Khabar Dabali Logo
  November 15, Fri

प्रदेश नं ३ मा एक सय कानून आवश्यक

 

नुवाकोट । प्रदेश नं ३ को सरकार सञ्चालनका लागि करीब एकसय कानून आवश्यक देखिएको छ ।

आसन्न आर्थिक वर्षको बजेट तर्जुमा तथा सुझाव संकलनका लागि यहाँ आउनुभएका आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव बलदेव जोशीले प्रदेशका सात मन्त्रालयले आ–आफ्नो काम कारवाही अघि बढाउन हालसम्म चार कानून निर्माण भएको र अझै एकसय कानून आवश्यक रहेको बताए ।

“प्रदेश सरकार स्थापना भए पनि कानून, कर्मचारी र भौतिक संरचनाको अभावले काम गर्न सकिएको छैन ।” उनले भने “कानून निर्माण गर्नसके कर्मचारी र भौतिक संरचनाको अभावलाई त्यहीबाट हटाउन सकिने हुँदा अभाव देखिएका कानून निर्माणमा जुटेका छौँ ।”

उनका अनुसार प्रदेश सरकारमार्फत लिखत प्रमाणीकरण ऐन र आर्थिक कार्यविधि ऐन राजपत्रमा जारी भइसकेको छ । गाउँ, नगर र जिल्लासभा सञ्चालन (कार्यविधि) र स्थानीय तहका पदाधिकारीको सेवा सुविधा ऐन सरकारबाट प्रमाणीकरण भइसकेकाले राजपत्रमा जारी हुने क्रममा छ ।

“मन्त्रालय सञ्चालनका लागि कुनमा कति कानून चाहिन्छ भनेर सूची बनाउँदा सातदेखि सोह्र्रसम्म आवश्यक देखिएकाले त्यसको मस्यौदा बनाउन थालिसकेका छौँ । सचिव जोशीले भने “जेठ १ गते प्रदेशसभा बस्ने तयारी भएकाले प्रत्येक मन्त्रालयबाट त्यहाँ तीन वटासम्म कानून पेश गर्ने तयारीमा जुटेका छौँ ।”

आन्तरिक मामिला तथा कानून मन्त्रालयले सुरक्षा निकायसँगको समन्वय, सञ्चार मन्त्रालयलगायतको समेत जिम्मेवारी बहन गर्दै आइरहेको छ । रासस

बैशाख २३ गते, २०७५ - १८:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

राष्ट्रिय युवा संघले टुंग्यायो जिल्लाको नेतृत्व, कुन जिल्लामा कसको नेतृत्व ? (नामावलीसहित)

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृसंगठन राष्ट्रिय युवा संघ नेपालले मातहतका...   
पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

पुनर्गठन हुँदै मन्त्रीमण्डल : यी हुन –जाँदै र आउँदै गरेका नयाँ अनुहार !

काठमाडौं । एक्कासी आफ्ना सचिवालय तथा सल्लाहाकारहरुका राजिनामा गराएका प्रधानमन्त्री तथा नेकपा अध्यक्ष...   

नृशंश हत्याका आरोपि आलम पक्षको अर्को धन्दा :पिडितलाई प्रभाव पार्दै बयान फेर्दै !

रौतहट । रौतहटको राजपुर फरदहवामा भएको बमकाण्डका मुख्य आरोपी कांग्रेसका नेता मोहम्मद अफताव आलमपक्षले...   
प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

प्रचण्डको दूरदर्शिता – ‘सीमा विवाद अन्तर्राष्ट्रियकरण नगरौं, कश्मीर बन्नबाट बचौं’

काठमाडौं । संविधानको धारा ३७० खारेज गरेर जम्मु र कश्मीरलाई केन्द्रशासित क्षेत्र बनाएको भारतले गतसाता...   
सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

सेनाले पेट्रोल बेचेर बस्ने कि सीमामा सुरक्षा गर्ने ?

काठमाडौं। नेपाली कांग्रेसका सांसद अमरेशकुमार सिंहले सेनाले पेट्रोल पम्प खोल्दै पेट्रोल बेच्दै बस्ने...   
बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

बंगलादेशका राष्ट्रपति आज नेपालको भ्रमणमा आउँदै

काठमाडौं । जनगणतान्त्रिक बङ्गलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिद मङ्गलबार नेपालको औपचारिक राजकीय...   

लागुऔषधसहित तीन युवक पक्राउ

काठमाडौं । प्रतिबन्धित लागुऔषधसहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । लागुऔषधसहित सिरहाको...   
प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

प्रधानमन्त्रीको सल्लाहकार टीम ‘फायर’ प्रकरण – छोरी कुट्ने बुहारी तर्साउने !

काठमाडौं । आइतवार करीब दुई घण्टा सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्षद्वयबीच प्रधानमन्त्री...   

उपनिर्बाचनका लागी उम्मेदवारको अन्तिम नामावली आज प्रकाशन हुँदै

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनका उम्मेदवारको अन्तिम नामवली आज प्रकाशन गर्ने तयारी गरेको छ।...   

पूर्व सभामुख महराले लिने भए यस्तो बाटो –के गर्ला उच्च अदालतले ?

काठमाडौं । पूर्वसभामूख कृष्णबहादुर महरा अदालको आदेशको विरुद्धमा उच्च अदालत जाने भएका छन्। संसद सचिवालयकी...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top