Khabar Dabali Logo
  January 25, Sat

म्याग्दीमा दश वर्षीया बालिका बलात्कृत

म्याग्दी । म्याग्दीको अन्नपूर्ण–७ हिस्तान औलमा दश वर्षीया बालिका बलात्कृत भएकी छन् ।

स्थानीय मण्डली आधारभूत विद्यालयका पूर्वशिक्षक ६८ वर्षीय धनबहादुर पुनले सोही विद्यालयमा अध्ययनरत ती बालिकालाई बलात्कार गरेका हुन् ।

अनुसन्धानका क्रममा उनले गत मंसिरदेखि विभिन्न समयमा ती बालिकालाई बलात्कार गर्दै आएको खुलेको छ । परिवार र स्थानीयवासीले घटनाबारे गाउँपालिका उपाध्यक्ष केशमायाँ पुनमगरलाई जानकारी गराएपछि उनकै समन्वयमा प्रहरीले आरोपित पुनलाई शनिबार नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको छ ।

फौज्दारी मुद्दा भएकाले गाउँपालिकाको न्यायिक समितिले उक्त मुद्दालाई प्रहरीको समन्वयमा कानूनी प्रक्रिया अघि बढाएको उपाध्यक्ष मगरले बताए । पीडित बालिकाकी परिवार आर्थिक अवस्था कमजोर रहेका कारण पूर्वशिक्षक पुनले विभिन्न आर्थिक प्रलोभन देखाउने र बलात्कार गर्ने गरेको पाइएको उनको भनाइ छ ।

पीडित बालिकालाई शनिबार दिउँसो सदरमुकाम ल्याएर स्वास्थ्य परीक्षण गरेपछि आवश्यक औषधिसँगै स्वास्थ्य परामर्श दिइएको छ । प्रहरी नायब उपरीक्षक बसुन्धरा खड्काले आरोपित पुनलाई नियन्त्रणमा लिएर कारबाहीका लागि कानूनी प्रक्रिया अघि बढाइएको जानकारी दिए । रासस

बैशाख १६ गते, २०७५ - १७:४१ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटद्वरा सामुहिक राजीनामाको चेतावनी

काठमाडौं । सरकारको पूर्ण स्वमित्व रहेको नेपाल एयरलाईन्सका दुई दर्जन पाइलटहरुले सामुहिक राजनीनामाको...   

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

कस्तो कमाई गर्यो अजय देवगणको ‘तान्हाजी’ले ?

काठमाडौं ।  बलिउड करियरमा सफल अभिनेताको उपाधि पाउँदै आएका अजय देवगणलाई फेरि अर्को सफलता प्राप्त भएको...   
सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोकको बाह्रबिसेमा टहरा हटाइएपछि तनाव, बजारमा कर्फ्यू आदेश जारी

सिन्धुपाल्चोक ।  जिल्लाको बाह्रबिसे नगरपालिका–३, ४, र ९ को अरनिको लोकमार्ग स्थित बाह्बिसे बजारको सडक...   

नेकपाभित्रको बहसः के चाहन्छन् अध्यक्ष प्रचण्ड ?

सभामुख चयनका लागि नेकपाभित्र चलिरहेको संघर्ष कुनै व्यक्ति विशेष भन्दा पनि प्रवृत्तिको रहेको छ । बाहिर...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top