Khabar Dabali Logo
  November 13, Wed

नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोको जोखिम बढ्यो

चितवन । सामान्य पानी पर्दासमेत नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरो खस्न थालेपछि यात्रामा जोखिम बढेको छ । गएको एक सातामा दैनिक पहिरो खस्दै आएको छ । एकै दिनमा साना ठूला गरी चार वटासम्म पहिरो खसेको जनाइएको छ ।

पानी पर्दा हिलो र सुख्खा हुँदै गएपछि सुख्खा पहिरो खस्न थालेको नारायणगढ–मुग्लिन सडक आयोजनाका डिभिजनल इञ्जिनियर गोविन्द खनालले बताए । सडक विस्तारका क्रममा भित्तो काटिएको ठाउँ र डढेलो लागेर सुख्खा भएको ठाउँमा पानी परेसँगै पहिरो खस्ने गरेको उनले जानकारी दिए ।

सो सडकखण्डलाई तीन भागमा विभाजन गरेर विस्तार गरिँदै छ । तेस्रो खण्ड अर्थात् मुग्लिन नजिकै सुप्रिम रौताहा जेभीले सडक विस्तारको काम गरिरहेको छ । धेरै पहाड भएकाले सो ठाउँमा धेरै पहिरो खस्ने गरेको छ । जेभीका साइड इञ्चिार्ज राजन दाहालका अनुसार शनिबार बिहान चारकिलो भन्ने स्थानमा ८ बजे खसेको पहिरो दिउँसो ३ बजेमात्रै पन्छाउन सकिएको थियो । बिहान तत्काल एकतर्फी बनाएका कारण र सवारीसाधन कम भएकाले ठूलो समस्या नआएको उनले बताए ।

दिउँसो ४ बजे चोरखोलामा पहिरो खसेपछि एक घण्टा ३० मिनेट पहिरो पन्छाउन लागेको उहाँले जानकारी दिनुभयो । शुक्रबार अठ्ठाइस किलो, चोरखोला र कालीखोलामा पहिरो खसेको थियो । एक ठाउँको पहिरो हटाउन आधा घण्टादेखि एक घण्टासम्म समय लागेको थियो । बुधबार र बिहीबार पनि तीन चार ठाउँमा साना पहिरो खसेको दाहालले बताए ।

सडकका अन्य भागमा पनि सानातिना पहिरो खस्ने क्रम शुरु भएको छ । डिभिजनल इञ्जिनियर खनालले चाँडै नै वर्षात् शुरु भएमा समस्या आउन सक्ने बताए । सडक विस्तारको काम भइरहेको र पहिरो रोक्ने काम शुरु भएकाले चाँडै नै वर्षात् हुुँदा काम नै प्रभावित हुने उनको भनाइ थियो ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तले विगत एक साता यता पहिरो र ढुंगा खस्न थालेको र कतिपय ठाउँमा प्रहरीले ढुंगा पन्छाएर सवारी साधन सञ्चालन गराएको बताए । दैनिकजसो साना ठूला पहिरो र ढुंगा खसेको भन्दै उहाँले चालकलाई एक अर्काे सवारी साधनको बीचमा दूरी राखेर सवारी चलाउन, अगाडि हेरेरमात्रै जान, बाटोको अवस्था बुझेर हिँड्न, उछिन्र नजान आग्रह गरिएको बताए ।

अधिकांश ठाउँमा भित्तो काटिएकाले माटो कमलो भएको छ भने कतिपय ढुंगा र ढिस्को झर्ने अवस्थामा छन् । खनालका अनुसार पहिलो चरणमा झर्न लागेका ढुंगा, ढिस्को र माटो झार्ने काम भइरहेको छ ।

यससँगै दुई वटा ढुंगा जोड्ने रक बोल्टिङ, चट्टान झर्न नदिन संरचना निर्माण गर्ने, सिमेन्ट जोडले फालेर जमाउने सटसिट, ग्याभिन जाली लगाएर पहिरो रोक्ने रक मेटिङ, ढिस्को मिलाउने स्लोप ट्रिमिङ, भित्तोमा कुलो बनाएर पानी तर्काउने फ्रेन्स ड्रेन, बायो इञ्जिनियरिङलगायतका काम हुँदैछन् । उनका अनुसार सडकलाई दुईभागमा विभाजन गरी पहिरो रोक्ने कामका लागि रु १४ करोडमा ठेक्का दिइएको हो ।

खनालले सो सडकका १८ ठाउँमा पहिरोको उच्च जोखिम रहेको बताउनुभयो । तीमध्ये अति नै संवेदनशील रहेका छ ठाउँमा शुरुमा काम गरिने उनले बताए ।

गतवर्ष असार ८ गते राति कालीखोला नजिकै पहिरोमा प्रहरी भ्यान पर्दा चारजना प्रहरीको मृत्यु भएको थियो । वर्षाद् हुनुअघि गतवर्ष पनि समय समयमा सुख्खा पहिरो खसेसँगै कतिपय सवारी साधनमा क्षति पुगेको थियो भने यात्रुले दुःख पाएका थिए । रासस

बैशाख २३ गते, २०७५ - १७:२१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   

चिनिया राष्ट्रपति सि को यस्तो उत्प्रेरक सन्देश

म सानो छँदा ज्यादै स्वार्थी थिएँ। सबै कुरामा म आफ्नो मात्र फाइदा हेर्थें। फलतः मलाई सबैले छोड्दै गए,...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top