Khabar Dabali Logo
  January 29, Wed

प्रदेश नं ४ को राजधानी र नाम तोक्ने समितिको म्याद थप

पोखरा । प्रदेश नं ४ को मंगलबार बसेको प्रदेशसभा बैठकले प्रदेशको राजधानी तथा नामाङ्कन समितिको म्याद १० दिन थप गरेको छ ।

समितिका ज्येष्ठ सदस्य विन्दुकुमार थापाले समितिका लागि ३० दिनको म्याद दिइएकोमा यस अवधिमा ११ वटै जिल्लामा टोली बनाएर सुझाव संकलन गरिएको जानकारी दिए ।

विभिन्न जिल्लाबाट आएका सुझावको समीक्षाका साथै राजनीतिक दलबाट आवश्यक सुझाव लिँदै प्रतिवेदनलाई अन्तिम रुप दिन म्याद समाप्त भएको मितिले १० दिन म्याद थप गर्न उनले प्रस्ताव गरे ।

प्रदेशसभा सदस्य धनञ्जय दवाडीले समर्थन गर्नुभएको उक्त म्याद थपको प्रस्तावलाई सभाले सर्वसम्मत पारित गरेको छ । प्रदेशसभाको चैत १२ गतेको बैठकले एक महिनाको कार्यावधिसहित प्रदेशको राजधानी तथा नामाङ्कन विषयक समिति गठन गरेको थियो ।
त्यस्तै, आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमानले स्थानीय तहको सभा सञ्चालनसम्बन्धी कार्यविधि विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयोस् भन्दै गर्नुभएको प्रस्तावलाई बैठकले सर्वसम्मत स्वीकृत गरेको छ ।

मंगलबारको बैठकमा शून्य समयमा प्रदेशसभा सदस्य मीना गुरुङ, राजीव पहारी, लक्ष्मी सुनार, ललितकला गुरुङ, सरिता गुरुङ र हरिशरण आचार्यले प्रदेशभित्रका विभिन्न समस्या सम्बन्धमा प्रदेशसभा एवं सरकारको ध्यानाकर्षण गराउनुभएको थियो ।

त्यस्तै, विशेष समयमा कृष्णबहादुर थापा, मणिभद्र कणेल, रामजी बराल ‘जीवन’, पियारी थापा, धनञ्जय पोखरेल लामा, मेखलाल श्रेष्ठ, दीपक कोइराला र राजीव पहारीले आआफ्ना धारणा राखेका थिए ।

यसअघिका बैठकमा शून्य र विशेष समयमा उठेका प्रश्नबारे जवाफ दिँदै उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री विकास लम्सालले सरकारले प्रदेशमा स्तरीय औद्योगिक क्षेत्रको निर्माण, कोरला–पोखरा, पोखरा–त्रिवेणी सडकको विकास तथा विस्तार, फेवातालको संरक्षणलगायतका कामलाई प्राथमिकताका साथ अघि बढाउने बताए ।

प्राकृतिक स्रोत साधनको दोहन नियन्त्रणका लागि समिति बनाएर काम अघि बढाइएको पनि उनले जानकारी दिए ।

बैशाख १२ गते, २०७५ - ०८:२५ मा प्रकाशित

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

सभामुख सापकोटा विरूद्दको अन्तरिम आदेश अदालतद्वारा अस्विकार

सभामुख सापकोटा विरूद्दको अन्तरिम आदेश अदालतद्वारा अस्विकार

काठमाडौं । सभामुख निर्वाचित अग्नि सापकोटाविरूद्व परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार...   
सम्पादकहरुलाई कनकमणीको धम्कि –‘सभामुखको बिरोधमा सम्पादकिय नलेखे लिष्ट बनाउँछु’

सम्पादकहरुलाई कनकमणीको धम्कि –‘सभामुखको बिरोधमा सम्पादकिय नलेखे लिष्ट बनाउँछु’

काठमाडौं । आफुलाई मानवअधिकारकर्मी तथा पत्रकार भन्ने कनकमणी दिक्षितले एक ट्विट गर्दै सम्पादहरुले...   
निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

निर्बिरोध निर्बाचित सभामुखको नालीबेली –स्कुलदेखि संसदको हेडमास्टरसम्म

काठमाडौं । बिभिन्न बाधा र अड्चनबीच अन्ततः प्रतिनिधिसभाको नयाँ सभामुखमा अग्निप्रसाद सापकोटाले...   

नेपाल एयरलाइन्सका दुई दर्जन पाइलटद्वरा सामुहिक राजीनामाको चेतावनी

काठमाडौं । सरकारको पूर्ण स्वमित्व रहेको नेपाल एयरलाईन्सका दुई दर्जन पाइलटहरुले सामुहिक राजनीनामाको...   

नेकपाको ११ बुँदे आचारसंहिता – सन्तानलाई ‘तँ’ नभन, परिवारमा ‘बैठक राख’ ! अरू के छ ?

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पार्टी नेता तथा कार्यकर्तालाई एक ११ बुँदे निर्देशन...   
यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

यात्रा गर्दा वान्ता हुन्छ ? उसो भए यसो गर्नुहोस्

काठमाडौं । नयाँ ठाउँमा घुम्न कसलाई पो मन लाग्दैन र? तर कतिपय मानिसका लागि यात्रामा बाधक बनिदिन्छ वान्ता...   
इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

इङ्लिस प्रिमियर लिगः युनाइटेडलाई हराउँदै उपाधितर्फ लम्कक्दै लिभरपुल

काठमाडौं । इङ्लिस प्रिमियर लिग फुटबलमा बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर युनाइटेडलाई हराउँदै लिभरपुल...   

को हुन् सभामुखका उम्मेदवार सापकोटा ? स्कुलदेखि संसदसम्मका हेडमास्टर !

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाउने...   

आस्था राउतलाई पक्राउ पूर्जी जारी

काठमाडौं । गायिका आस्था राउतविरुद्ध जिल्ला प्रशासन कार्यालय काठमाडौंले पक्राउ पूर्जी जारी गरेको...   
सभामुखमा अग्नि सापकोटा प्रस्तावित

सभामुखमा अग्नि सापकोटा प्रस्तावित

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...   
अरु धेरै

प्रतिकृया लेख्नुहोस्:

अन्य समाचारहरु:
Top