Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

प्रदेशसभा सदस्यले नै प्रदेश सरकारको आलोचना गरेपछि...

धनुषा । प्रदेश नं २ को बुधबार बसेको प्रदेशसभा बैठकमा स्थानीय तहका पदाधिकारी तथा सदस्यले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक पेश गरियो । मुख्यमन्त्रीका तर्फबाट स्थानीय तहका पदाधिकारी तथा सदस्यहरुले पाउने सुविधाबारे व्यवस्था गर्न लागेको विधेयक र कानूनमन्त्रीको तर्फबाट प्रदेशको सार्वजनिक लिखत प्रमाणीकरण कार्यविधिकोे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक भूमि, कृषि तथा सहकारीमन्त्री शैलेन्द्र यादवले बैठकमा पेश गरे । बैठकमा बोल्ने अधिकांश सदस्यले प्रदेश सरकार गठन भएको दुई महिना बितिसक्दा पनि कुनै ठोस काम गर्न नसकेको भन्दै सरकारको आलोचना गरे । प्रदेशसभा सदस्य शिवचन्द्र चौधरीले यस प्रदेशमा रेल्वे र छ लेनको सडक निर्माण भइरहेकामा अनुगमन अभावमा ढिलासुस्ती र गुणस्तरहीन काम भइरहेकाले विकास निर्माणको कामको अनुगमन गर्न अविलम्ब अनुगमन समिति निर्माण गर्नुपर्ने धारणा व्यक्त गरे । प्रदेशसभा सदस्य प्रह्लाद गिरीले पनि सरकारको कामप्रति असन्तुष्टि व्यक्त गर्दै यो प्रदेश अभिभावकविहीन जस्तो लागिरहेको बताए । उनले निजगढमा निर्माण भइरहेको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माणमा वन फँडानी गरेर काठ काठमाडौँ लगिरहेकामा प्रदेश सरकारलाई ध्यानाकर्षण गराए। यस प्रदेशको काठ यहीँको हुनुपर्ने उहाँको कथन रहेको थियो । प्रदेशसभा सदस्य रवीन्द्र बैठाले मंगलबार प्रस्तुत गरिएको बजेटमा छुवाछूत प्रथाको अन्त्य गर्न प्रदेश सरकारले योजना नसमेटेको भन्दै उहाँले छुवाछूत अन्त्यका लागि जनचेतना अभियान चलाउन र कडा कानूनको व्यवस्था गर्न प्रदेश सरकारसँग माग गरे । सदस्य पारस साह र दिलीप साहले चुरे संरक्षण गर्न सरकारले विशेष ध्यान दिनुपर्ने सुझाव दिँदै चुरे संरक्षण गर्न नसके मधेशका उब्जाउ जमिन मरुभूमिमा परिणत हुने बताए । उनीहरुले चुरे अतिक्रमणका कारण ४६ हजार हेक्टरको वन हाल २६ हजार हेक्टरमा सीमित बनेको बताए । अनिता यादवले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानको प्रशंसा गर्दै दहेज प्रथा अन्त्य नभएसम्म अभियान सफल नहुने तर्क गरिन् । सुरेश मण्डलले ‘बेटी बचाउ, बेटी पढाउ’ अभियानसँगै विद्यालय भर्ना अभियान पनि सफल बनाउन जरुरी भएको बताए । प्रदेशसभाको अर्को बैठक आज अपराह्न १ बजे बस्नेछ । रासस
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies