Ntc summer Offer
Khabar Dabali १४ बैशाख २०८१ शुक्रबार | 26th April, 2024 Fri
NIMB

आफ्नै सरकारबिरुद्ध क्रान्तिकारीको प्रर्दशनः बेपत्ता नेता पौडेललाई सार्वजनिक गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी विद्यार्थी संगठनले राज्यद्धारा वेपत्ता पारिएका आफ्ना तत्कालिन महासचिव पूर्ण पौडेललाई तत्काल खोजविन गरी सार्वजनिक गर्न माग गरेको छ । आजैका दिन २०५९ साल वैशाख १३ गते सेनाले रत्नराज्यलक्ष्मी क्याम्पसका कोषाध्यक्ष इश्वर लामासहित पौडेललाई कालिमाटीबाट प्रक्राउ गरी वेपत्ता पारेको थियो । माओवादीसहित वामपन्थी सरकार भएको वेला आफ्ना विद्यार्थी नेतालाई सार्वजनिक गर्न अखिल क्रान्तिकारीले विहिबार माईतीघर मण्डलामा प्रदर्शन गरेको हो । कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका उपाध्यक्ष तिलकराज भण्डारीले माओवादी सरकारमै भएको बेलामा वेपत्ता पारिएका विद्यार्थी नेतालाई खोजविन गरी सार्वजनिक गर्न माग गरे । उनले तत्कालिन राज्यले वेपत्ता पारिएका आफ्ना विद्यार्थी नेतालाई सार्वजनिक नगरे कडा कदम चाल्ने बताए । ‘अहिलेका यति धेरै परिवर्तनका लागि लड्ने विद्यार्थी नेताहरु वेपत्ता भएका छन् ।’ भण्डारीले भने, ‘जनयुद्धमा मृत्युमा तथा वेपत्ता पारिएका विद्यार्थी नेताको विषयमा सोच विचार गरेर मात्र एकता गर्नु पर्छ ।’ यति ठुलो परिवर्तनका लागि लडेको माओवादी विना सर्त एमालेसंग एकता गर्न नहुने भण्डारीले चेतावनी दिए । यस्तै कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका महासचिव उत्तम अधिकारीले यथासिघ्र आफ्ना वेपत्ता योद्धा पूर्ण पौडेलसहित विद्यार्थी नेतालाई सार्वजनिक गर्न माग गरे । ‘यि नै वेपत्ता पारिएका व्यक्तिले अहिलेका परिवर्तन ल्याउने । तर, राज्यले तिनै वेपत्ता पारिएका योद्धाको खोजविन गरी सार्वजनिक गर्न नसक्नु लज्जाको विषय हो ’ अधिकारीले भने, ‘वेपत्ता पारिएका विद्यार्थी नेताको विषयमा आवश्यक कदम नचाले आफ्नै सरकार विरुद्धपनि उत्रिन सक्छौ ।’ आवश्यक परेमा आफ्नै सरकार पूर्ण पौडेलको खोजविन गरी सार्वजनिक गर्न अखिल क्रान्तिकारीले हरेक वैशाख १३ गते यसरी सार्वजनिक गर्न दवाव दिदै आएको छ । कार्यक्रममा उपाध्यक्ष विजय गौतम, उपमहासचिव जिपी मैनाली सचिव डिबी साउदलगायतका नेता कार्यकर्ताहरु माईतिघर मण्डलामा प्रर्दशनमा उपस्थित भएका थिए ।
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies