Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

सेना पीडित महिलाले अझै न्याय पाएनन्, अवैध सम्बन्धबाट जन्मिएका बच्चाको बिजोग

चितवन । चितवन राष्ट्रिय निकुञ्जको सुरक्षार्थ खटिएका सेनाको प्रलोभनमा परी अवैध सम्बन्धबाट जन्मिएका बालबालिका र तीनका आमाले अझै न्याय पाउन सकेका छैनन् । निकुञ्ज आसपासमा बसोबास गर्ने न्यून वर्गका समुदायका महिला यसबाट पीडित बनेका हुन् । उनीहरुको न्यायका लागि लड्दै आएको मध्यवर्ती क्षेत्र जनअधिकार महासंघ नेपालका केन्द्रीय अध्यक्ष छविलाल न्यौपानेका अनुसार पीडित ११६ जना महिलामध्ये २७ जनाको श्रीमान् पहिचान गरी कानूनी न्याय दिलाइएको छ । तीनका ३४ जना सन्तान रहेका छन् । बाँकी ८९ जना आमा र तीनका १४० छोराछोरीले अझै न्याय पाउन नसकेको उनले बताए । महासंघको अगुवाइमा नेपाली सेनाको मध्यपृतना हेटौँडामा निवेदन दिएका ५७ जनामध्ये २७ जनाले कानूनी न्याय पाई नागरिकता बनाउने, उपचार र पढाइको सुविधा पाएको न्यौपानेले बताए । नेपाली सेनाले विसं २०६८ मा महासेनानीको नेतृत्वमा छानबिन समिति समेत गठन गरी न्याय दिलाउनका लागि पहल थालेको थियो । तर पीडित भनिएका महिलाले आफूले सन्तान जन्माउँदा सम्बन्ध राखेको सेनाको पहिचान गर्न नसक्दा न्याय दिलाउन असहज बनेको न्यौपानेले बताए । निकुञ्जमा घाँस, दाउरा तथा निउरो टिप्न जाँदा सुरक्षामा खटिएका सेनासँग सम्बन्ध हुने र कतिपयले उनीहरुलाई विवाहको प्रलोभनमा पारेर शारीरिक सम्पर्क गर्ने गरेको पीडितको भनाइ छ । तीनै सम्पर्कबाट बच्चा जन्मने र केही समयसँगै बसेर सेनाले छाडेपछि उनीहरु बिचल्लीमा पर्ने गरेको देखिएको छ । पीडितको भनाइअनुसार दुई तीन महिनादेखि छ वर्षसम्म सँगै बस्ने र त्यसपछि सम्पर्कविहीन हुँदा उनीहरुबाट जन्मिएका सन्तान र आमाको बिचल्ली हुँदै आएको पाइन्छ । एक पीडितका अनुसार कतिपय महिलाको त जबर्जस्ती करणीबाट सन्तान जन्मिएको र न्याय पाउन नसकेको पनि उदाहरण रहेका छन् । न्यौपानेका अनुसार मेघौलीकी एक महिलाको चारजना सैनिकसंगको सम्पर्कबाट छजना बच्चा जन्मिएका छन् भने अर्को एक महिलाको तीनजना सैनिकसँगको सम्पर्कबाट सातजना बच्चा जन्मिएका छन् । ती बच्चा हुर्किइसकेका छन् तर बाबुको पत्तो लाग्न सकेको छैन । यसरी जन्मिएका बच्चा ९ वर्ष देखि २३ वर्षसम्म पुगेका न्यौपानेले बताए । उनले भने “कतिपयको त बच्चाले पनि हुर्किएर विवाह गरी सन्तान जन्माइसकेका छन् तर बाबुको टुंगो लाग्न सकेको छैन ।” एउटै सैनिकबाट तीनजनासम्म सन्तान जन्मिएका पनि छन् । तर ती सैनिक कहाँ छन् भन्ने पत्तो लाग्न सकेको छैन । पीडित महिलामध्ये २१ जना विदेश गएको र अन्य माइती र आसपासका क्षेत्रमा ज्याला मजदूरी गरी परिवार पालिरहेको पाइएको छ । निकुञ्ज आसपासको हालको भरतपुर महानगरपालिकाको वडा नम्बर २२ देखि २८ सम्म र माडी नगरपालिकाका महिला पीडित भएका हुन् । न्यौपानेका अनुसार पीडित हुनेमा जनजाति समुदायका ८६ जना रहेका छन् भने दलितका १४ र अन्य जातिका १६ जना रहेका छन् । जगतपुरकी एक पीडित महिलाले भनिन् “आफू घाँस दाउरा गर्न जाँदा सम्पर्क बढेसँगै एक बच्चा भयो । पछि बच्चाका बाबु अर्को ठाउँमा सरुवा भएसँगै सम्पर्कविहीन भए । पछि मैले कानूनी न्याय पाएँ र अहिले नागरिकता बन्यो ।” माडी बगईकी एक महिलाका दुई सन्तान छन् । निकुञ्ज सुरक्षार्थ खटिएको सेनाकै संसर्गबाट ती बच्चा जन्मिएका हुन् । नाम नबताउने शर्तमा उनले भनिन् “विवाह गर्ने भनेर सम्पर्क भएको हो । सँगै पनि बस्यौँ । पछि उनी पनि सरुवा भए र बेवास्ता गरे । ” अहिले ती महिलाले पनि कानूनी न्याय पाएकी छिन् । बच्चाको जन्म दर्ता भई नागरिकता बनेको छ । कानूनी न्याय पाउन नसकेका अन्यले न त नागरिकता नै पाउन सकेका छन् न त बाबु कोहो भन्ने पहिचान नै गर्न सकेका छन् । निकुञ्जमा विसं २०३४ देखि सुरक्षाका लागि नेपाली सेना खटेको हो । त्यसअघि गैँडा गस्तीमार्फत वनको सुरक्षा गरिन्थ्यो । पछिल्लो समय निकुञ्ज सुरक्षामा खटिएका सेनालाई विशेष निगरानी राखेपछि यस्ता घटना नभएको बताइएको छ । महासंघले पीडितलाई न्याय तथा सहयोग जुटाउँदै यस्ता खालका समस्या आउन नदिन जनचेतना जगाउने काम पनि गर्दै आएको जनाएको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies