/  Wed, October 17, 2018

दार्चुला जिल्ला खुला दिसामुक्त घोषणा

दार्चुला । ‘दार्चुला जिल्लाको पहिचान, अग्रगामी सरसफाइ अभियान’ भन्ने मूलनाराका साथ दार्चुला जिल्लालाई प्रदेश नम्बर ७ को आठाँै तथा देशकै ५२ औँ जिल्लाको रुपमा मंगलबार एक भव्य समारोहका बीच प्रदेश नम्बर ७ का मुख्यमन्त्री त्रिलोचन भट्टको प्रमुख आतिथ्यतामा खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्ला खानेपानी तथा सरसफाइ स्वच्छता समन्वय समितिको आयोजनामा जिल्ला सदरमुकाममा रहेको खुलामञ्चमा भएको एक भव्य समारोहका बीच जिल्ला समन्वय समितिका प्रमुख करवीरसिंह कार्कीले प्रतिबद्धता वाचन गर्दै जिल्ला खुला दिशामुक्त भएको घोषणा गरेका हुन् ।

जिल्लाभरि रहेका कूल २६ हजार २६ घरधुरीमा तथा सार्वजनिकस्थलमा शौचालय निर्माण भई प्रयोगमा आएसँगै जिल्लालाई मंगलबार खुला दिसामुक्त घोषणा गरिएको हो । दार्चुला जिल्लालाई सन् २०१६ मै खुला दिसामुक्त घोषणा गर्ने लक्ष्य लिएको भएपनि लक्ष्य प्राप्ति हुन नसकेपछि सन् २०१८ मा आएर खुला दिसामुक्त घोषणा गरिएको छ ।

जिल्लालाई खुला दिसामुक्त घोषणा गर्ने अभिप्रायका साथ २०६६ साल असोज ५ गते साविकको धारी गाविसलाई खुला दिसामुक्त घोषणा गरिएको थियो भने महाकाली नगरपालिकालाई २०७४ साल माघ १५ गते खुला दिसामुक्त घोषणा गरी जिल्लालाई नै खुला दिसामुक्त घोषणा गर्ने तयारी थालिएको थियो ।

जिल्लामा सरसफाइको पहुँचको अवस्था शतप्रतिशत रहेको छ । जिल्लामा ९७ प्रतिशत सुधारिएका शौचालय रहेका छन्, भने तीन प्रतिशत शौचालय कच्ची अवस्थामा रहेका छन् । २०६८ सालमा जिल्लामा सरसफाइको अवस्था १४ प्रतिशत रहेकोमा हाल १०० प्रतिशत रहेको छ ।

जिल्लालाई खुला दिसामुक्त गर्ने अभियानमा आर्थिक वर्ष २०६८÷६९ देखि हालसम्म रु १२ करोड ४१ लाख १८ हजार खर्च भएको जिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन प्रमुख प्रकाशबहादुर रावलले जानकारी दिए ।

जिल्ला खुला दिसामुक्त कार्यक्रममा सुदूरपश्चिमका चर्चित गायक भोजराज भट्ट, सुरेश शाही, दीपा रोकाया, रेखा जोशी, पुष्पा बोहरा र गौरी भट्टले प्रस्तुति राख्नुका साथै लेकमको हुडकेउली नाच, दुहुँको सरौ नाच तथा व्याँसी सौकाको झाँकी प्रदर्शन गरिएका थिए । रासस

बैशाख २६ गते, २०७५ - ०९:१० मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

आगलागीबाट चार लाखको क्षति

रुकुम , पश्चिम । पश्चिम रुकुमको बाँफिकोट गाउँपालिका–१० फेरा झुलाको एक घरमा आगलागी भएको छ । स्थानीय...   

रिक्सामा सवार आठ जनाको मृत्यु

इस्लामाबाद । पाकिस्तानको सिन्ध प्रान्तमा रेलले रिक्सालाई ठक्कर दिँदा कम्तीमा आठ जना मारिनुका साथै...   

दसैंमा मासु : थोरै खाए प्रोटिन, धेरै खाए दुर्दिन

काठमाडौं । दसैंको बेला मासुका परिकार खाँदा ख्याल गर्नुहोस् । सन्तुलन मिलाएर मासु खाँदा शरीरलाई प्रोटिन...   

इमान्दारीपूर्वक काम गरे समाजले विश्वास गर्छः खनाल

चितवन । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कानूनले दिएको अधिकार प्रयोग गरेर काम गर्न मातहतका प्रहरीलाई...   
रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

रुसमा खुल्यो ‘रोबोट’ वेश्यालय, यस्ता यस्ता काममा खप्पिस छन् यी ‘खेलौना’

मस्को । रुसको राजधानीमा एउटा रोबोट वेश्यालय खुले को छ, यहाँ रोबोटलाई सेक्स डलको रूपमा सेवाका लागि राखिएको...   

बेनि नाकाबाट मात्रै १७ हजार भेडाच्याङ्ग्रा निकासी

बेनी । दशैँलाई लक्षित गरी यहाँबाट करिब १७ हजार भेँडाच्याङ्ग्रा निकासी भएको छ । मुस्ताङ, डोल्पा, मुगु,...   

सुन तस्करीका मुख्य अभियुक्त दुबईमा पक्राउ, गोरेका भाई रमेशलाई पनि ल्याइँदै

काठमाडौ । ३८ क्वीन्टल सुन तस्करी तथा सनम शाक्य हत्या मुद्दाका एक मुख्य अभियुक्त बेनु श्रेष्ठलाई नेपाल...   

यो वर्ष लोकसेवाले असोज अन्तिम साता विज्ञापन ननिकाल्ने

काठमाडौं । लोकसेवा आयोगले कर्मचारी रिक्त दरबन्दी पूर्तीका लागि असोज अन्तिम साता नियमित विज्ञापन ननिकाल्ने...   

नेपाली क्रिकेट निलम्बन मुक्त हुने सम्भावना बढ्यो

काठमाडौं । निर्वाचित क्यानले सर्वोच्च अदालतमा लामो समयदेखि विचाराधिन रहेको मुद्दा फिर्ता लिने प्रक्रिया...   
एम्बाप्पेको नयाँ रेकर्ड- १३ मिनेटमा ४ गोल

एम्बाप्पेको नयाँ रेकर्ड- १३ मिनेटमा ४ गोल

काठमाडौं । बहुचर्चित युवा खेलाडी किलियन उम्बाप्पेले एकै खेलको १३ मिनेटमा ४ गोल गरेर नयाँ रेकर्ड बनाएका...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top