Ntc summer Offer
Khabar Dabali १६ चैत्र २०८० शुक्रबार | 29th March, 2024 Fri
NIMB

१६ वर्षीया बालिका बलात्कारको मुद्दामा आशाराम दोषी ठहर

उत्तरी भारतको एउटा विशेष अदालतले एकजना धर्मगुरु आशारामलाई १६ वर्षीया बालिकाको बलात्कारमा दोषी ठहर गरेको छ।

सतहत्तर वर्षीय आशारामलाई अर्की महिलालाई पनि बलात्कार गरेको आरोप लागेको छ र सो मुद्दाको अलग्गै सुनुवाइ भइरहेको छ। आशारामले धार्मिक प्रवचन दिने गर्छन् र उनले १९ वटा देशमा ४०० वटा आश्रम बनाएका छन्। विश्वभरि आफ्ना चार करोड भक्त रहेको उनको दाबी छ। अदालतमा हिंसात्मक प्रदर्शन हुनसक्ने आशङ्का गर्दै न्यायाधीशले लगभग पाँच वर्षदेखि आशारामलाई बन्दी अवस्थामा राखिएको एउटा जेलमा उक्त फैसला सुनाएका थिए। एउटा सुरक्षा कारबाहीपछि सन् २०१३ मा उनलाई गिरफ्तार गरिएको थियो। उक्त समयमा सो नाटकीय घटनाक्रमका बेला उनका समर्थकले प्रदर्शनहरू गरेका थिए। ती बालिकाको परिवारको आशारामप्रति ठूलो भक्ति थियो। ती बालिका चाहिँ आशारामले सञ्चालन गर्ने आवासीय विद्यालयमा पढ्ने गर्थिन्। मुद्दाको सुनुवाइ जारी रहँदा एक जना पत्रकारसहित नौ जना प्रत्यक्षदर्शीमाथि हमलाहरू भएका थिए। तीन प्रत्यक्षदर्शी मारिएका थिए भने एक जना अझै बेपत्ता छन्। ती बालिकाको परिवारले बारम्बार धम्की खेपेको बताउने गरेका छन्। र उनीहरूको घरबाहिर सुरक्षाका लागि बुधवार ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरिएको थियो। हालको पाकिस्तानको सिन्ध प्रान्तमा आशाराम सन् १९४१ मा जन्मिएका थिए। विभाजनपछि उनी गुजरात आएका थिए। उनले ४५ वर्षअघि गुजरातमा आश्रम बनाएका थिए। त्यसपछि उनको प्रभाव उल्लेख्य रूपमा विस्तार हुँदै गयो र उनलाई \'बापु\' अथवा पितासमेत भन्न थालियो। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सहितका वरिष्ठ व्यक्तिहरूले उनका प्रवचनमा भाग लिएका छन् । आशारामको सम्पत्तिको मूल्य दशौँ लाख डलर रहेको छ र त्यहाँ अनियमितता अनि भ्रष्टाचार भएका आशङ्कामा जाँचबुझ भइरहेका छन् । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Right path detel page
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies