Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

धावन मार्ग पर्याप्त नहुँदा विमान अवतरण गराउन समस्या

चितवन । भरतपुर विमानस्थलको धावन मार्ग पर्याप्त नहुँदा ठूला विमान अवतरण गराउन समस्या भएको छ । विसं २०१८ मा निर्माण गरिएको विमानस्थलमा यात्रुको चाप बढ्दै गएको छ । विमानस्थलको विस्तार हुन नसक्दा समस्या भएको छ । यात्रुको चाप बढ्दै जाँदा धावनमार्गका कारण विमान कम्पनीले ठूला विमान यहाँ अवतरण गर्न सकेका छैनन् । थोरै यात्रु क्षमताका विमानमा यात्रा गर्नुपर्दा यात्रीले महँगो भाडा तिर्नु परेको छ । उनीहरुले समयमा टिकट नपाउने समस्या समेत झेल्दै आएका छन् । धावन मार्गको पूर्वतर्फ मापदण्ड विपरीतका संरचना निर्माण भएका कारण हाल रहेको धावनमार्गको पूरै प्रयोग गर्न विमान चालकले सकिरहेका छैनन् । एक हजार २०० मिटर लामो धावनमार्गमा एक हजार मिटरमात्रै प्रयोग गर्नुपर्ने बाध्यता रहेको चालकले बताएका छन् । यति एयरलाइन्स भरतपुरका प्रबन्धक राजेश सिंह कम्पनीको ३० सिट क्षमताको जेटस्टिम विमानले धावन मार्ग छोटो भएका कारण २३ जनासम्म यात्रु बोक्दै आएको बताउछन् । अहिले प्रयोग भइरहेको धावन मार्गको अवतरण क्षेत्रमा बनाइएका संरचनाका कारण पूरै धावन मार्गको प्रयोग हुन नसक्दा समस्या भएको उहाँको भनाइ छ । “विमान कम्पनीलाई नोक्सान हुँदै आएको छ । साना विमानमा थोरै यात्रु बोक्नु पर्दा धेरै उडान गर्नुपर्ने बाध्यता छ,” उनले भने । बुद्ध एयरलाइन्स भरतपुरका प्रबन्धक भक्त बस्नेतले धावन मार्ग छोटो हुनु र विमान अवतरण क्षेत्रमा मापदण्ड विपरीतका संरचनाका कारण क्षमताअनुसारको यात्रु बोक्न समस्या हुने गरेको बताए । “उच्च तापक्रम र पर्याप्त धावन मार्गको अभावमा क्षमताअनुसारको यात्रु बोक्न कठिन भएको छ,” उनले भने । बुद्ध एयरलाइन्सले ४७ सिट क्षमताको एटिआर ४२ मार्फत उडान गर्दै आएको छ । ठूला जहाज अवतरण नहुँदा एक दिनमा ११ वटासम्म उडान गर्नुपर्ने बाध्यता रहेको बस्नेतको भनाइ छ । ठूला जहाज अवतरण गर्न सकिएमा थोरै उडानले सस्तो भाडादरमा सेवा दिन सकिने उनले बताए । काठमाडौँबाट ५० नटिकल माइल दूरीमा रहेको भरतपुर विमानस्थलमा उडान भर्दा यात्रुले रु तीन हजार ६०० भाडा तिर्न बाध्य छन् । बढ्दो शहरीकरण, हवाईचापमा वृद्धि र पर्याप्त जग्गाको अभावका कारण विमानस्थल साँघुरो बन्दै गएको भरतपुर विमानस्थल कार्यालयका प्रमुख पवनकुमार गौतमले बताए । विसं २०१५ देखि सेवा शुरु गरिए पनि विधिवत् रुपमा २०१८ सालमा तत्कालीन हवाई सेवा विभागअन्तर्गत भरतपुर हवाई कार्यालय स्थापना भएको हो । विमानस्थल साँघुरो बन्दै गएपछि क्षेत्र बढाउन प्रयास भएपनि विस्तारका लागि प्रभावकारी पहल हुन सकेको छैन । विमानस्थल नजिकै नेपाली सेनाको घोडा फार्म रहेको क्षेत्रको माग गरिएपनि सेनाले अनुमति नदिएको गौतमको भनाइ छ । विसं २०७२ मा सेनासँग जग्गा माग गर्दै पत्र पठाएपनि दिन नसक्ने जानकारी गराएको उनले बताए । विमानस्थलको क्षेत्र बढाउन सेनाको घोडा प्रजनन केन्द्र रहेको ब्यारेक उपयुक्त मानिएको छ । सेनाले शहरबाट २५ किलोमिटर टाढा विमानस्थल राख्न सके राम्रो हुने तर्क राख्दै आफूले प्रयोग गर्दै आएको जमिन दिन नसक्ने जवाफ दिएको गौतमले बताए । सेनासँग सो ठाउँमा करीब २३ बिगाहा जमिन छ । सेनाले ठाउँ दिएमा ४०० मिटर धावन मार्ग विस्तार गर्न सकिने गौतम बताउनुहुन्छ । धावन मार्ग विस्तारपछि ७५ सिट क्षमताका विमान अवतरण गराउन सकिने छ । भरतपुर विमानस्थलबाट एकतर्फी रुपमा दैनिक औसतमा ५०० यात्रुले यात्रा गर्दै आएका छन । बुद्ध एयर, यति एयर र सिम्रिक एयरले नियमित उडान भर्दै आएका छन् । यतिको जेट स्ट्रिम र बुद्ध एयरको बीचक्राफ्ट, एटिआर–४२ जस्ता आधुनिक विमानले उडान भर्ने गरेको विमानस्थलका प्रबन्धक गौतमले बताए । बैसट्ठी बिगाहा क्षेत्रफलमा रहेको उक्त विमानस्थल वरपर मापदण्डविपरीत अग्ला घर हुनु र क्षेत्र विस्तारका लागि पर्याप्त जग्गा नभएकाले समस्या बढ्दै गएको छ । सानो जहाजलाई लक्ष्य गरी बनाइएको विमानस्थलमा विस्तारै मझौला जहाज आउने क्रम बढेको छ । विमानस्थललाई फराकिलो बनाउन पहल नगरे सुरक्षा खतरा निम्तिने गौतमको भनाइ छ । अग्ला घरका रकाण विमान अवतरण र उडान प्रभावित हुँदै आएको छ । अग्ला घरकै कारण विमानले पूरा धावनमार्ग प्रयोग गर्न पाएका छैनन् । धावनमार्ग २०० मिटर छोडेर विमान अवतरण गरिँदै आएको छ । साना जहाजलाई उडान र अवतरणमा ६०० देखि ८०० मिटर धावनमार्ग भए पुग्छ । ठूला जहाजलाई भने एक हजार ४०० मिटर जरुरी पर्छ । हाल धावन मार्गको लम्बाई एक हजार २०० मिटर मात्र छ । हुस्सु लागेका बेला अग्ला घरका कारण विमान अवतरण र उडानमा समस्या हुने गरेको छ । भरतपुर विमानस्थलको धानवमार्ग विस्तार गरी ठूला विमान अवतरण हुन सकेमा यहाँका यात्रुले सहज र सस्तो मूल्यमा यात्रा गर्न पाउने छन् । यात्रा सुरक्षित हुनेछ । मुख्य रुपमा नारायणगढ–मुग्लिन सडकमा पहिरो खस्ने र विस्तारका क्रममा रहेकाले हवाई यात्रुको चाप ह्वात्तै बढेको छ । रासस

Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies