Ntc summer Offer
Khabar Dabali ७ बैशाख २०८१ शुक्रबार | 19th April, 2024 Fri
NIMB

दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने

गोरखा । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले गुणस्तरीय शिक्षाको पूर्वाधारका रुपमा अत्याधुनिक र बालमैत्री भवनको आवश्यकता पर्ने भन्दै आगामी दुई वर्षभित्र सबै क्षतिग्रस्त विद्यालय पुनः निर्माण गरिसक्ने सरकारको लक्ष्य रहेको बताएका छन् । विनासकारी भूकम्पबाट क्षतिग्रस्त धर्माेदय माध्यमिक विद्यालयको पुनः निर्मित नयाँ भवनको बुधवार उद्घाटन तथा हस्तान्तरण मन्त्री पोखरेलले यस्तो बताएका हुन् ।

जापान अन्तर्राष्ट्रिय सहयोग नियोगको ऋण सहयोगअन्तर्गत ५ करोड ६१ लाखमा १८ महिनामा निर्मित कुल १३ कक्षाकोठाको ५ भूकम्पप्रतिरोधी भवनको मन्त्री पोखरेलले उद्घाटन गर्दै पालुङटार नगरपालिकाका प्रमुख दीपकबाबु कँडेललाई हस्तान्तरण गरे ।

उनले जिम्मा लिएर समयमा पुनः निर्माण नगर्ने दाताको विकल्पका बारेमा पनि सरकारले सोच्ने उल्लेख गरे । संविधानको कार्यान्वयनका क्रममा आगामी पाँच महिनाभित्र नयाँ शिक्षा ऐन ल्याउने प्रतिबद्धता व्यक्त गर्दै शिक्षकहरुलाई गुणस्तरीय शिक्षा दिन नसक्ने भएमा विद्यालयबाट विदा लिन सुझाव मन्त्री पोखरेलको सुझाव थियो ।

मन्त्री पोखरेलले अपाङ्गता भएका विद्यार्थी साजन कुमाललाई विद्यालयमा नयाँ भर्ना गराई अभिभावकत्वसमेत लिए । विसं. २०७२ साल वैशाख १२ गतेको विनासकारी भूकम्प र त्यसपछिका परकम्पबाट जिल्लाका क्षतिग्रस्त ४ सय ४३ मध्ये हालसम्म २ सय ५४ विद्यालय पुनः निर्माण भएको छ ।

aplly description here...

बिहिबारदेखि निषेधाज्ञाको अवधिभर सुन आयत नहुने

काठमाडौं । नेपाल सुन चाँदी व्यवसायी महासंघले निषेधाज्ञा अवधिभर बैंकमार्फत हुने सुनको आयातलाई रोक्ने निर्णय गरेको छ । महासंघले बुधबार एक प्रेस बिज्ञेप...

रोल्पामा भीषण आगलागी : जंगलमा लागेको आगो पिराले गाउँमा फैलिदा २५ घर खरानी, २४ चौपायाँ मरे

रोल्पा । रोल्पाको नुवागाउँको एक जंगलबाट सुरु भएको भीषण आगलागी बस्तिमा फैलिदा पिराले गाउँका २५ घर जलेर नष्ट भएका छन् । सोमबारदेखि त्रिवेणी–२ नुवागाउँस...

बुधबार सुनको भाउ घट्यो, चाँदी १३ सय पाँच रुपयाँमा कारोबार

काठमाडौं । सुनको भाउ तोलामा सात सय रुपैयाँले घटेर बुधबार ९० हजार पाँच सयमा कारोबार भएको छ । मंगलबार ९१ हजार दुई सय रुपैयाँमा कारोबार भएको छापावाल सुन...

नेताहरुमा कोरोना संक्रमण देखिएपछि कांग्रेस केन्द्रीय समिति बैठक स्थगित

काठमाडौं । केन्द्रीय सदस्य सहित पार्टी कार्यलयका कर्मचारीलाई कोरोना संक्रमण पुष्टि भएपछि नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक स्थगित भएको छ । यसअ...

मन्त्री रायमाझी सहित एमालेका तीन नेतालाई कोरोना संक्रमण पुष्टि

काठमाडौं । नेकपा एमालेका तीन जना नेताहरु कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना संक्रमण पष्टि हुनेमा उर्जामन्त्री समेत रहेका स्थायी कमिटी सदस्य टोपबहा...

गण्डकी प्रदेशका तीन जना सांसदमा कोरोना पुष्टि, अविश्वास प्रस्तावको पक्ष विपक्षमा भोट हाल्न पाउने

पोखरा । गण्डकी प्रदेश सभाका ३ सांसदलाई कोरोना संक्रमण पुष्टि भएको छ । सोमबारदेखि सुरु भएको प्रदेशसभाको विशेष अधिवेशनको दिन हिजो सत्तारुढ नेकपा एमालेक...

काठमाडौंमा कोरोना र अन्य बिरामीका लागि छुट्टाछुट्टै एम्बुलेन्स व्यवस्था

काठमाडौं । काठमाडौँ महानगरपालिकाले कोरोना भाइरस सङ्क्रमण भएका र अन्य बिरामीलाई अस्पतालसम्म लान ल्याउनका लागि छुट्टाछुट्टै निःशुल्क एम्बुलेन्सको व्यवस...

नेपाली कांग्रेसको कार्यसमिति बैठक बुधबार बस्दै, सबै केन्द्रीय सदस्यको पिसिआर नेगेटिभ

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बुधबार दिउँसो बस्ने भएको छ। यसअघि सोमबार बस्ने भनिएको बैठक केन्द्रीय सदस्यहरूको पिसिआर गर्ने भ...

पूर्वी नाकामा भारतीयको अनावश्यक आगमनमा रोक

झापा । नाका खुकुलो भएको विषयमा सबैतिरबाट आलोचना हुन थालेपछि पूर्वीनाका काँकडभिट्टामा भारतीय नागरिकको अनावश्यक आगमनमा रोक लगाइएको छ । भारतमा कोभिड–१९ ...

लोकमार्ग र टेलिकमबीच समन्वय नहुँदा फाइबर टुक्राटुक्रा

गलकोट । शुक्रबार साँझ एक्कासी नेपाल टेलिकमको टेलिफोन सेवा अवरुद्ध भयो । फोन अवरुद्ध हुँदा इन्टरनेटसमेत अवरुद्ध हुन्छ । धवलागिरिका चार जिल्लामा शनिबार...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies