Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

तोली स्वास्थ्य चौकीमा स्वास्थ्यकर्मी र सिटामोलसमेत छैन

 

बाजुरा । बाजुराको त्रिवेणी नगरपालिकास्थित तोली स्वास्थ्य चौकीको सेवा अस्तव्यस्त छ । स्वास्थ्यकर्मी र औषधिको अभाव हुँदा संस्थाले दिने सेवा अस्तव्यस्त अवस्थामा पुगेको स्थानीयवासीले गुनासो गरेका हुन् । सात जनाको दरबन्दी रहेको हाल स्वास्थ्य चौकीमा एकजना अनमी देवकी गौमतमात्र कार्यरत छन् । स्वास्थ्य चौकीमा कार्यरत कर्मचारी कोही बिदामा र कोही दरबन्दी मिलान गरेर अर्को ठाउँमा गएपछि स्वास्थ्य सेवा प्रभावित बनेको अनमी गौतमले जानकारी दिए । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिका केन्द्रको १० मिनेटको दूरीमा छ । स्वास्थ्यकर्मी नहुँदा उपचारसहित प्रसुति सेवासमेत प्रभावित भएकोे छ । बिहान बेलुका एकैजनाले सेवा दिन नसकिने हुँदा सर्वसाधारणले सास्ती भोग्नुपरेको उनले बताए । स्वास्थ्य चौकीमा दैनिक २५ जनाभन्दा बढी बिरामी उपचारका लागि आउने गरेका छन् तर स्वास्थ्यकर्मी नहुँदा सेवा नपाएर घर फर्किनु पर्ने बाध्यता रहेको स्थानीय वीरेन्द्रबहादुर साउदले गुनासो गरे । स्वास्थ्य चौकीमा कर्मचारीसँगै औषधि पनि अभाव छ गर्मीका बेला पखालाको संक्रमण बढ्ने हुँदा यहाँ सलाइनलगायतका सामान्य औषधि पनि अभाब छ । स्वास्थ्य चौकी त्रिवेणी नगरपालिकाको स्वामित्वमा छ । तर नगरपालिका स्वास्थ्य सेवाबारे नगरपालिका बेखबर बनेको छ । औषधि गएको वर्ष मंसिरदेखि कमी भए पनि चरम अभाव चैतदेखि भएको बताइएको छ । स्वास्थ्य चौकीमा दुईजना अहेब, दुईजना अनमी, दुईजना कार्यालय सहयोगी कार्यरत छन् तर प्रायः सबैजना स्वास्थ्य चौकीमा उपस्थित हुने गरेका छैनन् । हेल्थ असिस्टेन्ट पद पनि रिक्त छ । स्वास्थ्य चौकीका इन्चार्ज वीरबहादुर अयडी उक्त नगरपालिकाको निमित्त प्रमुख प्रशासकीय अधिकृत भएर आएपछि कार्यालय प्रमुखविहीन बनेको छ । कार्यालयको अस्तव्यस्तताका कारण संस्थागत सुत्केरी गराएबापत पाउने सुत्केरी भत्तासमेत सुत्केरीले नपाएको गुनासो आउन थालेको छ । सुत्केरी अवस्थामै सुरक्षा र आवश्यक पोषणका लागि पाउनुपर्ने भत्ता नै उधारो हुँदा सुत्केरी असन्तुष्ट बनेका छन् । संस्थामा सुत्केरी गराएबापत एक हजार ५०० र चार पटकसम्म नियमित गर्भजाँच गराएबापत थप पारिश्रमिक दिने व्यवस्था छ । कार्यालय सहयोगीले डेढ वर्षदेखि भ्याक्सिन ढुवानीबापतको रकमसमेत नपाएको गुनासो गरेका छन् । नगरपालिकाले भने यसबारे कुनै चासो नदिएको र तीन हप्तादेखि आर्थिक कारोबार बन्द गरेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies