Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

यौनसन्तुष्टिका लागि यी टिप्स अपनाउनुहोस्

म २७ वर्षीया विवाहित महिला हुँ । हाम्रो एउटा बच्चा छ । म यौन सम्पर्कका बेला चरम आनन्द प्राप्त गरेको महसुस गर्दिनँ । चिन्ता धेरै लिने मानिसले यौन आनन्द लिन सक्दैनन् भन्ने सुनेको छु । चरम यौन सन्तुष्टिका लागि के गर्नुपर्ला ? एसकुमार अग्र्याजम या चरम सुख या चरमोत्कर्ष भनेको सम्भोग गर्दा प्राप्त हुने तीव्र र आनन्ददायी शारीरिक सुख हो । हस्तमैथुनद्वारा पनि चरमसुख प्राप्त गर्न सकिन्छ । हरेक व्यक्तिको अग्र्याजमको अनुभूति फरक हुन्छ । मनका थुप्रै भावना वर्णन गर्न नसकिए जस्तै अग्र्याजमलाई पनि यही हो भनेर वर्णन गर्न सकिन्न । पुरुष वीर्य स्खलन हुँदा चरमोत्कर्षमा पुग्छन् । तर, महिलाको चरमसुख अलिक जटिल प्रकृतिको हुन्छ । चरमोत्कर्षमा पुग्दा मुटु जोडजोडले चल्छ अर्थात् यसको गति दु्रत हुन्छ । श्वासप्रश्वासको गति पनि द्रुत हुन्छ । महिलाको चरमसुख पुरुषको भन्दा पृथक र जटिल हुन्छ । योनीका मांसपेशीहरूमा खिचाव आउँदा महिलालाई चरमसुखको अनुभूति हुन्छ । तर, हरेक सेक्समा महिलाले चरमसुख प्राप्त गर्छिन् भन्ने हुँदैन । महिलाको चरमसुख उनको पुरुष साथीको यौन दक्षता र आफ्नो शारीरिक र मानसिक अवस्थामा निर्भर गर्छ । भनिन्छ, २० देखि २५ प्रतिशत महिलाले मात्रै चरम सुख प्राप्त गर्छन् । सम्भोग गर्दा महिलाको योनीका ‘क्लिटोरिस’ र ‘जी स्पट’ उत्तेजित भए भने महिलाले चरमसुख प्राप्त गर्छिन् । यौनसम्बन्धी ज्ञानको कमी र खुलेर कुरा गर्न नसक्नुले धेरै महिला चरम सुखबाट वञ्चित हुन्छन् । केहीलाई त जिन्दगीभरि अग्र्याजमको स्वादै थाहा हुँदैन । मधुमेहका रोगी, मानसिक रोगी, हाइपर टेन्सनको औषधि सेवन गरिरहेकाहरू, ‘साइकोजेनिक’, अत्यधिक मद्यपान गर्नेहरू र लागुऔषध सेवन गर्नेहरूको यौन जीवन गतिलो हुँदैन । डिप्रेसनमा गएको व्यक्तिको सेक्स लाइफ पनि लथालिङ हुन्छ । अनावश्यक चिन्ताले पनि यौन जीवन दिन प्रतिदिन बिगारिरहेको हुन्छ । डिप्रेसन महिला–पुरुष दुवैमा सेक्स समस्या पैदा गर्ने एक प्रमुख कारण हो । डिप्रेसनबाट पीडित अधिकांश स्त्री–पुरुष दुवैलाई सेक्सप्रति रुचि हु“दैन । डिप्रेसनले यौन इच्छामा कमी ल्याउनुका साथसाथै यौन प्रक्रियामा समेत असर गर्ने गर्छ । डिप्रेस्ड महिलामा यौन इच्छामा कमी तथा चरमोत्कर्षमा समस्या देखा पर्न सक्छ भने डिप्रेस्ड पुरुषमा यौन इच्छा तथा यौन क्षमतामा कमी आउन सक्छ । डिप्रेसनका कारण लिंगमा कडापना नआउने तथा शीघ्र पतनको समस्या पनि देखा पर्न सक्छ । यस्ता समस्याले डिप्रेसन झन् बढ्ने गर्छ । सेक्स समस्याबाट पीडित व्यक्तिले कतै आफू डिप्रेसनबाट पीडित त छैन भन्ने कुराप्रति ध्यान दिनु पर्ने हुन्छ । डिप्रेसनमा गएकाहरूको उत्साहहीनता र ऊर्जाहीनताका कारण शारीरिक क्षमतामा पनि कमी आउँछ र सेक्स प्रक्रियामा अवरोध देखा पर्छ । सेक्स प्रक्रियामा कठिनाइ, नकारात्मक विचार तथा अनावश्यक शंका–उपशंकाका कारण पतिपत्नीको सम्बन्ध नै धरापमा पर्न सक्छ । परिवार नै भताभुंग हुन सक्छ । डिप्रेसन जटिल बन्यो भने सेक्स लाइफ मात्र होइन, सिंगो जिन्दगी बर्बाद हुनसक्छ । त्यसैले धेरै चिन्ता लिने र यौन सन्तुष्टि भएन भनेर थप चिन्ता बढाउने गर्नेले समस्या झनै जटिल बन्दै जान्छ । यौन सन्तुष्टिका लागि मानसिक रूपमा सन्तुष्ट हुने अवस्था सिर्जना गर्नुपर्छ । पार्टनर, परिवेश, ‘फोरप्ले’लगायत पक्षमा ध्यान दिन सके यौन पार्टनरलाई पूर्ण सन्तुष्टि दिन सकिन्छ । डा. सुबोधकुमार पोखरेल एजेन्सीको सहयोगबाट
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies