Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

दुई कोरियाको शिखर बैठकः फेरीपनि पटक पटक भेट्ने प्रतिबद्धता

गोयाङ । दक्षिण कोरिया र उत्तर कोरियाका नेताहरुको शिखर बैठक शुक्रबार सुरु भएको छ । बैठकमा दक्षिण कोरियाका राष्ट्रपति मुन जाए इन र उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसहितको दुवै देशका नेताहरुले एक आपसमा पटक पटक भेटवार्ता गर्ने र सम्वन्धलाई थप मजबुद बनाउदै लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् । दक्षिण कोरियाको राष्ट्रपति कार्यालय ब्लु हाउसका उच्च अधिकारीहरुले दिएको जानकारीअनुसार दुवै नेताहरुले कोठाभित्र नजिकबाट औपचारिक वार्ता गरेका हुन् । उनीहरुका बीचमा दक्षिण कोरियाको पान्मुन्जोममा रहेको पिस हाउसमा शुक्रबार बिहानै झण्डै डेढ घण्टा वार्ता भएको थियो । सन् १९५० देखि ५३ सम्म भएको कोरिया युद्धपछि विभाजित भएको दुई कोरियाको सीमा क्षेत्रमा वार्ता भएको हो । औपचारिक वार्ता अगाडी किमलाई मुनले सैन्य प्रदर्शनी अगाडी अभिवादनसहित भव्य स्वागत गरेका थिए । उनीहरुको ऐतिहासिक शिखर बैठक अन्तर्गत पहिलो चरणको वार्ता सम्पन्न भएपछि खानाको समय छुट्याइएको थियो । खाना खाएपछि फेरि भेटवार्ता गर्ने कार्यतालिका रहेको छ । सन् १९५३ मा कोरियाली युद्ध सकिएपछि पहिलो पटक उत्तर कोरियाका नेता दक्षिण कोरिया गएका हुन् । स्थानीय समयानुसार शुक्रबार विहान ९ः३० बजेतिर दक्षिण कोरियाली भूमिमा उत्तर कोरियाली नेता किम पुग्नु भएको थियो । बैठकस्थलमा प्रवेश गरेपछि आगन्तुक पुस्तिकामा उनले ‘शान्तिपूर्ण युगको प्रारम्भको विन्दुमा एउटा नयाँ इतिहास शुरू भएको छ’ भनेर लेखेका छन् । दुई कोरियाका नेताको वार्तापछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका नेता किम बीच पनि भेटवार्ता हुने कार्यक्रम रहेको छ । अहिलेको शिखर बैठकले नै ट्रम्प र किमको शिखर बैठक के कस्तो हुनेछ भन्ने संकेत गर्नेछ । ट्रम्प र किमको शिखर बैठक अगाडी दक्षिण कोरियाका नेता मुनले ट्रम्पलाई भेटेर दुई कोरियाको शिखर बैठकका बारेमा बताउदै ट्रम्प–किम वार्ताकोलागि सहजीकरण गरिदिनेछन् । ट्रम्प र किमको भेटवार्ता हुनु भन्दा अगाडी मे महिनाको मध्य तिर मुनले ट्रम्पलाई भेट्ने तयारी गर्नु भएको समाचारमा जनाइएको छ । दक्षिण कोरियाको राष्ट्रपतिको कार्यालय ब्लु हाउसका एक जना उच्च अधिकारीले नाम नबताउने सर्तमा दिएको जानकारीअनुसार मुनको अमेरिका भ्रमण निश्चित भएपनि मिति भने एकिन भइसकेको छैन । ट्रम्प र किमको भेटवार्ता मे महिनाको अन्त्य तिर वा जुन महिनाको सुरुतिर हुन सक्ने बताइएको छ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies