Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

उपत्यकाबाट ४५ मेट्रिकटन फोहर व्यवस्थापन

काठमाडौं । उपत्यकाका नदी र चक्रपथ सफाइ गरी ४५ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । वाग्मती सफाइ महाअभियानको २६०औँ र तिलगंगा खण्डको वाग्मती सफाइको १६३औँ हप्ताको सफाइ संयुक्तरुपमा तिलगंगा क्षेत्रमा गरी १० मेट्रिकटन फोहर व्यवस्थापन भयो । सफाइमा अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समिति, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, न्यानो स्पर्श, मुक्तिनाथ विकास बैंक, रेयुकाइलगायत संस्थाका गरी ३०० भन्दा बढी अभियन्ताको सहभागिता रहेको अभियन्ता माला खरेलले जानकारी दिए । वाग्मती सफाइमा ब्लुक्रस अस्पतालले एम्बुलेन्ससहित स्वास्थ्यकर्मीको समूह पनि परिचालन गर्दै आएको छ । सफाइमा काठमाडौँका प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले सफाइ अभियान शुरु भएपछि बाटो हिँड्न सकिने भएको अनुभव सुनाए । गुह्येश्वरीमाथिको वाग्मती सफाइ अभियानको २२१औँ हप्ताको कार्यक्रमअन्तर्गत गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित वाग्मती उत्तरतिर बगेको कान्तिभैरव मन्दिरअघिको नदी किनारमा सफाइ गरियो । उत्तरबाहिनीसमेत भनिने यो क्षेत्र शास्त्रीय दृष्टिले महत्वपूर्ण मानिन्छ । सफाइबाट एक मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता उत्तम पुडासैनीले जानकारी दिनुभयो । नकुहिने फोहर गोकर्णेश्वर नगरपालिकाले व्यवस्थापन ग¥यो । कुहिने फोहर खाडल खनेर पुरियो । सफाइमा वाग्मती सुन्दरता सरोकार मञ्च, कान्ति भैरव गुरुकुल, पुडासैनी मैत्री समाज, राम्रो जोरपाटी, हाम्रो जोरपाटी, गोकर्ण माविका विद्यार्थीलगायत स्थानीयवासी गरेर २०० भन्दा बढीको सहभागिता थियो । सफाइमा गोकर्णेश्वर नगरपालिका वडा नं ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठलगायत सदस्यको पनि सक्रिय सहभागिता थियो । गुह्येश्वरीमाथिको वाग्मती सफाइको २२२औँ हप्ताको सफाइ वैशाख २९ गते शनिबार वाग्मती, सूर्यमती र चन्द्रमती नदीको संगमस्थल गोकर्णेश्वर महादेव मन्दिर परिसरमा गरिने भएको छ । सफाइको संयोजन नगरपालिकाको वडा नं ४ कार्यालयले गर्ने जनाइएको छ । रुद्रमती सफाइको २१५औँ हप्तामा रातोपुलबाट मैतीदेवी मन्दिरसम्म जनचेतनामूलक सफाइ गरी एक मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सो अवसरमा मन्दिर परिसरमा ढलेको एउटा रुख काटेर व्यवस्थापन गरिएको अभियन्ता रोहित गिरीले जानकारी दिए। सफाइमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, रुद्रमती सरोकार समाज, वातावरण संरक्षण अभियान, प्रसिद्धि कला समूहलगायतको संस्थागत सहभागिता थियो । सफाइमा २०० भन्दा बढी अभियन्ता सक्रिय थिए । विष्णुमती सफाइ अभियानको १८७औँ हप्तामा तारकेश्वर नगरपालिकाको आनन्दटोल क्षेत्रमा सफाइ गरियो । आजको सफाइबाट पाँच मेट्रिकटन फोहर व्यवस्थापन गरिएको अभियन्ता अनिल धरेलले राससलाई जानकारी दिए। सो अवसरमा आनन्द टोल, जागरण टोल र सिद्धेश्वर टोलका स्थानीयवासीको सक्रियतामा त्यस क्षेत्रमा सफाइ चेतना फैल्याइएको उनले बताए । चक्रपथ सफाइको ५६औँ हप्तामा आज तिलगंगा क्षेत्रमा सफाइ गरी १८ मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा २५० भन्दा बढी अभियन्ताको सहभागिता थियो । सफाइमा क्रममा सडक र सार्वजनिक जग्गा मिचेर बनाइएका आठ वटा टहरा पनि भत्काइयो । सार्वजनिक जग्गामा बनेका र निजी जग्गामा पनि नक्सा पास नगरी बनाइएका टहरा भत्काइएको सफाइ संयोजक लोकबहादुर टण्डनले बताए । काठमाडौँ महानगरपालिका वडा नं ३१ स्थित आलोकनगर सफाइको ५६औँ हप्तामा मातृशक्ति सफाइ समूहले डष्टविन व्यवस्थापन, घरदैलो जनचेतनामूलक अभियान सञ्चालन गरेको सफाइ संयोजक प्रमिला पौडेलले राससलाई जानकारी दिए । चक्रपथ बाफल खण्ड सफाइको ३८औँ हप्तामा मिलनटोल क्षेत्रमा सफाइ गरी दुई मेट्रिकटन फोहर व्यवस्थापन गरियो । सफाइमा स्थानीयवासीको सक्रिय सहभागिता रहेको सफाइ संयोजक ताराबहादुर कुँवरले जानकारी दिए। सडकमा फोहर थुपार्नेलाई नै उठाउन लगाइएको सफाइ अभियानले जनाएको छ । विसं २०७० जेठ ५ गतेदेखि शुरु भएको वाग्मती सफाइ महाअभियानबाट प्रभावित भई हालसम्म देशका ४५ भन्दा बढी स्थानमा सफाइ अभियान शुरु भएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies