Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

जबर्जस्ती करणीको फैसला उल्टियो

 

बागलुङ । जबर्जस्ती करणीका आरोपितलाई सफाइ दिने जिल्ला अदालत बागलुङको फैसलालाई उच्च अदालत पोखरा, बागलुङ इजलासले उल्टाएको छ ।

फैसला उल्टेसँगै अभियुक्त ढोरपाटन नगरपालिका–८ खुङ्गाका ७३ वर्षीय धनबहादुर अर्गेजा पाँच वर्षका लागि जेल चलान भएका छन् । उनले पीडितलाई रु ५० हजार क्षतिपूर्तिसमेत भरेका छन् । न्यायाधीश शेषराज शिवाकोटी र हरिप्रसाद पौडेलको संयुक्त इजलासले गत चैत २६ मा उक्त फैसला गरेको हो । यसअघि गत असारमा जिल्ला अदालतले जबर्जस्ती करणी गरेको प्रमाण नजुटेको भन्दै अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो । विसं २०७३ पुसमा छिमेकी ६५ वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको आरोपमा अर्गेजामाथि जिल्ला अदालतमा मुद्दा परेको थियो । पीडित महिलाले किटानी जाहेरी दिएपछि अर्गेजा विसं २०७३ माघ १ गते पक्राउ परेका थिए । अदालतको थुनछेक आदेशबाट उनी माघ १९ गते धरौटीमा छुटेका थिए । जिल्ला अदालतबाट विसं २०७४ असारमा सफाइको फैसला आएपछि पीडित महिलाले उच्च अदालत पोखरा, बागलुङ इजलासमा पुनरावेदन दिएका थिए । जिल्ला अदालतको फैसलामा चित्त नबुझेपछि पुनरावेदन गर्नुपरेको पीडित महिला र उहाँका परिवारजनले जनाएका छन् । नयाँ फैसलापछि पीडित पक्षले न्यायको अनुभूति गरेका छन् । पुनरावेदन परेपछि इजलासमा भएको बयानका क्रममा अभियुक्त अर्गेजाले जबर्जस्ती करणी गरेको स्वीकार गरेका थिए । यथेष्ट प्रमाणका आधारमा कसुर ठहर भएपछि अभियुक्त अर्गेजालाई जेल सजाय तोकिएको न्यायाधीश शेषराज सिवाकोटीले बताए । इजलासको फैसलामा चित्त नबुझे सर्वोच्च अदालतमा पुनरावेदन गर्न प्रतिवादीलाई ७० दिनको म्यादसमेत दिइएको छ । अभियुक्त अर्गेजाले महिला घरमा एक्लै भएको मौका छोपी जबर्जस्ती करणी गरेका थिए । स्वयं पीडित महिलाले किटानी जाहेरी दिएको घटनामा प्रमाण नभेटिएको भन्दै जिल्ला अदालतले अर्गेजालाई सफाइ दिने फैसला गरेको थियो । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies