/  Tue, August 21, 2018

पोखरा अाएर गृहमन्त्री बादलको खुलासाः अब यस्तो ‘एक्सन लिँदैछु’

पोखरा । गृहमन्त्री रामबहादुर थापा बादलले नेपाल बन्दलगायत ध्वंसात्मक काम गर्ने, संविधान र कानुन विपरीत काम काम गर्नेलाई निस्तेज पार्ने (पूर्णत समाप्त पार्न) कठोर कदम चाल्ने बताएका छन् । प्रेस सेन्टर कास्कीको पत्रकार भेटमा बादलले भने ‘विप्लव माओवादीप्रति संकेत गर्दै उनले भने, ‘कठोरतापूर्वका संविधान र कानुनको दायरामा ल्याउने छौं ।’

देशको अर्थतन्त्र माफिया, ठेकेदार, तस्कर र एकाधिकार (सिन्डीकेट)वालाको हातमा रहेकाले सुशासन, विकास, समृद्धि र शान्ति सुरक्षा कमजोर हुनपुगेको बताएका छन् । देशको विकासको लागि यस्ता प्रवृत्तिको अन्त्य अपरिहार्य भएको भन्दै उनले सरकारले आवश्यक कदम चालेको दाबी गरे ।

‘राजस्व छलि गर्नेको हातमा देशको अर्थतन्त्र छ । बेथिति, अनियमितता, सबै क्षेत्रको तस्करी, कालोबजारी, लागुऔषधको पूर्ण नियन्त्रण र मदिराको व्यवस्थापन नभएसम्म विकास, समृद्धि र शान्ति सुरक्षा पनि हुन सक्दैन,’ उनले भने, ‘सरकार यस्ता गलत प्रवृत्तिको अन्त्यका लागि दृढतापूर्वक लागेको छ ।’

विकास र समृद्धिको एउटा आधार सुशासन, शान्ति र स्थायित्वलाई महत्व दिएर सरकार अघि बढेको उनको भनाई थियो ।

ट्याक्सी, ट्रकलगायत यातयात र अन्य क्षेत्रमा विद्यमान सिन्डीकेट अन्त्य गर्ने अभियानमा सरकार लागेको उनले दोहोर्‍याए । विकास, समृद्धि, शान्ति, स्थायित्व, सुशासनलाई स्थापित गर्न भ्रष्टचारलाई जरैदेखि उखेलेर फाल्नुपर्ने र सिन्डीकेटलाई पूर्णरुपमा समाप्त गर्न जरुरी रहेको उनले बताए ।

‘यातयात, कृषि, उद्योग, स्वास्थ्यलगायत क्षेत्रमा रहेको एकाधिकारलाई उखेल्न सरकार प्रतिवद्ध छ’ उनले भने, ‘आर्थिक प्रगतिलाई रोक्ने यिनै तत्व हुन । धेरै टाट पल्टने मुठिभर फस्टाउने चलनको अन्त्य आवश्यक छ ।’ खारेज गरिसकेको यातायातमा सिन्डीकेटवाला संस्थाको खातामा रहेको पैसा अवैध भएकाले त्यो सरकारको हुने उनले बताए । यसकालागि एउटा कार्यदल बनेको र त्यसको सिफारीश अनुसार उक्त रकम प्रयोग गर्ने उनको भनाई थियो ।

देशमा गुन्डाराजको अन्त्यका लागि गुन्डाको ब्ल्याक लिस्ट तयार भएको भन्दै उलने गुन्डाको ‘सफाया’ गरिने बताए ।

देशको आवस्यकता र जनताको जनादेश बिकास र समृद्धि रहेको उनले बताए । सुशासन अभावमा देश पछि परेको उनको टिप्पणी थियो । आगामी बजेटबाट विकासको योजना ल्याउने तयारी भइरहेको उनले बताए । विकासको लागि स्थायित्व र स्थायित्वका लागि पार्टी एकता अहिलेको अपरिहार्यता रहेकाले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता हुन लागेको उनले बताए । ‘पार्टी एकता अन्तिम चरणमा पुगेको छ । वैचारिक, राजनैतिक र सांगठतिक आधार तयार भएका छन,’ उनले भने ।

एक फरक प्रसंगमा गृहमन्त्री थापाले मुलुकमा जाति, धर्म, क्षेत्रको नाममा अस्थिरता ल्याउने तत्वलाई नियन्त्रण र निस्तेज गर्न सरकार प्रतिवद्ध रहेको बताए । यसका लागि काम अघि बढाईसकिएको उनको भनाई थियो ।

बैशाख ३१ गते, २०७५ - १२:०४ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कांग्रेसले भन्यो-प्रदेशसभामा प्रमले सम्बोधन गर्ने चलन छैन्

धनुषा । प्रदेश नं २ को मुख्य विपक्षी दल नेपाली काँग्रेसले प्रदेशसभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने...   
चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

चिनियाँ ऋणमा बन्न लागेका ३ मेगाप्रोजेक्ट रद्द गर्ने घोषणा

काठमाडौं । चीनको पाँच दिन लामो भ्रमणमा रहेका मलेसियाका प्रधानमन्त्री मोहम्मद महाथिरले चिनियाँ ऋणमा...   

तीन दिनदेखि लगातार ओरालो यात्रामा शेयर

काठमाडौं । तीन दिनदेखि निरन्तर ओरालो लागेको शेयर बजारमा आज पनि घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार...   

काठमाडौं महानगरले १० प्रतिशत बहाल कर उठाउने

काठमाडौं । काठमाडौँ महानगरपालिकाले चालु आर्थिक वर्षमा १० प्रतिशत बहाल कर उठाउने भएको छ । गत आर्थिक...   
प्रतिनिधिसभा बैठक LIVE

प्रतिनिधिसभा बैठक LIVE

काठमाडाैं । प्रतिनिधिसभाको बैठक शुरू भएको छ । बैठकको लाइभ हेर्नुहोस् ।    

कुकुरले बलात्कारीलाई टोकेपछि…

भारतको मध्य प्रदेशको सागर क्षेत्रमा बालिका बलात्कार गर्दै गरेका युवकलाई कुकुरले टोकेपछि बालिका उम्कन...   

सिंगापुर पुगेका देउवा सुटुक्क भारत पुगेपछि…

काठमाडाैं । पूर्वप्रधानमन्त्री तथा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा...   
बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

बोल्टको म्यान्चेस्टर युनाइटेड सपना साकार होला ?

अस्ट्रेलिया । विश्वकै सर्वाधिक तिब्र गतिका धाबक उसैन बोल्टको म्यान्चेस्टर युनाइटेडबाट फूटबल खेल्ने...   
इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

इमरानको घोषणाः सरकारी निवासमा नबस्ने, प्रधानमन्त्रीको गाडी लिलामी गर्ने

पाकिस्तानका नवनियुक्त प्रधानमन्त्री इमरान खान सरकारी निवासमा नबस्ने भएका छन् । राष्ट्रका नाममा सम्बोधन...   
बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

बुधबार सार्वजनिक विदा दिने मन्त्रीपरिषद् निर्णय

विराटनगर । प्रदेश नम्बर १ को सरकारले बुधबार सार्वजनिक विदा दिएको छ । मंगलबार बसेको प्रदेश मन्त्रिपरिषद्...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top