ष कृष्ण सिग्देलले बताए । वडा कार्यालयले विवाद मिलाउन सोमबार बिहानैदेखि सञ्चालक र अभिभावकका प्रतिनिधिलाई राखेर छलफल चलाएको थियो । राजनीतिक अगुवासमेत रहेको छलफलबाट प्रधानाध्यापकलाई तत्कालै पुनर्बहाली गर्ने निर्णय भएको मेचीनगर नगरपालिकाकी नगर कार्यपालिका सदस्य निरु परियारले बताए । छलफलमा वडाध्यक्ष कृष्ण सिग्देल, नगर कार्यपालिका सदस्य निरु परियार, विद्यालयका पूर्व अध्यक्षहरु पुष्पराज कार्की, सन्तोष न्यौपानेलगायतको उपस्थिति थियो । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies