Ntc summer Offer
Khabar Dabali ६ बैशाख २०८१ बिहीबार | 18th April, 2024 Thu
NIMB

न घाँस खुवाउनुपर्ने न गोबर सोहोर्नुपर्नेः यस्तो गाईबाट मासिक एक लाख अाम्दानी

पोखरा । झट्ट सुन्दा जो कोहीलाई पनि अचम्म लाग्छ की घाँस, कुडोलागयत केही पनि खुवाउन नपर्ने र भकारो समेत सोर्न नपर्ने गाईबाट मासिक रु एक लाख आम्दानी हुने गरेको छ । यहाँको मुख्य पर्यटकीय क्षेत्र छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफाभित्रको कामधेनु गाईगोठमा रहेको यन्त्रजडित गाईबाट मासिक रु एक लाख आम्दानी हुँदै आएको छ । ऐतिहासिक, धार्मिक एवं पर्यटकीय महत्व बोकेको गुप्तेश्वर गुफामा राखिएको यान्त्रिक गाई गुफाको निरन्तर राम्रो आम्दानीको स्रोत बन्दै आएको हो । गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलका अनुसार कामधेनु गाईगोठमा अवस्थित यन्त्र जडित गाईको नजिकै रहेको सानो प्वालमा गुच्चा राखेपछि चारवटै थुनबाट दूध आउने र सो दूध सिधैँ शिवलिङ्गमा चढाउने व्यवस्था गरिएका कारण गाई गुफाको थप आम्दानीको स्रोत बनेको हो । गुफाको प्रदेशद्वारमै रहेको कामधेनु गाई गोठमा रहेको प्वालमा गुच्चा राख्न चाहने प्रत्येक दर्शकले प्रति गुच्चा रु १० मा खरिद गर्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिए । विसं २०६४ मा रु एक लाख ५७ हजार १९८ खर्चेर निर्माण गरिएको सो गाईले १० वर्षको अवधिमा रु ६१ लाख ९४ हजार ९१०आम्दानी गरेको उनी बताउछन् । दश वर्षको अवधिमा लगभग रु छ लाख १९ हजार ४९१ जनाले टिकट काटेर गाईको दर्शन र प्रविधिको अध्ययन अवलोकन गर्ने क्रमसँगै उक्त यान्त्रिक गाई गुफाको आम्दानीको स्रोत बनेको हो । स्थापनाको पहिलो वर्षमै रु एक लाख ७५ हजार ९९०, दोस्रो वर्षमा रु दुई लाख २१ हजार ४१०, तेस्रो वर्षमा रु दुई लाख ७१ हजार ११०, चांैथो वर्षमा रु चार लाख ९१ हजार ४८०, पाँचाैं वर्षमा रु पाँच लाख ५९ हजार २०० , छैटौं वर्षमा रु छ लाख ३८ हजार २२०, साताैं वर्षमा रु सात लाख ४२ हजार ९३०, आठाैं वर्षमा रु सात लाख २३ हजार २५०, नवौं वर्षमा रु पाँच लाख १८ हजार १०० र यसवर्ष रु ११ लाख ६९ हजार ४९० आम्दानी भएको छ । गुफा अवलोकनका लागि व्यवस्था गरिएका विभिन्न पाँच प्रकारका टिकट काटेर गुफामा प्रवेश गर्दा आर्थिक वर्ष २०७३/७४ मा कूल दुई रु करोड २० लाख ९९ हजार १३५ आम्दानी भएको गुफा व्यवस्थापन समितिका कोषाध्यक्ष ऋषिराम बरालको भनाइ छ । कामधेनु गाईको लागि भने भित्र प्रवेश गरेपछि छुट्टै टिकटको व्यवस्था गरिएको छ । उहाँका अनुसार टिकट बिक्री एवं यान्त्रिक गाईका अलावा गुफाले दानपात्रबाट रु १२ लाख ११ हजार ९८७, सहयोग रसिदबाट रु ४९ हजार ६०९, सदस्यता रसिदबाट रु २८ हजार, विविध आम्दानी रु ३१ हजार ७०, बैंक ब्याजबाट रु १० लाख ३६ हजार २१४ गरी कूल दुई करोड ५६ लाख २५ हजार ४९६ आम्दानी गरेको छ । गुफामा स्वदेशी तथा विदेशी पर्यटकका साथै विद्यार्थीको आकर्षण दिन प्रतिदिन बढ्दै गएको भए पनि विशेष गरेर धार्मिक परम्परा अनुसारका साउन महिनाको सोमबार, शिवरात्रि, मङ्गलचौंथी, हरिबोधनी एकादशी, ऋषि तर्पणी, ऋषि पञ्चमी, बालाचतुर्दशी लगायतका विभिन्न पर्वमा दर्शनार्थीको घुइँचो लाग्ने हुँदा गाईको समेत आम्दानी बढी हुने गरेको गुफा व्यवस्थापन समितिका सचिव देवीबहादुर थापा जानकारी दिए । “परिसरको प्राकृतिक स्वरुप र सौन्दर्यलाई कायम राख्दै गुफाको प्रवेशद्वार बाहिरको भागमा निर्माण गरिएका सिँढी र विभिन्न देवदेवताका मूर्तिले गुफाको आकर्षण बढाएको छ,” उनले बताए । गुफाको मन्दिरदेखि पातले छाँगोको दृश्यावलोकन गर्ने स्थानसम्म लगभग ६५ मिटर टनेल रु एक करोड सात लाखको लागतमा निर्माण अन्तिम चरणमा पुगेको छ । गुफामाथि बढ्दो सवारी साधन र भौतिक संरचनाका कारण सम्भावित जोखिमी रोक्न टनेल निर्माण गरिएको हो ।टनेल निर्माणसँगै गुफाको संरक्षण र दर्शनार्थी सुरक्षित हुने विश्वास लिइएको छ । गुप्तेश्वर गुफा मन्दिरसम्म जान सर्वसाधारणलाई रु ३५ र विद्यार्थीलाई रु २५ तथा विदेशीका लागि रु ५० निर्धारण गरिएको छ । त्यस्तै मन्दिरबाट अझभित्र टनेल हुँदै पातले छाँगो दृश्यावलोकन गर्नका लागि विदेशीलाई रु १०० र नेपालीलाई रु ५० तथा विद्यार्थीलाई रु ३५ को टिकट दस्तुर तोकिएको गुप्तेश्वर गुफा व्यवस्थापन कार्यालय प्रमुख नारायण पौडेल बताउँछन् । उहाँका अनुसार गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस समेत सञ्चालन गरिएकोछ । जुन क्याम्पसमा अध्ययनरत छात्रको तुलनामा छात्राको संख्या निकै बढी छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies