Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रदेश ३ को राजधानीका लागि तीन जिल्लामा सम्भाव्यता अध्ययन शुरु, यसरी तोकिने छ राजधानी

 

काठमाडौं । प्रदेश नं ३ को राजधानी निर्धारणका लागि सम्भाबना अध्ययन शुरु भएको छ । काठमाडौँ उपत्यकालगायत १३ जिल्ला रहेको यस प्रदेशका जनताको आय, उपलब्ध साधन तथा स्रोत, विकास, निर्माण र प्रशासनिक सुगमतालाई दृष्टिगत गरेरमात्र यस प्रदेशको राजधानी तोकिने छ । राजधानी सम्भाव्यता अध्ययन विशेष समितिको सचिवालयमा अहिलेसम्म नुवाकोटको विदुर, भक्तपुरको बोडे, काभ्रेपलाञ्चोकको बनेपामा राजधानी हुनुपर्ने प्रस्ताव आएकाले तीनवटै जिल्लाका शहरमा संभाब्यता अध्ययन शुरु गरिएको हो । मुलुकमा राजनीतिक परिवर्तन भएपछि तीनवटै तहलाई अधिकार सम्पन्न्न बनाउन स्थानीय तहदेखि नै विभिन्न दलका नेताले समन्वय गरिरहेको प्रदेशसभा सदस्य वसन्त मानन्धरले जानकारी दिए । देशमा प्रादेशिक तह गठन भएपछि विभिन्न प्रदेशले आ–आफ्नो प्रदेशको राजधानी तोक्ने तथा राजधानीको सम्भाव्यता अध्ययनका लागि विशेष समिति गठन गरिरहेका छन् । यस प्रदेशमा पर्ने विभिन्न १३ जिल्लाबाट प्रतिनिधित्व गर्ने सबै दललाई समेटेर सम्भबना अध्ययनका लागि यही वैशाख १४ गते समिति गठन गरिएको थियो । हालको अस्थायी मुकाम मकवानपुरस्थित हेटौँडालाई नै राजधानी बनाउन त्यहाँका स्थानीयवासीले पहल गरिरहेका छन् । विभिन्न दलबाट प्रतिनिधित्व गर्ने नेताहरुले छलफल गरी करीब डेढ महिनाको समयावधिमा ल्याउने परिणामलाई समितिले प्रदेशसभामा पठाउने छ । सर्वसम्मत भएमा उक्त सभाले त्यसलाई अनुमोदन गर्ने तर विवाद भएमा दुई तिहाइ बहुमतबाट निर्णय लिइनेछ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies