Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

टानद्वारा राईको परिवारलाई १० लाखकोे बीमा

पोखरा । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय संघले अन्नपूर्ण परिपथमा पर्यटक लैजाने क्रममा बिरामी भई ज्यान गुमाएका पथप्रदर्शन सहयोगी अशोक राईको परिवारलाई बीमा रकमस्वरुप शुक्रबार रु १० लाखको चेक हस्तान्तरण गरेको छ । गत वर्ष पुस २८ गते चार विदेशी र चार सहयोगीसहित पदयात्रामा निस्केको टोलीमा रहेका राईको माघ ८ गते मनाङको याक खर्कमा बिरामी भएपछि हेलिकोप्टरमा उद्धार गरी पोखरा ल्याइएकामा माघ ९ गते निधन भएको थियो । पदयात्रा क्षेत्रमा पर्यटक लिएर जाने पथप्रदर्शक एवं सहयोगीका लागि सिात वर्षयता संघले प्रत्येक वर्ष ७५ पथप्रदर्शक तथा सहयोगीका लागि रु १० लाख बराबरको बीमाका साथै हेलिकोप्टर तथा सवारीसाधनबाट उद्धार गर्नका लागि बीमाको व्यवस्था गरेको छ । बीमा रकमको चेक हस्तान्तरण गर्दै संघका अध्यक्ष दीपकराज अधिकारीले टिम्स (पदयात्री व्यवस्थापन सूचना प्रणाली) काटेका आधारमा पथप्रदर्शक एवं सहयोगीले बीमाको दाबी गर्नसक्ने भएकाले अनिवार्य रुपमा टिम्स काटेर मात्र पदयात्रा क्षेत्रमा जान पथप्रदर्शक एवं सहयोगीलाई आग्रह गरे । पोखरा पर्यटन परिषद्का अध्यक्ष केदारनाथ शर्माले पदयात्रामा जाने पथप्रदर्शक एवं सहयोगीका लागि संघले गरेको बीमा व्यवस्था अन्य पर्यटनसम्बद्ध संघसंस्थाका लागि पनि अनुकरणीय भएको बताए । संघका पूर्वअध्यक्ष सोमबहादुर थापाले पदयात्रा पर्यटनको विकासका साथै पथप्रदर्शक एवं सहयोगीले भोग्ने गरेका समस्याप्रति राज्य पनि गम्भीर बन्नु आवश्यक रहेको बताए । कार्यक्रममा सगरमाथा इन्स्योरेन्स कम्पनी, पोखरा शाखाका कार्यालय प्रमुख कविराज पौडेल, संघका सचिव सुशीलराज पौडेल, युनिट्राभका केन्द्रीय उपमहासचिव तुलसीप्रसाद सुवेदीलगायतलेसंघले पथप्रदर्शक एवं सहयोगीका लागि गरेको बीमाको व्यवस्था प्रशंसायोग्य भएको धारणा राखे । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies