Ntc summer Offer
Khabar Dabali १३ बैशाख २०८१ बिहीबार | 25th April, 2024 Thu
NIMB

किन गइरहन्छन् भारतीय प्रधानमन्त्री मोदी चीन ?

भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र चीनका राष्ट्रपति सि जिनपिङबीच चिनियाँ शहर वुहानमा यही एप्रिल २७ तथा २८ मा एउटा \'अनौपचारिक बैठक\' हुँदैछ । सो भेटलाई डोक्लाम विवादपछि दुई देशको सम्बन्धमा आएको तनावलाई अन्त्य गर्ने प्रयासका रूपमा हेरिएको छ।

यो भनिएको छ कि, उक्त बैठकका क्रममा द्वीपक्षीय सम्बन्धलाई सृदृढ बनाउनका लागि दुई नेताबीच ठोस सम्वाद हुनेछ । दक्षिण एसियामा चीनको बढ्दो प्रभावलाई लिएर भारत चिन्तित छ । हालैका दिनमा नेपाल तथा माल्दिभ्समा चीनको बढ्दो प्रभाव झल्काउने कैयौँ उदाहरणहरू आइरहेका छन् । गत आइतवार चिनियाँ विदेशमन्त्री वाङ यी तथा भारतीय विदेश मन्त्री सुष्मा स्वराजबीच भेटवार्ता भएको थियो । भारतीय प्रधानमन्त्री मोदीले यसअघि नै वुहानमा बैठक हुने घोषणा गरिसकेका थिए। पछिल्लो चार सालमा यो मोदीको चौथो चीन भ्रमण हो । सांघाई कोअपरेशन अर्गनाइजेशनको सम्मेलनमा सहभागी हुन मोदी आगामी जून महिनामा चीन जाँदै छन् । त्यसोभए अहिले नै फेरि किन उनी त्यहाँ जाँदैछन् ? कुनै देशको राष्ट्राध्यक्ष बारम्बार एउटै देश गएको कमै सुनिएको छ । तर जून महिनामा चीनमा हुने शिखर बैठकमा ८ देश सहभागी हुँदैछन् जसकारण द्विपक्षीय संवादका लागि थोरै मात्र समय हुन सक्छ । मोदीको कैयौ पटकको चीन भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय मामिलाका जानकार पुष्पेश पन्त भन्छन्- चीनसँग सुमधुर सम्बन्ध बनाउनु भारतको बाध्यता हो‚ चीनको होइन । \"यस अनौपचारिक वार्ताका लागि जानुले यो बताउँछ कि भारतले अब यो स्वीकार्दैछ कि चीनको अगाडि ऊ सानो भाइ नै हो ।\" मोदीको यो चीन भ्रमण सन् १९८८ मा तत्कालीन प्रधानमन्त्री राजीव गान्धीले सन् १९६२ मा भएको युद्धपश्चात् दुई देशको सम्बन्धमा जमेको चिसोपना पगाल्ने कोसिस गर्न गरेको भ्रमण जस्तै नै हो । पन्त भन्छन्- मोदीलाई यो कुराको महसुस भइसक्यो कि चीनका साथ रूखो वा कडा भएर काम बन्दैन । उनको यो ठम्याइ छ कि यस्तो कोसिस यस्तो तरिकाबाट गरिन्छ कि कोही बिना निम्तोका पाहुना हुन् जस्तो नलागोस् । \"यस्तो कोसिसमा तपाईँको आफ्नो इज्जत पनि बच्छ र त्यहाँ भएकाले निम्तो पनि दिन्छन्। भनिन्छ कि अनौपचारिक बैठकको जग एकदम औपचारिक तरिकाबाट बसालिन्छ। चीनलाई हामीले यो संकेत दिइसकेका छौँ कि सम्बन्धमा छुटहरू दिनका लागि तयार छौँ ।\" तिब्बतका निर्वासित धर्मगुरु दलाई लामाको राजधानी दिल्लीमा आयोजना गर्न लागिएको र्‍याली पनि भारत सरकारले गर्नबाट रोक लगाएको थियो । यसलाई पनि चीनसँग सम्बन्ध सुधार्न लक्षित भनेर हेरिएको छ । सो र्‍याली दलाई लामा भारतमा निर्वासन मा रहेको ६० औँ वर्षगाँठमा गर्न लागिएको थियो । गत वर्ष भूटानको सीमावर्ती क्षेत्रमा रहेको डोक्लाम क्षेत्रमा भारत तथा चीनबीच ७३ दिनसम्म सैन्य गतिरोध देखियो । यसको साथै चीनको \'बेल्ट एण्ड रोड\' परियोजना भारतीय भूमि हुँदै अघि बढेको छ अनि यस परियोजनामा भारतका सबै छिमेकीहरू सामेल हुँदैछन् तर भारत पूर्ण रूपमा दर्शककै भूमिकामा सीमित छ । भारत \'वान बेल्ट वान रोड\' कश्मीर हुँदै अघि बढाइनु उसको सम्प्रभुताको उल्लङ्घन हुने बताउँछ । यसका साथै परमाणु आपूर्तिकर्ता देशहरूको समूहको सदस्यता लिने विषयमा पनि चीन भारतको लागि अवरोध बनेको छ । इस्लामवादी जैश-ए-मोहम्मद संगठनका संस्थापक मसूद अजहरलाई आतंकवादी घोषणा गर्नबाट रोक्न चीनले संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्को बैठकमा \'भिटो\' प्रयोग गरेको थियो । पुष्पेश पन्त भन्छन्‚ \"तपाईँ निश्चय नै एकदमै देशप्रेमी हुन सक्नुहोला तर भारतलाई चीनको बराबरीमा राख्नु अपरिपक्व कार्य हो । चीन विश्वकै सबैभन्दा धेरै जनसंख्या भएको देश मात्र होइन‚ सुरक्षा परिषद्को स्थायी सदस्य पनि हो र ऊसँग \'भिटो\' शक्ति पनि छ ।\" \"चीन परमाणु अस्त्रयुक्त पनि हो । उसको प्राविधिक क्षमता धेरै छ । हाम्रो अर्थव्यवस्था छैटौँ स्थानमा छ र हाम्रो अर्थव्यवस्थालाई चीनको बराबरीमा आउन अझै कति समय लाग्छ थाहा छैन । सैन्य शक्तिको मामिलामा पनि चीनको अगाडि हामी टिक्दैनौँ । यसको अर्थ के हो भने चीन तथा भारतबीच कुनै बराबरी छैन। त्यसैले चीनसँगको सम्बन्ध सुधार्नु बाध्यता भारतको हो, तर चीनको होइन,\" पन्तले भने । बीबीसी
Khabardabali

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

बाँकेमा थप ६ कोरोना संक्रमितको मृत्यु 

काठमाडौं । बाँकेमा पछिल्लो एक रात र विहान गरी ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।  भेरी अस्पताल नेपालगंजमा ४ र नेपालगंज कलेज कोहलपुरमा २ जना  ग...

पञ्जाबविरुद्ध दिल्लीको शानदार जित, उक्लियो शीर्ष स्थानमा

काठमाडौं । भारतमा जारी १४औँ सिजनको आईपीएलअन्तर्गत पञ्जाब किंग्सविरुद्ध दिल्ली क्यापिटल्स सात विकेटले विजयी भएको छ । पञ्जाबले दिएको १ सय ६७ रनको लक्...

ओलीलाई विश्वासको मत लिनका लागि राष्ट्रपतिले बोलाइन् प्रतिनिधिसभा बैठक

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको अधिवेशन आह्वान गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत लिने प्रयोजनका लागि...

पोखरेललाई अर्को झड्का : एमाले लुम्बिनिका सांसद दृगनारायणको पदबाट राजीनामा

काठमाडाैं ।  नेकपा एमालेका लुम्बिनी प्रदेशसभा सदस्य दृग नारायण पाण्डेले राजीनामा दिएका छन् । कपिलबस्तु २ (क) बाट निर्वाचित पाण्डले सभामुखसामू राजीनामा...

शंखर पोखरेललाई झड्का : बिमला वली माओवादी प्रवेश गरेपछि एमालेकाे बहुमत गुम्यो

लुम्बिनी। लुम्बिनी प्रदेश सांसद बिमला वली माओवादीमा प्रवेश गरेकी छन्। ओली माओवादीमा प्रवेश गरेसँगै शंकर पोखरेलको बहुमत गुमेको छ।  माओवादी र एमाले विभा...

मुख्यमन्त्री पोखरेलले राजिनामा दिनुको रहस्य !

काठमाडौं। लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले आज बिहान पदबाट राजीनामा दिएका छन्। पोखरेलले एकल बहुमतको सरकार बनाउन राजीनामा दिएको बुझिएको छ। ...

मुख्यमन्त्री पोखरेलको राजिनामा स्विकृत : एकल सरकारको दावी 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले मुख्यमन्त्रीबाट दिएको राजिनामा स्विकृत भएको छ ।  पोखरेलले दिएको राजिनामा प्रदेश प्रमुख धर्म...

लुम्बिनि प्रदेशका मुख्यमन्त्रीको अकस्मात राजिनामा 

काठमाडौं । लुम्बिनि प्रदेशका मुख्यमन्त्री शंखर पोखरेलले राजिनामा दिएका छन् । अविश्वास प्रस्तावको सामना गरिरहेका पोखरेलले अकस्मात राजिनामा दिएका हुन् ।...

भरतपुरमा दुई स्थानमा आइसोलेसन केन्द्र बनाइने

चितवन । भरतपुरस्थित वागीश्वरी र शारदानगरमा आइसोलेसन केन्द्र बनाउन जिल्लाको उच्चस्तरीय टोलीले  स्थलगत अध्ययन तथा छलफल गरेको छ ।  चितवनबाट प्रतिनिधित...

कारमा मृत भेटिएका तीनैजना बालकको पहिचान खुल्यो

दाङ् । तुलसीपुर उपमहानगरपालिका–६ को स्याउली बजार नजिक रोकिराखेको भारतीय नम्बरको कारभित्र हिजो शनिबार बेलुका मृतावस्थामा भेटिएका तीनैजना बालकको आज पहिच...

अरु धेरै
Alphabet Education Consultancy

प्रतिकृया लेख्नुहोस्:

Salt Trending Alphabet Education Consultancy Pioneer Software Technologies